Blog

‘गुलेलीको कार्यालय’ बाट ‘चरा’ लाई जवाफ

‘गुलेलीको कार्यालय’ बाट ‘चरा’ लाई जवाफ

दिनेश शर्मा नेकपा (मशाल), नेकपा (चौथो महाधिवेशन), सर्वहारावादी श्रमिक संगठन, विद्रोही ने.क.पा.(मसाल) र रुपचन्द्र विष्ट नेतृत्वको जनमुखी विचमा एकता भएपछि बनेको नेकपा(एकताकेन्द्र)ले २०४८ सालमा एकता महाधिवेशन सम्पन्न ग¥यो ।एकता महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय समितिले जनताका दैनिक समस्याको समाधानका साथै मुलत भारतसँग भएका असमान सन्धि सम्झौताको खारेजीका साथै एकीकृत महाकाली सन्धिमा एमाले, कांग्रेसले भारतसँग गरेको असमान सन्धि तथा शारदा व्यारेज र टनकपुर व्यारेजमा गरिएको असमान पानी बाँडफाँडको विषयलाई लिएर संघर्ष गर्ने निर्णय ग¥यो । उक्त संघर्ष अगाडि बढाउन क. निर्मल लामाको नेतृत्वमा संयुक्त केन्द्रीय संघर्ष समिति बनेको थियो । उक्त संघर्ष समितिले संघर्षका विभिन्न कार्यक्रम लगायत २०४८ साल चैत्र २४ गते नेपाल…
Read More
लघुवित्तिय संस्था,मिटरव्याजी तथा प्राइवेट बैंकले जनतामाथि गरेको ज्यादतीको भत्सर्ना

लघुवित्तिय संस्था,मिटरव्याजी तथा प्राइवेट बैंकले जनतामाथि गरेको ज्यादतीको भत्सर्ना

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बर्दियाले जिल्लामा लघुवित्तिय संस्था ,मिटरव्याजी तथा प्राइवेट बैंक र सहकारी संस्थाहरुले जतामाथि गरेको ज्यादतीको कडा शब्दमा भत्सर्ना गरेको छ । वर्दिया जिल्ला सचिव प्रभास र केद्रीय सदस्य तथा जिल्ला इन्चार्ज विपिन क्षेत्रीले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै सो भत्सर्ना गर्नु भएको हो । जिल्लामा रहेका लुघुवित्तिय संस्थाहरु, मिटरव्याजी तथा प्राइभेट बैंकहरुले दलालहरुसँग मिलेर सम्बन्धित जनतालाई थाहै नदिई घर जग्गाहरु कौडीको भाउमा बिक्री गरिदिने र जनतालाई उठीबास गराउने कार्य कार्य खेदजनक रहेको बताउँदै भत्सर्ना गरिएको हो ।क्रान्तिकारी कम्युनिष्ट पार्टी सदैव जनताको न्याय र समानताको पक्षमा निरन्तर संघर्षरत रहेकोले यस्ता कार्यको विरोधमा पनि जनताको पक्षमा…
Read More
अखिल (क्रान्तिकारी)को ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भब्य रुपमा सम्पन्न

अखिल (क्रान्तिकारी)को ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भब्य रुपमा सम्पन्न

काठमाडाैँ : अखिल (क्रान्तिकारी)को ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भब्य रुपमा सम्पन्न भएकाे छ । फागुन १-२ गते सम्म चलेकाे सम्मेलनले अध्यक्ष महेश श्रेष्ठ, उपाध्यक्ष नेत्र शाही, महासचिव नवीन खड्का, सचिवहरु दिनेश जोशी, नर ब. कुमाल, प्रतिभा पौडेल, प्रवेश रुम्बा, इश्वर सिंह साउद, नवराज विक, संग्राम भिउ थापा र कोषाध्यक्ष लक्ष्मण विक लगायत ६५ जना सदस्य निर्वाचित गरेकाे छ ।
Read More
अनेरास्ववियु (क्रान्तिकारी)को एकताको राष्ट्रिय सम्मेलन उद्घाटन समाराेह सम्पन्न

