
हैदरावाद : अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय समितिको आयोजनामा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रिय समितिका सचिवालय सदस्य मनोहर पौडेलको आफुले काम गर्ने कम्पनीबाट अवकाश लिएर सदाकोलागि स्वदेश जानुहुने भएकोले मिति २०२५ डिसेम्बर ७ का दिन विदाइ कार्यक्रम सम्पन्न भएको छ ।विदाई कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष कृष्ण पौडेलले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन मध्य दक्षिण क्षेत्रिय समितिका सदस्य केदारनाथ शर्माले गर्नु भएको थियो। कार्यक्रममा उपस्थित जनसमुदायहरुलाई मध्य दक्षिण क्षेत्रिय समितिका उपाध्यक्ष राजेन्द्र धिमालले शब्द द्वारा स्वागत मन्तव्य राख्नुभएको थियो।
मनोहर पौडेललाई माल्यार्पण गर्नु हुनेमा प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका अध्यक्ष आनन्द थापा ,कृष्ण पौडेलले समाजको तर्फबाट दोसल्ला र खादा माला लगाएर विधाई गर्नु भएको थियो। माल्यार्पण कार्यक्रममा राम प्रसाद पौडेलले मायाको चिनो स्वरुप सहित गिफ्ट हस्तान्तरण गर्नुभएको थियो। माल्यार्पण गर्नुहुने पशुपति शर्मा ,पदम कार्की ,दिलमाया थापा ,माया परियार, कमला शर्मा, बिष्णु गाहा मगर ,मान बहादुर ,नानु गाहा मगर ,सपना गाहा मगर ,छमान सिह वि.क. लगायत कार्यक्रममा उपस्थित इच्छुक दाजु भाई तथा दिदी बहिनीहरुले निक्कै भावुकताका साथ अबिर र फूलका माला लगाएर माल्यार्पण गर्नुभएको थियो।
विई मन्तव्य राख्नेहरुमा समाजका केन्द्रीय अध्यक्ष आनन्द थापा ,पदम कार्की ,पशुपति शर्मा ,दिलमाया थापा ,राम प्रसाद पौडेल र स्वयं मनोहर पौडेलले निकै भावुक भई चौबिस पचिस वर्षदेखिको हाम्रो मित्रता समिपमा र प्रवासको सांगठनिक मोर्चामा बिट मार्नु पर्ने अवस्था र नेपालमा गएर जस्तो सुकै कठिन चुनौतीपूर्ण अप्ठेरो परिस्थितिमा पनि देश र जनताको लागि अझै सशक्त रुपमा जिम्मेवारीका साथ काम गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो।
अन्तमा कार्यक्रमका अध्यक्ष कृष्ण पौडेलले भारत स्थित श्रमजीवी नेपालीहरु अनिवार्य रूपमा अखिल भारत नेपाली एकता समाज रहेर समाज र संगठनको लागि काम गर्दै आफ्नो परिवारिक जीवनशैली पनि ओजनिलो बनाउन सकिन्छ भन्दै आज जसरी मनोहर पौडेललाई समाजले ससम्मान सहित विदाइ गरेको छ, त्यसरी नै समाजले विदाई गर्ने वातावरण मिलाईदिनु हुन उपस्थित जनसमुदायलाई अपिल गर्दै मनोहर पौडेलको नेपालको यात्रा अझै सुखद र संघर्षशील बनोस भन्ने विदाई मन्तव्य दिनु भएको थियो । कार्यक्रम भव्य रुपमा समापन भएको घोषणा गर्नु भएको थियो।
वहाँले अखिल भारत नेपाली एकता समाजले अहिले सम्म भारतस्थित श्रमजीवी नेपालीहरुलाई संगठित गरी उनीहरुको हक हित र अधिकारकोलागि उल्लेखनीय योगदान दिनु भएको कुरा सर्वविदितै छ। अब आगामी दिनहरुमा स्वदेश गई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको जिम्मेवारी पदमा बसेर सर्वहारा वर्गको मुक्तिकोलागि चल्ने जनतान्त्रिक आन्दोलनमा सक्रिय भुमिका निभाउने प्रतिबद्धता जाहेर गर्नु भएको छ।