क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेय गिरफ्तार

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नवलपरासी सेक्रेटरी रवि पाण्डेयलाई सदरमुकाम परासीको बुद्धचोकबाट प्रहरीले गिरफ्तार गरेको छ । जनयुद्व दिवस र निर्वाचन बहिष्कारको प्रचार गर्ने सिलसिलामा बुद्ध चोकमा कालो ब्यानर राख्ने नेतृत्व गरेको अभियोगमा पाण्डेयलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले गिरफ्तार गरेको हो ।

कार्यक्रम सकेर होटलमा बसेको बेला संयुक्त संघर्ष समिति नवलपरासी संयोजक समेत रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य पाण्डेयलाई प्रहरीले नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ,नेकपा( बहुमत), नेकपा र बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निर्वाचन बहिष्कारको पक्षमा छ्न । गिरफ्तारको बाबजुद पनि सदरमुकाम परासीमा बहिष्कार को ब्यानर र पर्चा छ्यापछयाप्ती भेटिएका छ्न ।

By जन बिहानी

Related Posts