विचार

पार्टीको राजनीति, नीति, कार्यक्रम जनताकै लागि हो – सी.पी. गजुरेल

पार्टीको राजनीति, नीति, कार्यक्रम जनताकै लागि हो – सी.पी. गजुरेल

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको राष्ट्रिय एकता महाधिवेशन आगामी मंसिर १३ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न हुँदैछ । महाधिवेशन उद्घाटनलाई कुनै एउटा ऐतिहासिक दिनको अवसर पार्ने सन्दर्भमा उद्घाटनको दिन कम्युनिस्ट पार्टीका घोषणापत्र लेखकहरु मध्येका एक फ्रेडरिक एंगेल्सको जन्म दिन नोभेम्बर २८ लाई पारिएको छ । उक्त महाधिवेशनको मूल नारा तय गरिएको छ–“०८१ मंसिर १३ देखि २३ गतेसम्म हुने राष्ट्रिय एकता महाधिवेशन सफल पारौं !नयाँ जनवादी क्रान्तिको खुडुकिलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अगाडि बढौं ! ! ” हाम्रो सिंगो पार्टी अहिले राष्ट्रिय एकता महाधिवेशन सफल पार्न जुटेको छ ।नेपालमा कम्युनिस्ट समर्थकहरुको जनमत अत्यधिक छ । क्रान्ति चाहने र यही प्रतिक्रियावादी व्यवस्थाभित्र आफूलाई…
Read More
जनवाद र केन्द्रियता एक सिक्काका दुई पाटा हुन्

जनवाद र केन्द्रियता एक सिक्काका दुई पाटा हुन्

पार्टी संगठनलाई व्यवस्थित, अनुशासित र क्रान्तिकारी बनाउनको लागि लेनिनवादी संगठनात्मक पद्धतिलाई लागु गर्नु पर्दछ । लेनिनले पार्टीमा संगठनात्मक पद्धतिको विकाशमा जोड दिएका थिए । लेनिनवादी संगठनात्मक पद्धति अन्तरगत जनवादी केन्द्रीयता एउटा महत्वपूर्ण पक्ष हो । क्रान्तिकारी कम्युनिष्ट पार्टीभित्र जनवादी केन्द्रियताको सिद्धान्त अनिवार्य हुन्छ । कम्युनिष्ट पार्टी सर्वहारावर्गको पार्टी हो । सर्वहारा वर्गको पार्टी भित्र जनवाद र केन्द्रीयता दुवै समान हुन्छ । १. जनवाद के हो ? व्यक्ति छलफलमा स्वतन्त्र हुन्छ । आफ्नो मनमा लागेका कुराहरू आ“फु सम्बन्धित कमिटि वा आफु भन्दा उच्च कमिटिमा राख्न पाउने अधिकार हुन्छ । त्यतिमात्र हैन मत दिने, मत लिने र भिन्न मत प्रकट गर्ने अधिकार…
Read More
सर्वहारावर्गको अधिनायकत्व विनाको समाजवादको कुरा गर्नु लासालवाद हो

सर्वहारावर्गको अधिनायकत्व विनाको समाजवादको कुरा गर्नु लासालवाद हो

लेखक : हुकुमबहादुर सिंह नेपालका संसदवादी कम्युनिस्टहरुले समाजवादका नारा दिएका छन्, समाजवादी मोर्चा पनि बनाएका छन् । नेपालको संविधान २०७२मा समाजवाद उन्मूख अर्थतन्त्र लेखाएकोमा नेपालमा समाजवाद आएजस्तै गफ दिने गर्दछन् । र आफूलाई खाँटी समाजवादी भनिरहेका छन् । संसदभन्दा बाहिरका विप्लव र धर्मेन्द्र नेतृत्वका कम्युनिष्ट समूहहरुले पनि यीनै संसदवादी कम्युनिस्टहरुले भनेझै समाजवाद, वैज्ञानिक समाजवाद भनिरहेका छन् । तर यी दुवैको मिलनविन्दु एउटै छ त्यो हो यीनीहरु दुवैले सर्वहारावर्गको अधिनायकत्व अन्तरगत समाजवादवारे उनीहरुका दस्तावेजहरुमा कही कतै उल्लेख गर्न आवश्यक ठान्दैनन । परिणाम ती दुवैको समाजवादको आधार लासालवाद कि माक्र्सवाद बहसको विषय बनेको छ । जुन समाजवादको कुरा अहिले विभिन्न कम्युनिस्ट पार्टीहरु,…
Read More
नेपालका संसदवादी कम्युनिस्टहरुको समाजवादको आधार लासालवाद कि मार्क्सवाद

