क्रान्तिकारी महिला संगठन नेपालले गर्याे रामप्रसाद खतिवडाप्रति श्रद्धाञ्जली

काठमाडाैँ : क्रान्तिकारी महिला संगठन नेपालले संगठनका केन्द्रीय सदस्य ९ नम्बरव्यूरो संयोजक तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय सदस्य ज्ञानु खतिवडा साथै महान जनयुद्धको सहिद सुभद्रा खतिवडाको बुबा रामप्रसाद खतिवडाको २०८२ मंसीर १६ गते भएको असामयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । क्रान्तिकारी महिला संगठन नेपालका संयोजक अम्विका मुढवरीले २०८२ मंसीर १७ गते एक प्रेस वक्तव्य जारी गर्दै श्रद्धाञ्जली अर्पण गर्नु भएको हो । वक्तव्यमा बुवा राममप्रसादको निधनले सिङ्गो संगठनले एक अविभावक गुमाएको जनाइएको छ । शोकको यस घडीमा ज्ञानु खतिवडा सहित परिवारजन ,आफन्तजनहरुमा समवेदना प्रकट गरिएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –

“ क्रान्तिकारी महिला संगठन नेपालको केन्द्रीय सदस्य, ९ नम्बरव्यूरो संयोजक तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय सदस्य ज्ञानु खतिवडा साथै महान जनयुद्धको सहिद सुभद्रा खतिवडाको बुबा रामप्रसाद खतिवडाको २०८२ मंसीर१६ गते भएको असामयिक निधनले क्रान्तिकारी महिला संगठन नेपाललाई अत्यन्त दुःखित तुल्याएको छ । मङ्सिर १६ गते बिहान मर्निङवाक गर्न निस्कँदा बाटोमा ढल्नुभएको वहाँलाई हस्पिटल लैजाँदा डाक्टरले निधन भएको घोषणा गरेका थिए । रामप्रसाद खतिवडाको निधनले महिला संगठनले एक अविभावक गुमाएको छ । यस दुःखद घडीमा बुबा रामप्रसाद खतिवडाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । शोकको यस घडीमा ज्ञानु खतिवडासहित परिवारजन ,आफन्तप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।”

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?