पार्टीको राजनीति, नीति, कार्यक्रम जनताकै लागि हो – सी.पी. गजुरेल
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको राष्ट्रिय एकता महाधिवेशन आगामी मंसिर १३ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न हुँदैछ । महाधिवेशन उद्घाटनलाई कुनै एउटा ऐतिहासिक दिनको अवसर पार्ने सन्दर्भमा उद्घाटनको दिन कम्युनिस्ट पार्टीका घोषणापत्र लेखकहरु मध्येका एक फ्रेडरिक एंगेल्सको जन्म दिन नोभेम्बर २८ लाई पारिएको छ । उक्त महाधिवेशनको मूल नारा तय गरिएको छ–“०८१ मंसिर १३ देखि २३ गतेसम्म हुने राष्ट्रिय एकता महाधिवेशन सफल पारौं !नयाँ जनवादी क्रान्तिको खुडुकिलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अगाडि बढौं ! ! ” हाम्रो सिंगो पार्टी अहिले राष्ट्रिय एकता महाधिवेशन सफल पार्न जुटेको छ ।नेपालमा कम्युनिस्ट समर्थकहरुको जनमत अत्यधिक छ । क्रान्ति चाहने र यही प्रतिक्रियावादी व्यवस्थाभित्र आफूलाई…