
बेंगलोर : अखिल भारत नेपाली एकता समाज वेंगलोर दक्षिण नगरसमितिको १७ औ नगर सम्मेलन १४ दिसम्बर २०२५ का दिन वेंगलोरमा अवस्थित रेणुखम्बा थकाइ मंदिर हलमा सम्पन्न भएको छ। कार्यक्रमको संचालन नगर सचिव हरिष वि.कले र अध्यक्षता नगर उपाध्यक्ष उदय सिंह बिष्टले गर्नु भएको थियो। अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्जनामा १ मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाइ शब्दबाट अर्जुन सिह भाट र गीत–संगीत बाट रक्तिमका कलाकारहरूले स्वागत गर्नु भएको थियो। प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केंद्रीय सल्लाहकार सदस्य कृष्ण केसीले दीप प्रज्वलन गरेर १७ औं नगर सम्मेलनको उद्घाटन गर्नु भएको थियो। उद्घाटन पछि सम्मेलन सफलताको शुभकामना दिनेहरूमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव राम सिंह विक, केन्द्रीय सदस्य करन दयाल, नेपाली समाज भारतका केरला कर्नाटका राज्य समितिका सचिव दिपक चन्द, प्रवासी नेपाली संघ भारत कर्नाटका राज्य समितिका ईन्चार्ज मदन भन्डारी, केएस थलो फ़ाउन्डेशनका अध्यक्ष रजनी कोहेली, अखिल भारत नेपाली एकता समाजकी केंद्रीय सदस्य ज्ञानमति विक, राजेन्द्र विक, सिवराम विक, विरेंद्र विक, द्रौपति विक, हिरा ओड, सुन्दरी कोली, वसन्ति वि.क, पार्वती वयानी, अरूणा वि. क, जनक विक, लक्ष्मी भट्ट, विद्यार्थी क्षेत्रीय समिति बाट सरिता वि क र विन्दु विक रहनु भएको थियो। शुभकामना पछि केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष हेमराज रिजालले १७औं नगर सम्मेलनको प्यानल प्रस्तुत गर्नु भएको थियो। नव निर्वाचित समितिलाइ बधाई दिनेहरूमा प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सलाहकार सदस्य कृष्ण के सीले अखिल भारत नेपाली एकता समाज भारतमा रहेका आम नेपालीहरूको हक हित र सुरक्षाको प्रत्याभूत गर्न हमेसा अग्रपंतिमा रहेर अभिभावकिय भूमिका निभाउने संगठन हो भन्नु भयो। त्यस्तै वधाई दिनेहरूमा केन्द्रीय उपाध्यक्ष कृष्ण बिक, महासचिव महेन्द्र वस्याल, केंद्रीय सदस्य धर्मराम विक, गनेश बि क, शेर बहादुर दयाल, शेर सिंह वि. क, मिना वि क, कलावती दयाल, विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष प्रकाश दयाल र सदस्य प्रतिभा विक रहनु भएको थियो। १७औं नगर सम्मेलनले रामदत्त पाण्डेको अध्यक्षतामा २१ पूर्ण ७ वैकल्पिक र सलाहकार गरी ५३ सदस्यीय वेंगलोर दक्षिण नगर समितिको चयन गरेको छ। अध्यक्ष राम दत्त पाण्डेय ,उपाध्यक्ष बिरेन्द्र विक, सचिव हरिश विक, सहसचिव राजेन्द्र विक ,कोषाध्यक्ष शिब राम विक, सदस्यहरूमा अर्जुन टमटा, मिना बिक, कलावती दयाल, द्रोपती विक, वसन्ती विक, अरूणा विक, हिरा ओड, जनक बयानी, अर्जुन सिंह भाट, बोम बहादुर परियार, स्याम बहादुर परियार, १मोहन लाल परियार, लवदेव विक, गणेश विक, उत्तम बयानी, पार्वती बयानी, बैकल्पिक सदस्यहरू राधिका विक, बिस्ना विक, जयसिंह विक, रोशनी दयाल, सुन्दरी कोली, नारायण विक, लक्ष्मी भट्ट, सल्लाहकार सदस्यहरू चन्द्रदेव पाण्डेय, गजेन्द्र पार्कि, कमल ओड, जोती विक,शान्ति कोली, जयन्ती लुहार, वसन्ती कोली, गंगा कोली, गिता बिक, जयन्ती टमटा, आशा बिक निर्मला बिक, विनोद बिक, केशव विक, नन्दलाल, भिम बहादुर परियार, निर्मला बिक, दिपक भण्डारी, शारदा बिक, शिबा राम विक, नरेन्द्र ओड, पदम मल्या, कविर बिक, गोरख नेपाली र चन्द्रा बिक रहनु भएको छ । कार्यक्रमको बीच बीचमा रक्तिमका कलाकारले गीत नृत्य प्रस्तुत गरेर कार्यक्रमलार्इ अत्यन्तै रोचक बनाएका थिए। रक्तिमले साँझ वेजोड सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो।











