अखिल भारत नेपाली एकता समाजको सँयुक्त नगर सम्मेलन भव्य रुपमा सम्पन्न

हैदरावाद : अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय समिति द्वारा संचालित उत्तर हैदरावाद नगर समितिको तृतीय सम्मेलन र दक्षिण हैदरावाद नगर समितिको एघारौं नगर सम्मेलन गोविन्द केसीको अध्यक्षतामा र केदारनाथ शर्माको संचालनमा कार्यक्रमको प्रारम्भ गरिएको थियो।
अतिथिहरुको आसन ग्रहणमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष आनन्द थापा केन्द्रिय सदस्य सुर्य पुन, राम प्रसाद पौडेल मनोहर पौडेल अखिल भारत नेपाली एकता समाज केन्द्रीय महिला विभागका सचिव कोपिला धिमाल, अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष कृष्ण पौडेल ,सदस्य लक्ष्मी शर्मा ,अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय महिला विभागका अध्यक्ष दिलमाया थापा र रक्तिम क्षेत्रिय विभागबाट पदम कार्कीको अतिथि आसन ग्रहणपश्चात सहिदहरुको सम्झनामा एक मिनेट मौन धारणको कार्यक्रम रहेको थियो ।
कार्यक्रमको उद्घाटन केन्द्रीय अध्यक्ष आनन्द थापाले गर्नु भएको थियो। उपस्थित जनसमुदायहरुलाई शव्दद्वारा पशुपति शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । रक्तिमका कलाकारहरु ले स्वागत गितबाट स्वागत गरिएको थियो।
दक्षिण हैदरावाद नगर समितीको प्यानल आनन्द थापाले प्रस्तुत गर्नु भएको थियो । जसमा ११ पूर्ण ४ बैकल्पिक र ६जना सल्लाहकार गरि २१ सदस्य दक्षिण हैदरावाद नगर समितिलाई हलले तालीको गड्गडाहट बाट पास गरेको थियो।
जसमा अध्यक्ष –पशुपति शर्मा ,उपाअध्यक्ष दुर्गा वायक ,सचिव अम्मर वि. क., कोषाध्यक्ष केदारनाथ शर्मा सदस्यमा जानकी वि. क .,कमला शर्मा, माया परियार ,दिपा शर्मा ,रामकृष्ण थापा, नील प्रसाद शर्मा र यम पुन रहनु भएको छ।
वैकल्पिक सदस्यहरुमा प्रमिला शर्मा ,अनिसा राई ,विष्णु के सी ,विनोद थापा रहनु भएको छ ।
सल्लाहकार सदस्यहरुमा लेख बहादुर पुन, नवराज शर्मा, भिम बहादुर नेपाली, सुशील आचार्य दुर्गा, बहादुर परियार र महेन्द्र पौडेल रहनु भएको छ।
उत्तर हैदरावाद नगर समितिको प्यानल केन्द्रीय सदस्य सूर्य पुनले प्रस्तुत गर्नु भएको थियो। जसमा ११पुर्ण ३ बैकल्पिक र १ स्थान रिक्त राखी १५सदस्यीय नगर समिति गठन गरिएको छ। अध्यक्ष – पदम कार्की ,सचिव– लोकेश सिंजाली कोषाध्यक्ष – बिष्णु गाहा मगर, सदस्यहरुमा – गोविन्द केसी सोम बहादुर थापा, कुमार बुढामगर ,दिलमाया थापा, राजेन्द्र धिमाल ,टंक ठकुरी ,मान बहादुर लामिछाने र छमान सिह वि. क। रहनु भएको छ वैकल्पिक सदस्यहरु बल बहादुर थापा ,अम्मर वि क र राम बहादुर भाट रहनु भएको छ।
नव निर्वाचित कार्यकारी समितिलाई बधाई तथा शुभकामना दिनेहरुमा आनन्द थापा, राम प्रसाद पौडेल, सूर्य पून, मनोहर पौडेल, कोपिला धिमाल, अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय समितिका अध्यक्ष कृष्ण पौडेल ,लक्ष्मी शर्मा र पदम कार्कीले बधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियो।
कार्यक्रमको बीच बीचमा रक्तिम सांस्कृतिक कलाकर्मीहरु द्वारा रक्तिमका गीत र नृत्यहरुले उपस्थित जनसमुदायहरुलाई उत्साह र उमंग छाएको थियो। कार्यक्रमका अध्यक्षले कार्यक्रम भव्य र सानदार रुपमा सफल भएको घोषणा सहित कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?