लघुवित्तिय संस्था,मिटरव्याजी तथा प्राइवेट बैंकले जनतामाथि गरेको ज्यादतीको भत्सर्ना

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बर्दियाले जिल्लामा लघुवित्तिय संस्था ,मिटरव्याजी तथा प्राइवेट बैंक र सहकारी संस्थाहरुले जतामाथि गरेको ज्यादतीको कडा शब्दमा भत्सर्ना गरेको छ । वर्दिया जिल्ला सचिव प्रभास र केद्रीय सदस्य तथा जिल्ला इन्चार्ज विपिन क्षेत्रीले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै सो भत्सर्ना गर्नु भएको हो । जिल्लामा रहेका लुघुवित्तिय संस्थाहरु, मिटरव्याजी तथा प्राइभेट बैंकहरुले दलालहरुसँग मिलेर सम्बन्धित जनतालाई थाहै नदिई घर जग्गाहरु कौडीको भाउमा बिक्री गरिदिने र जनतालाई उठीबास गराउने कार्य कार्य खेदजनक रहेको बताउँदै भत्सर्ना गरिएको हो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी सदैव जनताको न्याय र समानताको पक्षमा निरन्तर संघर्षरत रहेकोले यस्ता कार्यको विरोधमा पनि जनताको पक्षमा नै रहेर संघर्षलाई अगाडि बढाउने पनि विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ । विज्ञप्तिको पूर्णपाठ यसप्रकार छ – हाम्रो जनप्रिय पार्टी स्थापना कालदेखि नै जनताको हक अधिकार न्याय र समानताको प्रश्नमा लड्दै आएको छ । यहाँसम्म आउँदा जनताको आफ्नो अधिकार प्राप्तिको लडाइँमा सिमित अधिकार त प्राप्त भए तर पनि पूर्ण मुक्ति न्याय रसमाना प्राप्ति हुन भने बाँकी नै छन् । त्यसैले आज पनि एकातिर नेपाली जना रोग भोक ,अकिाल को शिकार बन्नु परिररहेको छ भने अर्कोतिर राज्यले जनतालार्य न्याय प्रत्याूति दिलाउन सकेको छैन । आजपति जनतालाई मिटरव्याजी साहुहरु ,लघुवित्तिय संस्थाहरु ,सहकारी संस्थाहरु र बैंकद्वारा पीडित बनाइ नाङगो आकाशमुनि सडकमा बास बस्न बाध्य पारिएको छ ।त्यसैले हाम्रो पार्टि जिल्ला संगटठन समिति न्याय र स्वतन्त्रता जनताले बाँच्न पाउने अधिकारको सुनिस्चिततालाई ध्यानमा राखी निरन्तर न्यायको पक्षमा उभिएर दर्जनौं जनतालाई न्याय दिँदै आएको कुरा सर्वविधितै छ । यस जिल्ला भित्र केही दिन अगाडिदेखि पीििडत जनतालाई थाहा नै नदिइ लघुवित्तिय संस्था,मिटरव्याजी र प्राइभेट बैंकले कालोसूचिमा राख्ने र एकलौटी धमाधम जनताको घर जग्गा कौडीको भाउमा लिलाम गरिररहेको कार्य खेदजनक छ ।यस्ता घृणित कार्यको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ ,जनताको उठीबास गर्ने जुनसुकै संघ संस्थालार्य हाम्रो पार्टी जनतालाई निष्पक्ष न्याय प्रदान गर्न अपील गर्दछ । साथै दलालहरुको मिलेमोतोमा जनताका विरुद्ध षडयन्त्र गर्न तत्काल नरोकिए जताले त्यसको जवाफ सडकबाट दिन बाध्य हुनेछन् र हाम्रो पार्टी जनताको साथमा हुने कुरा समेत जानकारी गराउन चाहन्छौं ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?