
विराटनगर : नेपाल प्रगतिशील कानुन व्यवसायी एसोसिएसनको कानुन विद्यार्थी विभागको प्रथम भेला बिराटनगरमा सम्पन्न भएको छ । एसोसिएसनका संयोजक अधिवक्ता देवकुमार मोक्तानको प्रमुख आतिथ्यमा उक्त भेला फागुन १ गते बिराटनगरमा सम्पन्न भएको छ ।एसोसिएसनका सहसंंयोजक अधिवक्ता फडिन्द्र कार्की, अधिवक्ता मुकुन्द मुनाकर्मी , राजीितिक नेतृत्व बिमल निरौलाको कार्यक्रममा आतिथ्यता थियो।
भेलाबाट ३९ सदस्य केन्द्रीय कानुन विद्यार्थी विभाग गठन भएको छ । प्रमुख उपेन्द्र लुहार, उपप्रमुख प्रेमकुमार कामत ,सचिव विवेक सुनार,सहसचिव सजीव अन्सारी , सचिव रोजिना विश्वकर्मा ,कोषाध्यक्ष कृति बस्नेत ,सदस्यहरू राहुल सतार, प्रेरणा यादव, रुकसेना खातुन, मोहब्बत आलमखारी, नविदिल अन्सारी, आगमन नेपाल, प्रीति यादव, मेरिना अधिकारी, अन्जली कुमारी रजक,निशा यादव, सुरज पटेल ,पवित्रा गुरुङ, प्रीति जैसेवाल, रूपेन लिम्बू, कुमारी मित्र ,पल्लवी यादव,तिरिन्दा साउत,मञ्जु शाह, अनुजा सई ,सौगात बस्नेत सहित रहनुभएको छ । बाँकी छ जनालाई पछि बैठकले थप्ने भेलाले निर्णय गरेको छ। भेलाले आर्थिक कोष निर्माण गर्ने र त्यो कोषलाई नियमावली बनाई सञ्चालन गर्ने, कानुन विद्यार्थीहरूको हक अधिकारको लागि संघर्ष गर्ने लगायतका निर्णयहरू गरेको छ।