
नेपालमा २०८२ भाद्र २३ र २४ गते जेनजी समूहद्वारा गरिएको आन्दोलनले मात्र ३ सुत्रीय माग अगाडि सारेर देशमा भैरहेको भ्रष्टाचार अन्त्य गर्ने, युवा शक्तिलाई स्वदेशमै रोजगारको व्यवस्था गरिनु पर्ने र सामाजिक सन्जाल बन्द गरिएकोमा त्यसलाई सन्चालनमा ल्याउनु पर्ने लगायतका विषयलाई लिएर सडकमा सरकारलाई ध्यान आर्कषण गर्न शान्त एवं भद्र किसिमको आन्दोलन आयोजना गरी विरोध प्रर्दशन गर्दै थिए । त्यस्तो शान्तिपूर्ण आन्दोलन सरकारलाई अपाच्य भयो । आन्दोलन दबाउने बाहनामा ती जेनजी समूहका प्रायः कलेज विद्यालयमा पढने उमेरका कलिला भविष्यका कर्णधारमाथि अन्धाधुन्द ताकी ताकी जहाँ हान्नै नपाउने स्थान छाती एवं टाउकोमा गोली हान्ने पानीको फोहोरामा बेहोस गराउँदै हत्या गर्ने निन्दनीय कुकार्यबाट एकैदिन १९ जना होनहार योद्धाको हत्या गरियो । जेनजीहरुलाई सामाजिक सन्जाल बन्द गराइएकोमा धेरै ठूलो आक्रोस थियो । यो माग पूरा गराएको भए सायद अन्य मागहरु पुरा गराउनका लागि यस्तो नरसंहार नैतिकहीन मानवताहिन सरकारको आत्मघाती सिकार बन्ने प्रकारको विद्रोह हुँदैन्थ्यो होला ? किनभने यो उमेर समूहको दिन चर्या बरु एक छाक नखाने तर सन्जालमा रमाउन पाउनु पर्ने उनीहरुको प्राथमिकता एवं रोजाइको विषय हो तर जेनजी आन्दोलन उनीहरु आफैले चाहेर रोकेर रोकिने अवस्थामा थिएन । उक्त षडयन्त्र थाहा पाउन सकेनन ।
२३ गतेको घटनामा परेर ज्यान गुमाएका आफना साथीहरुको लागि पनि आन्दोलन गर्नुको विकल्प थिएन । त्यसकारण २४ गतेको आन्दोलन कसरी जाने ? के गर्ने ? उनीहरुमा अन्यौल थियो, त्यही अबसर छोपेर समूहभित्र घुसेका घुसपैठे रअ का विचौलियाहरुले आआफना षडयन्त्रकारी योजना बनाए र भोलि २४ गतेको आन्दोलन जेनजीको नाम विचौलियाले देश खरानी पार्ने काम निचोडमा यस्तो भयो । त्यति मात्र भएन व्यापार व्यवसायी उद्यमी जमानाका पुराना नेता कार्यकर्ता बाहाल वाला सरकारी संसद मन्त्री सबैका घर, पसल, होटल ,अदालतहरु ऐतिहासिक सिंहदरबार, पुलिस चौकी, प्रशासन कार्यालय, यातायात, माल बाहक यात्रुबाहक साना ठूला महगां खाले गाडी, मोटर साइकलहरु जलाउने, भेटेकाहरुलाई रामधुलाई गरेर मर्नु न बाँच्नु गराउने प्रकारका हर्कत केही बाँकी रहेनन । सर्वसाधारणले ज्यान जोगाउनै हम्मे हम्मे भयो । जेल जीवन विताइरहेकाहरुलाई बाहिर निकाल्ने हतियार खोस्ने भागदौडको स्थिति बनाइयो । जेनजी आफै अन्यौल भए ।
