अनेरास्ववियु (क्रान्तिकारी)को एकताको राष्ट्रिय सम्मेलन उद्घाटन समाराेह सम्पन्न

काठमाडौं : सिपी गजुरेल गाैरव नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अनेरास्ववियु(क्रान्तिकारी) को एकताको राष्ट्रिय सम्मेलन उद्घाटन समाराेह सम्पन्न भएको छ। ऐतिहासिक ३१ औँ जनयुद्ध दिवसको सन्दर्भ पारेर क्रान्तिकारीको एकताको राष्ट्रिय सम्मेलन काठमाडौँ स्थित इच्छुक प्रतिष्ठानको फागुन १ गते एक समारोहका बीच क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले मैनबत्ती प्रज्वलन गरी एकताको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको हो। “विद्यार्थी एकता, स्वाधीनता, भ्रष्टाचारीलाई कार्वाही, सुशासन, समग्र शैक्षिक अधिकारका लागि हाम्रो आन्दोलन ! जुझारु संगठन निर्माण र जनवादी–वैज्ञानिक समाजवादी शिक्षाको लागि एकताको राष्ट्रिय सम्मेलन !!” मूल नारा सहित एकताको राष्ट्रिय सम्मेलन सुरु भएको हो ।

महासचिव गजुरेलले विद्यार्थी सम्मेलनको उद्घाटन मन्तव्य दिँदै विद्यार्थीहरूलाई सहीविचार, पार्टीको लाइन र उद्देश्यप्रति निष्ठावान हुनुपर्ने सुझाव दिनुभयो । उहाँले प्रतिक्रियावादी सत्ता र बुर्जुवा व्यवस्थाले विद्यार्थीहरूलाई महत्त्वकांक्षी, पदलोलुप र चुनावी राजनीति प्रतिको मोहमा फसाएर एउटा सही उद्देश्यबाट दिगभर्मित पार्ने प्रयत्न गरिरहेको बताउँउनुभयो । प्रतिक्रियावादी सत्ता र व्यवस्थाबाट सिर्जना गरिएका लोभ प्रलोभनहरूबाट माथि उठेर मात्रै क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई अगाडि बढाउन सकिने बउहाँको भनाई थियो । । गजुरेलले आफू विद्यार्थी छँदाको को समयलाई स्मरण गर्दै भन्नुभयो,“त्यतिबेला पञ्चायतकालमा विद्यार्थीहरुलाई मद्दत गर्ने र वैचारिक गाइड गर्ने काम पार्टीले गर्दथ्यो। आज पनि खुला प्रकारका जनसंघर्षको कार्यक्रममा विद्यार्थी आन्दोलनको महत्व घटेको छैन । ”

विद्यार्थीहरू राजनीतिमा लागेर बिग्रिने , पढाइ बिगार्ने भएकाले विद्यार्थीहरूले राजनीतिमा ध्यान दिनुहुन्न , संगठनमा काम गर्नु हुँदैन भनेर फैलाएको भ्रम गलत हो– गजुरेलले भन्नुभयो । महासचिव गजुरेलले विद्यार्थीहरूले राजनीति गर्न हुन्न भन्ने विषयलाई खण्डन गर्दै उद्घाटन कार्यक्रमका प्रतिनिधि ,पर्यवेक्षक विद्यार्थीहरुलाई नक्सलाइट आन्दोलनकी एक योद्धा मेरी टेलरको ‘माइ फाइभ इयर्स इन इन्डियन प्रिजन’ पढ्नका निम्ति सुझाव दिनुभयो । कलकत्ता विश्वविद्यालयमा पढ्ने एकजना विद्यार्थी पढाइमा तेज थिए। उनलाई विदेश पढ्न सबै आफन्तहरुले , परिवारले भने र उनी लन्डन गए। बेलायतमा छँदा उनको एकजना बेलायती केटीसँग प्रेम भयो र उनीहरु अन्ततः विवाह गरे । ती युवा विद्यार्थी नक्सलाइट आन्दोलनसँग सम्बन्धित थिए। आफ्नो पढाइ पूरा गरेर भारत उनले लिएर आए। अनि ती युवाले ती महिलालाई भने कि तिमी पनि मेरो उद्देश्यसँग सँगै जोडिने हो भने हामीसँगै आन्दोलनमा लाग्न सक्छौं होइन, जागिर खाने र सुखको जिन्दगी बिताउने हो भने तिमी फर्किएर बेलायत जान सक्छौ ।तर उनी आन्दोलन सँग जोडिइन्। खाली खुट्टा उनी पनि उनी हिँडिन्। आखिर उनी पक्राउ परिन्। र उनी जेल बसिन्। पाँच वर्षसम्म उनी जेलमा बसिन्। त्यही सन्दर्भमाउनले त्यो किताब लेखेकि थिइन् ।