नेपालका संसदवादी कम्युनिस्टहरुको समाजवादको आधार लासालवाद कि मार्क्सवाद

लेखक : हुकुमबहादुर सिंह नेपालका संसदवादी कम्युनिस्टहरुले समाजवादका नारा दिएका छन्, समाजवादी मोर्चा पनि बनाएका छन् । नेपालको संविधान२०७२मा समाजवाद उन्मूख अर्थतन्त्र लेखाएकोमा नेपालमा समाजवाद आएजस्तै गफ दिने गर्दछन् र आफूलाई खाँटी समाजवादी भनिरहेका छन् । संसदभन्दा बाहिरका विप्लव र धर्मेन्द्र नेतृत्वका कम्युनिष्ट समूहहरुले पनि यीनै संसदवादी कम्युनिस्टहरुले भने झैं समाजवाद, वैज्ञानिक समाजवाद भनिरहेका छन् । तर यी दुवैको मिलनविन्दु एउटै छ त्यो हो यिनीहरु दुवैले सर्वहारावर्गको अधिनायकत्व अन्तरगत समाजवादबारे उनीहरुका दस्तावेजहरुमा कही कतै उल्लेख गर्न आवश्यक ठान्दैनन । परिणाम ती दुवैको समाजवादको आधार लासालवाद कि माक्र्सवाद बहसको विषय बनेको छ । जुन समाजवादको कुरा अहिले विभिन्न कम्युनिस्ट पार्टीहरु, समूहहरु…
Read More
भू–राजनीतिमा अमेरिकाको नेपाल दृष्टि

भू–राजनीतिमा अमेरिकाको नेपाल दृष्टि

विश्वमा लिखित इतिहास शुरु हुनुभन्दा पहिल्यैको पौराणिक इतिहासमा नेपाल देशको उल्लेख पाइन्छ । वि.स. १८२६ मा गोरखाका राजा पृथ्वीनारायण शाहले राष्ट्रिय एकिकरण गर्दा समेत अमेरिकाको जन्म भएको थिएन । विश्वको नयाँ सभ्यताका रुपमा चिनिने माया सभ्यताको पृष्ठभूमिमा उभिएको अमेरिकालाई कतिपय इतिहासकारहरुले उन्नाइसौं सताब्दीको बालकको संज्ञा दिएका छन् । प्रथम विश्वयुद्ध (१९१४–१९१८) मा अटोमन साम्राज्यको अन्त्य भयो । आजको मध्यपूर्वको तनावग्रस्त क्षेत्र बेलायतको वर्चश्वमा रहन गयो । प्रथम विश्वयुद्ध पश्चात विश्वमा शान्ति स्थापना गर्ने भनेर राष्ट्र संघको स्थापना भयो तर अमेरिका राष्ट्र संघमा सामेल भएन । त्यतिबेला अमेरिकाको उदय एउटा शक्ति राष्ट्रका रुपमा भइसकेको थियो । एउटा शक्ति राष्ट्र अमेरिका सदस्य…
Read More
संक्रमणकालीन न्यायको कसीमा सत्यनिरूपण तथा मेलमिलाप

संक्रमणकालीन न्यायको कसीमा सत्यनिरूपण तथा मेलमिलाप

लेखक : परी थापा पृष्ठभूमिःतत्कालीन नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री रहेका गिरिजा प्रसाद कोइराला र तत्कालीन विद्रोही शक्ति (पक्ष) का तर्फबाट तत्कालीन ने. क. पा. (माओवादी) का अध्यक्ष रहेका पुष्प कमल दाहाल ‘प्रचण्ड’ बीच वि. सं. २०६३ साल मंसिर महिनाको ५ गतेका दिन विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर सम्पन्न भएको थियो । उक्त सम्झौता सम्पन्न भएपश्चात तत्कालीन ने. क. पा. (माओवादी) द्वारा वि. सं. २०५२ साल फागुन १ गतेका दिनदेखि सुरु गरिएको जनयुद्ध (सशस्त्र विद्रोह) को अन्त्य भएको घोषणा गरिएको थियो ।सो विस्तृत शान्ति सम्झौता अन्तर्गत बुंदा नं. ८ मा “मतभेद तथा कार्यान्वयन संयन्त्र” भन्ने शिर्षकको उप बुँदा ४ मा “यो सम्झौता,…
Read More
तीज यसरी मानौँ

तीज यसरी मानौँ

लेखक : विष्णु न्यौपाने तीज महिलाहरूको लागि मात्र एक मुख्य चाड हो । जहाँ एकवर्ष भरिका कथा व्यथा माइतीघर गएर पोख्ने र विवाह गरेर टाढा टाढा भएका दिदिबहिनीहरूको भटघाट गर्ने एक सुनौलो अवसर पनि हो । खास तीज पर्ब किन र कसरी मनाइदै आइयो भन्ने कुरा इतिहास पुराण , उपनिषद्मा सुन्न र पढ्न पाइन्छ । कथा अनुसार पुर्वकालमा पार्वतीले आफ्नो पिताले आफ्नो विवाह विष्णु भगवानसँग गरिदन खोज्दा पार्वतीलाई मन नपरेको र आफ्नो इच्छा श्री महादेवको साथ गर्न चाहेको बाट कथा सुरू हुन्छ । हिमालय पर्वतले छोरी पार्वतीको इच्छा विपरीत गर्न खोज्दा भागेर एकान्तमा महादेव पति पाउ भनी पिताको घरबाट भागेर…
Read More
सर्वहारावर्गसित आफ्नो सिक्री बाहेक गुम्ने वस्तु केही छैन