यो के हुँदैछ ? कसले यस्तो विध्वस गर्दै छ ? पत्तैे भएन । यी संरचनामा आगजनी गर्ने होइन ।हाम्रो आन्दोलनभित्र यस्तो योजना छैन । भन्दा पनि केही लागेन । क्षणभरमै देशका खरबौंको सरकारी , निजी सम्पत्ति ध्वस्त बन्यो, बनाइयो र देश मेरो मुठीमा छ भनेर कुर्लने कायरहरु सेनाको शरणमा परे । सेनाले जे भन्छ । त्यसैमा लम्पसार परेर राष्ट्रको भन्दा आफनो जीवनरक्षालाई प्राथमिकतामा राखेर सरकार विघटनको सिफरिस गर्दै सेनाकै हेलिकप्टरमा चढेर भागे ।
देशमा नत राष्ट्रपति नत सरकार नत कुनै दलका नेता एक प्रकारको शुन्य अवस्थामा पार्ने काम यिनै दलाल भ्रष्ट संसदवादी साम्राज्यवादी मतियारले बनाएको देश र जनताको लागि कालो इतिहास बन्यो बनाइयो । त्यतिबेला (र) पश्चिमा साम्राज्यवादले शान्तिसेनाको नाममा नेपालमा प्रवेश गर्ने र देश पूर्णतयाः आफनो कब्जामा लाने योजना बन्दै थियो तर यस्तो कठिन मोडमा नेपाली सेनाले बुद्धिमत्ता तरिकाबाट राष्ट्र बचाउने काम ग¥यो । सेनाले नै निकासको बाटो पैलायो । गुमनाम राष्ट्रपति खोजेर निकासको प्रकृयामा अघि बढायो । वार्तामार्फत् जे जस्तो भएपनि देशले सरकार अभिभावक प्राप्त ग¥यो । यस्तो महत्वपूर्ण कार्य सेनाले ग¥यो र देश पश्चिमाको षडन्यत्रकारी योजनाबाट बचाउन सफल भयो । त्यसकारण नेपाली सेनालाई नेपाली जनताले धन्यवाद दिन कन्जुस्याइ गर्नु हुँदैन । तर विडम्बनाको कुरा सरकार फेरि पनि साम्राज्यवादकैे कठपुतली रअ र पश्चिमा विस्तारवादको इशारामा काम गर्ने आन्तरिक सम्झौता एवं शर्तबाट जेनजीका आखाँमा छारो हाल्दै साम्राज्यवादका प्रीय पात्र बालेनको सिफारिस अनुसारका नेपाली अनुहारका मान्छेहरुको नेतृत्वमा सरकार बन्यो र त्यही विघटित सरकारले २०८४ मा गर्ने भनेको निर्वाचनलाई २०८२, फागुन २१ मा हुने नयाँ हावा फिजाइयो । यो चुनाव देश र जनताको लागि समस्या समाधानको निकाश होइन । उनै भ्रष्ट दलाल संसदवादी राष्ट्रघातीहरुलाई वैधानिकता बनाएर फेरिपनि भ्रष्टचार कमिसनको खेती गर्ने बाहेक अरु हुने छैन ।
२०८२ फागुण २१ मा हुने भन्ने निवार्चनलाई नेपाली जनताको हितमा छैन भन्नुका तथ्य कारण के हुन ?
१) सर्वप्रथम जेनजी विद्रोहको नाममा ७६ जना होनहार नेपाली आमाका सन्तान सहीद बनाउने अपराधिक कार्य भयो । यसरी ती स्कूले युवा र अन्य नागरिकको निर्मम दमन र बलपूर्वक हत्या गर्नुपर्ने कारण ? त्यसको छानवीनको नाटकको परिणाम के आयो ? पीडितले कस्तो किसिमको न्याय पाए ? ती हत्यारा को थिए ? तिनीहरुलाई कस्तो प्रकारको कार्वाही भयो ? यदि भएन भने किन भएन ? यसको जवाफ विद्रोहमा ज्यान गुमाउनेका परिवार घाइते स्वयं आन्दोलनमा सरिक जेनजीहरुले न्यायको महसुस हुने गरी जानकारी पाउने कि नपाउने ?
२) यो सरकार जेनजी विद्रोहको बलमा बनेको हो भने सरकारमा जेनजीको प्रतिनिधित्व खोइ ? किन सहभागी बनाइएन ? कारण के थियो ?