अनेरास्ववियु (क्रान्तिकारी)को एकताको राष्ट्रिय सम्मेलन उद्घाटन समाराेह सम्पन्न

काठमाडौं : सिपी गजुरेल गाैरव नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अनेरास्ववियु(क्रान्तिकारी) को एकताको राष्ट्रिय सम्मेलन उद्घाटन समाराेह सम्पन्न भएको छ। ऐतिहासिक ३१ औँ जनयुद्ध दिवसको सन्दर्भ पारेर क्रान्तिकारीको एकताको राष्ट्रिय सम्मेलन काठमाडौँ स्थित इच्छुक प्रतिष्ठानको फागुन १ गते एक समारोहका बीच क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले मैनबत्ती प्रज्वलन गरी एकताको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको हो। “विद्यार्थी एकता, स्वाधीनता, भ्रष्टाचारीलाई कार्वाही, सुशासन, समग्र शैक्षिक अधिकारका लागि हाम्रो आन्दोलन ! जुझारु संगठन निर्माण र जनवादी–वैज्ञानिक समाजवादी शिक्षाको लागि एकताको राष्ट्रिय सम्मेलन !!” मूल नारा सहित एकताको राष्ट्रिय सम्मेलन सुरु भएको हो । महासचिव गजुरेलले विद्यार्थी सम्मेलनको उद्घाटन मन्तव्य…
Read More
लेखक तथा साहित्यकार राजकुमार श्रेष्ठकाे दाेस्राे कृति ‘किनाराका गीतहरू’ विमाेचन

लेखक तथा साहित्यकार राजकुमार श्रेष्ठकाे दाेस्राे कृति ‘किनाराका गीतहरू’ विमाेचन

भक्तपुर : लेखक तथा साहित्यकार राजकुमार श्रेष्ठकाे दाेस्राे कृति ‘किनाराका गीतहरू’ विमाेचन भएको छ । शुक्रबार भक्तपुरको कौशलटार स्थित बिडब्लु हाेटलमा आयोजित विमोचन समारोहमा साहित्यकार श्रेष्ठले सिर्जना गर्नुभएको कविता सङ्ग्रह ‘किनाराका गीतहरू’ विमोचन गरिएको हो । सामूहिक रूपमा पुस्तक विमोचन गर्दै प्राध्यापक डा. सनद कुमार वस्तीले कविता सङ्ग्रह कोमल, मौलिक र यथार्थ भावसहितको शब्द सिर्जनाको सङ्ग्रह रहेको बताउनुभयो । चानुवा काठमाडौँ सद्भाव समूहकी अध्यक्ष जमुना कुवरले सर्जक श्रेष्ठको सिर्जनामा ओझपूर्ण शब्द, मौलिक र यथार्थ भाव झल्किएको बताउनुभयो। त्यसैगरी कार्यक्रममा बाल साहित्यकार रामबाबु सुवेदीले कविकाे समहित्यिक भविष्य उज्वल रहेकाे बताउनुभयाे। उक्त कृतिमा मौलिक भाषा र शैली प्रयोग गरेर तयार गरिएको कविता…
Read More
महासचिव गौरवले दिए ३१औँ महान जनयुद्ध दिवसको शुभकामना

महासचिव गौरवले दिए ३१औँ महान जनयुद्ध दिवसको शुभकामना

सीपी गजुरेल काठमाडौं : ३१ औं महान जनयुद्ध दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ऐतिहासिक महत्वको वक्तव्य जारी गर्दै आगामी कथित संसदीय निर्वाचन सशक्त रुपमा बहिष्कार गर्न र स्वाधीन संयुक्त सरकार गठनका लागि आधार निर्माण गर्न सम्पूर्ण देशभक्त शक्तिहरुमा हार्दिक आह्वान गरेको छ ।पार्टीका महासचिव गौरवले जारी गरेको वक्तव्यमा भनिएको छ, “राष्ट्रिय स्वाधीनताको हिसाबले नेपाल यति गम्भीर स्थितिमा आजसम्म कहिल्यै पुगेको थिएन । देशको अस्तित्वनै खतरामा परेको आजको स्थितिमा यो देशद्रोही सरकारको खारेजी र पार्टीले अगाडि सारेको सम्पूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारीहरुका बीचको राष्ट्रिय राजनीतिक सम्मेलन, संयुक्त मोर्चा निर्माण, स्वाधीन संयुक्त सरकारको गठन र जनसंविधानको निर्माण गरी अग्रगमनको मार्ग प्रसस्त…
Read More
कानुन विद्यार्थी विभागको ऐतिहासिक प्रथम भेला