सर्वहारावर्गसित आफ्नो सिक्री बाहेक गुम्ने वस्तु केही छैन

लेखक : गंगा पौडेल कम्युनिष्ट घोषणा पत्र वैज्ञानिक साम्यवादका आविष्कारद्वय कार्लमाक्स र फ्रेडरिक एंगेल्सको ऐतिहासिक कृति हो । १८४७ मा वेलायतमा भएको युरोपियन कम्युनिष्टहरुको सम्मेलनमा कम्युनिष्ट लिगको गठन भएपछि माक्र्स एेंगेल्सले घोषणापत्र तयार गरेका थिए । कम्युनिष्ट घोषणापत्र विश्वका मजदुर र क्रान्तिकारी आन्दोलनको एउटा धारिलो हतियार बनेको छ । यो हतियारले अन्तर्राष्ट्रिय सर्वहारावादी आन्दोलनको कामलाई गतिशिल बनाएको छ । घोषणापत्र विश्व विख्यात कृतिको रुपमा स्थापित भएको छ । १८४८मा जर्मनभाषामा यसको पहिलो प्रकाशन भएको थियो । संसारका धेरै भाषामा यसका संस्करणहरु निष्केका छन् । नेपालीभाषामा पनि यो प्रकाशन भएको छ । विश्वका विभिन्न मुलुकहरुमा मजदुर आन्दोलन र प्रगतिशील जनवादी आन्दोलनको…
Read More
माक्र्सवादी दर्शन र यसको विकास

माक्र्सवादी दर्शन र यसको विकास

माक्र्सवाद एक वैज्ञानिक दर्शन, राजनीति अर्थशास्त्र र सच्चा क्रान्तिकारी समाज निर्माणको विज्ञान हो । यसले जीवन र जगतलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका आधारमा हेर्ने, बुझ्ने र व्याख्या गर्दछ । माक्र्सवादले संसारलाई जस्तो छ त्यस्तै बुझ्ने बुझाउने र परिवर्तन गर्ने काम गर्दछ । प्रकृति समाज राज्य व्यवस्थाका बारेमा कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सले गरेको महान् खोज र प्रयोगद्वारा बनाइएको वैज्ञानिक तथ्य तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारको संयुक्त योगलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादको उदय हुनुभन्दा पूर्वका प्रगतिशील विचारधाराहरुले अगाडि सारेका वैचारिक उपलब्धीहरुलाई पनि माक्र्सवादले समेटेर आफ्नो दृष्टिकोण अगाडि सारेको छ । सन् १७८९ को फ्रान्सेली राज्य क्रान्ति पहिलो पूँजीवादी क्रान्ति थियो…
Read More
नेपालमा उत्तरआधुनिकतावादको अवस्था( संक्षिप्त नोट )

नेपालमा उत्तरआधुनिकतावादको अवस्था( संक्षिप्त नोट )

केही उत्तरआधुनिकतावादीहरूः-ज्याक डेरिडा (फ्रान्स), माइकल फिकाल्ट (फ्रान्स), जेएफ लियोटार्ड (फ्रान्स)-मार्टिन हाइडेगर र फ्रेडरिक नित्से (जर्मन)८-आर.आर. रोसाल्डो, फ्रेडरिक जामसन, जेम्स क्लिफर्ड,जर्ज मार्कस (अमेरिका)१) अंग्रेजी शब्द ’पोस्ट मोडर्निज्म’ लाई नेपाली भाषामा अनुवाद गर्दा उत्तर आधुनिकतावाद भनिएको हो । सन् १९३४ मा फेडेरिको डे ओनिसले सर्वप्रथम “पोस्ट मोडर्निज्म“ शब्द प्रयोग गरेका थिए। पछि, अर्नोल्ड टोयान्बीले आफ्नो पुस्तक ’ ए स्टडी अफ हिस्ट्री ’ मा त्यो शब्द प्रयोग गरे। पहिलो विश्व युद्ध र दोस्रो विश्वयुद्ध बीचको समयमा यो शब्दको विकास भयो । ‘पोस्ट’ को अर्थ ‘पछि’ भन्ने हुन्छ ।यहाँ ‘पोस्ट’ शब्दमा ‘आधुनिकतावाद’ थपेर नयाँ शब्द ‘पोस्टमोडर्निज्म’ बनाइएको छ।त्यसैले पोस्ट मोडर्निज्मको अर्थ ‘आधुनिकतापछि’ भन्ने हुन्छ।…
Read More