३) इमान्दारपूर्वक भन्ने हो भने जेनजीका माग भनेकै नेपाली जनताका समस्या हुन । ती माग किन पूरा भएनन ? भनेर सरकारलाई ध्यान आर्कषण गराउन खोज्दा किन धरपकड ? सर्वप्रथम त आन्दोलनमा जानै पर्ने बाध्यता किन बनाइयो ?
४) यो सरकारले विगतका सरकार भन्दा फरक किसिमबाट सुशासनको पक्षमा देशमा शान्ति अमन चयन कायम गर्ने प्रतिबद्धता गरेको थियो । हालसम्म फरार कैदी बन्दी लुटिएका हतियार सबै फिर्ता भए ? देश खोक्रो पार्ने भ्रष्टाचारीलाई सजाय भयो ? यदि हुन सकेको अवस्था छैन भने अब देशमा हुन थालेको निर्वाचन देश जनताको पक्षमा सुरक्षाको अनुभूति सहित हुन सक्छ ? नेपाली जनताको लागि र देशको समस्या समाधानका लागि विकल्प चुनाव हो भने (क) ३५१८अति संवेदनशील मतदान केन्द्रहरु । (ख) ४५२९संवेदनशील र २८७९ सामान्य मतदान केन्द्र भनिन्छ । यो डाटा फरार कैदी बन्दी र १२०० भन्दा बढी हतियार यी दुवै चीज अलग अलग छन भन्नेमा हो कि ? कतै सम्बन्ध हुन सक्छ ?भन्ने समेतको डाटा हो ?
५) यस्ता संवेदनशील राष्ट्रको जटिलता सम्हाल्ने शान्ति सुव्यस्थाको जिम्मेवारी भनेको नेपाली सेनाको बाहेक अन्य कसैको भर विश्वास आशा हुँदो रहेन्छ भन्ने जेनजी विद्रोहले प्रमाणित ग¥यो । नेपालको पुलिस प्रशासन सबै सेनाकै बलमा छ भन्ने विश्वले जानकारी पायो । यदि यो सत्य हो भने भाद्र २३ ,२४ को विध्वंसमा सेनाको मनस्थिति किन दब्यो र रमिते बने ?
६)अहिलेसम्म जेनजी विद्रोहको कारण लुटिएको पुरानो विरासत सत्ता संसद विघटन हुनु सरासर अन्याय हो भन्दै संसद पुनस्र्थापना हुनु पर्छ भन्ने दाबीका साथ सर्वोच्च अदालतमा करिब १८ वटा रिट पुगे बढने क्रम जारी छ । यदि रिट हाल्नेहरुको पक्षमा फैेसला भए । वर्तमान सरकारको अवस्था के हुने ?
अन्तमा यस्तो किचलो बनाइदिने गिरोह को ? सबै गर्ने गराउने आगजनी गर्न लगाएर देश खरानी पार्ने दलहरु फुटाएर टुक्रा टुक्रा पार्ने कसैको पनि बहुमत आउन नसक्ने बनाएर सधै खिचरी कठपुतली सरकारको अवस्था सिर्जना गराउने भनेकै साम्राज्यवाद पश्चिमा , विस्तारवाद, नवउदारवाद , दलाल पुँजीवाद, देशी विदेशी दलाल, ठग, भ्रष्टचारी, एनजीओ, आइएनजीओ विचौलियाहरुको नेपालको राष्ट्रिय छवि, राष्ट्रिय अखण्डता, समाप्त पार्ने रणनीति हो । त्यसकारण यो चुनावले नेपाली जनताको हकहित समस्याको समाधान गर्ने हैसियत राख्दैन । यदि कथनकाल चुनाव भै हाले पनि उनै पुराना मिलेरावादी भ्रष्ट्रचारी लुटेरावादी ठग दलाल विचौलिया र साम्राज्यवादको पृष्ठपोषण गर्ने बाहेक अन्य हुन सक्दैन । धन्यवाद ।