कानुन विद्यार्थी विभागको ऐतिहासिक प्रथम भेला

विराटनगर : नेपाल प्रगतिशील कानुन व्यवसायी एसोसिएसनको कानुन विद्यार्थी विभागको प्रथम भेला बिराटनगरमा सम्पन्न भएको छ । एसोसिएसनका संयोजक अधिवक्ता देवकुमार मोक्तानको प्रमुख आतिथ्यमा उक्त भेला फागुन १ गते बिराटनगरमा सम्पन्न भएको छ ।एसोसिएसनका सहसंंयोजक अधिवक्ता फडिन्द्र कार्की, अधिवक्ता मुकुन्द मुनाकर्मी , राजीितिक नेतृत्व बिमल निरौलाको कार्यक्रममा आतिथ्यता थियो। भेलाबाट ३९ सदस्य केन्द्रीय कानुन विद्यार्थी विभाग गठन भएको छ । प्रमुख उपेन्द्र लुहार, उपप्रमुख प्रेमकुमार कामत ,सचिव विवेक सुनार,सहसचिव सजीव अन्सारी , सचिव रोजिना विश्वकर्मा ,कोषाध्यक्ष कृति बस्नेत ,सदस्यहरू राहुल सतार, प्रेरणा यादव, रुकसेना खातुन, मोहब्बत आलमखारी, नविदिल अन्सारी, आगमन नेपाल, प्रीति यादव, मेरिना अधिकारी, अन्जली कुमारी रजक,निशा यादव, सुरज…
Read More
महान जनयुद्धको सम्झनामा

महान जनयुद्धको सम्झनामा

लेखक– हेमन्तप्रकाश ओली ‘सुदर्शन’ “हामी विस्मयबोधक स्वरमा भन्दछौँ : क्रान्तिको मृत्यु भएको छ ! – क्रान्ति जिन्दावाद !”– कार्ल माक्र्स, ‘फ्रान्समा वर्ग संघर्ष’ जनवरीदेखि नोभेम्वर १ सम्म, प्रगति प्रकाशन मास्कोद्वारा १९७८ मा प्रकाशित माक्र्स एंगेल्स, संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ १०, पृ. ७० ।कम्युनिस्ट घोषणापत्रको प्रकाशन भएको केही दिनपछि १८४८ मा शुरु भएको फ्रान्सेली वर्गसंघर्षलाई सफल बनाउन माक्र्स र एङ्गेल्स दुवैले भव्य मेहनत गर्नुभएको थियो । तर त्यो १८५० मा असफल भयो । माक्र्सले फ्रान्समा वर्गसंघर्ष लेखेर त्यस ऐतिहासिक परिघटनाको विश्लेषण गर्दै माथि उदृत संश्लेषण गर्नुभयो । यसले मलाई १० बर्षीय महान जनयुद्धको स्मरण गराएको छ । मलाई पनि भन्न…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेय गिरफ्तार

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेय गिरफ्तार

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नवलपरासी सेक्रेटरी रवि पाण्डेयलाई सदरमुकाम परासीको बुद्धचोकबाट प्रहरीले गिरफ्तार गरेको छ । जनयुद्व दिवस र निर्वाचन बहिष्कारको प्रचार गर्ने सिलसिलामा बुद्ध चोकमा कालो ब्यानर राख्ने नेतृत्व गरेको अभियोगमा पाण्डेयलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले गिरफ्तार गरेको हो । कार्यक्रम सकेर होटलमा बसेको बेला संयुक्त संघर्ष समिति नवलपरासी संयोजक समेत रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य पाण्डेयलाई प्रहरीले नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ,नेकपा( बहुमत), नेकपा र बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निर्वाचन बहिष्कारको पक्षमा छ्न । गिरफ्तारको बाबजुद पनि सदरमुकाम परासीमा बहिष्कार को ब्यानर र पर्चा छ्यापछयाप्ती भेटिएका छ्न…
Read More
साम्राज्यवादी हस्तक्षेपका विरुद्ध लड्न जनयुद्ध अपरिहार्य हुन्छ : महासचिव सीपी गजुरेल

साम्राज्यवादी हस्तक्षेपका विरुद्ध लड्न जनयुद्ध अपरिहार्य हुन्छ : महासचिव सीपी गजुरेल

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले साम्राज्यवादी हस्तक्षेपका विस्द्ध लड्न जनयुद्ध अपरिहार्य हुने बताउनु भएको छ । पार्टीको केन्द्रीय समितिले आयोजना गरेको जनयुद्ध दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । नेपालमा लामो समयदेखि विस्तारवादी र साम्राज्यवादी हस्तक्षेप हुँदै आएको चर्चा गर्दै उहाँले भारतीय विस्तारवादले अप्रत्यक्ष रुपले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको भए पनि अमेरिकी साम्राज्यवादले विश्वभरि नै प्रत्यक्ष रुपले हस्तक्षेप गर्ने गरेको बताउनु भयो । उहाँले हालै भेनेजुएला, इरान लगायतका स्वतन्त्र र सार्वभौम मुलुकमाथि अमेरिकाले गरेको हमलाको चर्चा गर्दै नेपालको स्वाधीनतामाथि पनि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादबाट हस्तक्षेपको खतरा दिनदिनै बढ्दै गएको…
Read More