विद्यार्थी आन्दोलन अहिले कमजोर हुनुको कारण हाम्रो आफ्नो कारणले, राजनीतिक दलहरूको कारणले मात्र नभईकन र विद्यार्थी संगठनहरूको कारणले मात्र नभईकन प्रतिक्रियावादीहरुले विद्यार्थी राजनीतिलाई कमजोर पार्न गरेको गतिविधिले पनि हो भन्नुभयो। यो अवस्थामा हामी कमजोर छौं भनेर होइन विद्यार्थीहरूको बीचमा गएर संगठनलाई स्थापित गरेर नेतृत्वहरु स्थापित भएर आन्दोलनलाई अगाडि बढाउनुपर्ने गजुरेलको भनाइ थियो

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा क्रान्तिकारी किसान महासंघ नेपालका अध्यक्ष सीताराम तामाङले विद्यार्थीहरूले क्रान्तिकारीमा हुनुपर्ने कुरामा जोड दिनुभयो । तपाईँ विद्यार्थीहरू शोषित पीडित जनताको बीचमा शोषित पीडित जनताका छोराछोरीहरूको बीचमा जानुहुन्छ कि जानुहुन्न भन्ने कुराले टुंगो लगाउँदछ। क्रान्तिकारी मुखले मात्र भनेर हुँदैन व्यवहारमा गएर चाहिँ क्रान्तिकारी बन्न सक्नुपर्छ भन्ने सल्लाह सिताराम तामाङले दिनुभयो। शहीद तथा बेपत्ता परिवारका तर्फबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट ब्युरो सदस्य दिनेश शर्माले एकताको राष्ट्रिय सम्मेलनलाई शुभकामना दिनुभएको थियो। जनसांस्कृतिक महासङ्घका सदस्य मित्रलाल पंगेनी ले अघिल्लो पुस्ताले अत्यन्त ठूलो विरता र त्याग, सौर्य प्रदर्शन गरेको विश्लेषण गर्दै मानव जातिको सङ्घर्षको इतिहासमा आज पनि विद्यार्थीहरूको आन्दोलनको आवश्यकता रहेको बताउनुभयो।

नेपाल आदिवासी जनजाति महासङ्घका संयोजक पवनमान श्रेष्ठ, क्रान्तिकारी महिला संगठन नेपालकी सहसंयोजक शारदा महत, नेकपा बहुमत सम्बद्ध अखिल क्रान्तिकारीकी उपाध्यक्ष रूपा बुढामगर, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका अध्यक्ष हिमांशु लगायतले एकताको राष्ट्रिय सम्मेलनलाई शुभकामना दिनुभएको थियो। कार्यक्रमको अध्यक्षता राष्ट्रिय सम्मेलन आयोजक समितिका महेश श्रेष्ठ , सञ्चालन कार्यालय सदस्य नवीन खड्का र स्वागत कार्यालय सदस्य नेत्र शाहीले गर्नुभएको थियो।कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्यहरू रामसिंहश्रीस , सन्तबहादुर नेपाली, हेमन्त प्रकाश ओली ,कृष्णराज पौडेल ,९ नम्बर सेक्रेटरी चिन्तामणि पौडेल, क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपालको संयोजक टेकबहादुर विश्वकर्मालाई आसन ग्रहण गराइएको थियो। सहिदहरु प्रति एक मिनेट मौन धारण गरिएको थियो । सम्मेलन फागुन १ र २ गते सम्म चल्ने छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?