लेखक तथा साहित्यकार राजकुमार श्रेष्ठकाे दाेस्राे कृति ‘किनाराका गीतहरू’ विमाेचन

भक्तपुर : लेखक तथा साहित्यकार राजकुमार श्रेष्ठकाे दाेस्राे कृति ‘किनाराका गीतहरू’ विमाेचन भएको छ ।

शुक्रबार भक्तपुरको कौशलटार स्थित बिडब्लु हाेटलमा आयोजित विमोचन समारोहमा साहित्यकार श्रेष्ठले सिर्जना गर्नुभएको कविता सङ्ग्रह ‘किनाराका गीतहरू’ विमोचन गरिएको हो ।

सामूहिक रूपमा पुस्तक विमोचन गर्दै प्राध्यापक डा. सनद कुमार वस्तीले कविता सङ्ग्रह कोमल, मौलिक र यथार्थ भावसहितको शब्द सिर्जनाको सङ्ग्रह रहेको बताउनुभयो ।

चानुवा काठमाडौँ सद्भाव समूहकी अध्यक्ष जमुना कुवरले सर्जक श्रेष्ठको सिर्जनामा ओझपूर्ण शब्द, मौलिक र यथार्थ भाव झल्किएको बताउनुभयो।

त्यसैगरी कार्यक्रममा बाल साहित्यकार रामबाबु सुवेदीले कविकाे समहित्यिक भविष्य उज्वल रहेकाे बताउनुभयाे।

उक्त कृतिमा मौलिक भाषा र शैली प्रयोग गरेर तयार गरिएको कविता सङ्ग्रहमा ५९ वटा कविताहरू सङ्ग्रह गरिएको छ ।

साहित्य पोष्टले प्रकाशनमा ल्याएको कविता सङ्ग्रहको मूल्य ३५० रुपैयाँ राखिएको छ ।

साहित्यकार श्रेष्ठको यस अघि ‘रोयल चारघरे’ उपन्यास जन बिहानी राष्ट्रिय मासिकले बजारमा ल्याएकाे थियाे ।

बिमाेचन समाराेहका सभाध्यक्ष साहित्य पाेस्टका प्रमुख सम्पादक एवं प्रमुख आश्वीनी काेइराला गर्नुभएकाे थियाे भने सञ्चालन साहित्यकार सुनिता अधिकारीले गर्नुभएकाे थियाे ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?