माक्र्सवादी दर्शन र यसको विकास

माक्र्सवाद एक वैज्ञानिक दर्शन, राजनीति अर्थशास्त्र र सच्चा क्रान्तिकारी समाज निर्माणको विज्ञान हो । यसले जीवन र जगतलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका आधारमा हेर्ने, बुझ्ने र व्याख्या गर्दछ । माक्र्सवादले संसारलाई जस्तो छ त्यस्तै बुझ्ने बुझाउने र परिवर्तन गर्ने काम गर्दछ । प्रकृति समाज राज्य व्यवस्थाका बारेमा कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सले गरेको महान् खोज र प्रयोगद्वारा बनाइएको वैज्ञानिक तथ्य तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारको संयुक्त योगलाई माक्र्सवाद भनिन्छ ।

माक्र्सवादको उदय हुनुभन्दा पूर्वका प्रगतिशील विचारधाराहरुले अगाडि सारेका वैचारिक उपलब्धीहरुलाई पनि माक्र्सवादले समेटेर आफ्नो दृष्टिकोण अगाडि सारेको छ । सन् १७८९ को फ्रान्सेली राज्य क्रान्ति पहिलो पूँजीवादी क्रान्ति थियो । तर त्यो क्रान्तिका उपलब्धीहरु उत्पीडित जनता मजदूर तथा किसानहरुको पक्षमा लागु हुन सकेनन् । तर फ्रान्सेली राज्यक्रान्ति त्यहाँको राज्य सत्ता विरुद्ध उठेका वर्गसंघर्षको सशक्त र उदाहरणीय नमुना थियो । त्यही संघर्षले महान विचारकहरुको जन्म भयो । फ्रान्सेली वर्गसंघर्ष उपजको रुपमा रोवर्ट ओवेन र चाल्र्स पूmरीएका समाजवादी विचारहरु अगाडि आए । तर उनीहरुका विचार विज्ञान सम्मत नभई काल्पनिक थिए । माक्र्स, एंगेल्सले ती विचारहरुलाई पनि अध्ययन गरेर तिनमा रहेका अवस्तुवादी पक्षलाई हटाएर वस्तुवादी तथा वैज्ञानिक विचारहरुलाई समेट्न प्रयत्न गरे । फ्रान्सेली राज्यक्रान्तिको अनुभव माक्र्सवाद निर्माणका निम्ति एउटा प्रेरणाको पहिलो श्रोत बन्न पुग्यो । पूँजी, श्रम र शोषणको बारेमा गहिरो अध्ययन तथा सहि मूल्यांकन गरी श्रमले पूँजीको विकास गर्दछ र जसले श्रम गर्दछ त्यसले नै श्रमको फल पाउनु पर्दछ । मजदुरले गरेको श्रम लुटेर बाँच्ने पूँजीपति र सामान्तीहरुको तख्ता पल्टाएर वैज्ञानिक समाजवाद स्थापना गर्नु पर्दछ भन्ने सही विचार र क्रान्तिकारी संगठनात्मक पद्धति माक्र्सवादले सर्वहारा वर्गलाई दिएको छ । यसका मौलिक विशेषताहरु द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्ग संघर्ष, अतिरिक्त मूल्यको सिद्धान्त नै हुन ।

लेखक : गंगा पौडेल

पँुजीवादको विकाश उन्नाइसौ शताब्दीको मध्यतिर भयो । त्यसपछि सर्वहारा वर्गको संघर्ष पनि सँगसँगै अगाडि बढ्न थाल्यो । वर्गीय शोषण र उत्पीडनबाट मुक्त हुने उपाय, र त्यसको स्वरुपका बारेमा उद्घोष गर्दै कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सले सन् १८४८ मा कम्युनिष्ट घोषणा पत्र लेखे । कम्युनिष्ट घोषणा पत्र जारी भएको पनि सन् २०२४ मा १७६ वर्ष भइसकेको छ । यसको औचित्यता झनै बढेर गएको छ । कम्युनिष्ट घोषणा पत्रमा अभिव्यक्त गरेका विचारले विश्वका मजदूर तथा सर्वहारा वर्गको हितलाई वैज्ञानिक आधार पुष्टि गरेको छ । यही घोषणा पत्रको आधारमा संसारका कम्युनिष्ट पार्टीहरुले आ–आफ्ना देशको सामाजिक परिस्थितिको आधारमा विश्लेषण गर्दै माक्र्सवादी सिद्धान्तलाई लागु गर्ने प्रयत्न गरेका छन् । सोह्रौ शताब्दीदेखि विकसित भएको व्रिटेनको औद्योगिक क्रान्तिले ठूलो पैमानामा किसान, मजदूर तथा सर्वहारावर्गमा परिवर्तन गरिदियो । त्यसैको फलस्वरुप पूँजीपति र मजदूर वर्गमा संघर्ष चर्किन थाल्यो । मजदूर वर्गले आफ्नो दुरावस्थाबाट मुक्ति पाउन मेसिनलाई तोडफोड गर्ने आन्दोलन शुरु गरे । व्रिटेनको औद्योगिक क्रान्ति र मजदूरवर्गको संघर्षले अंग्रेज अर्थशास्त्रीहरु बीच मुल्य र श्रमको सिद्धान्तको बारेमा एउटा ठूलो हलचल ल्याइदियो । एडम स्मिथ र डेविड रिकार्डाेले श्रम सिद्धान्तको मुल्यको रुपमा नयाँ मौलिक विचारहरु अगाडि सारे । एडमस्मिथ डेवीड रेकार्डाेका विचार माथि कार्लमाक्र्स एंगेल्सले गहन अध्ययन गरी ती विचारहरुलाई मौलिक रुप दिएर नै अतिरिक्त मुल्यको सिद्धान्तको विकास गरे । व्रिटेनको औद्योगिक क्रान्तिको अनुभवले अर्थशास्त्रीहरुका विचार माक्र्सवादको प्रेरणाको श्रोत बन्यो । अर्थशास्त्री सम्बन्धी विचार माक्र्सवादको निर्माणका निम्ति दोस्रो श्रोत बन्न पुग्यो ।

माक्र्सवादको उदय हुनुभन्दा पहिलेका दार्शनिकहरुले दर्शनशास्त्रलाई केवल चिन्तन प्रणालीको रुपमा बुझ्ने थिए । माक्र्स एंगेल्सले यसलाई चिन्तन प्रणाली वा ज्ञानको पद्धतिको रुपमा मात्र नभएर कार्य प्रणाली वा पद्धति पनि हो भन्ने निष्कर्ष निकालेर दर्शनको स्थापित गरे । उनीहरुले दर्शनलाई केवल ज्ञानको रुप मात्र नभएर व्यवहारमा जोड्ने काम गरे । व्यवहार नै ज्ञानको आधार हो । सिद्धान्त विनाको व्यवहार अन्धो हुन्छ र व्यवहार विनाको सिद्धान्त लंगडो हुन्छ भन्ने कुराको निष्कर्षमा पुगे । माक्र्स र एंगेल्सले व्यवहार नै ज्ञानको आधार हो सिद्धान्त र व्यवहारमा एकरुपता हुनु पर्दछ भन्ने कुरा सिद्ध गरे । प्रकृति जीवन समाज विकास र परिवर्तनका नियमहरु पत्ता लगाउने र स्पष्ट पार्ने काम गरे । माक्र्सवादको उदय हुनुभन्दा पहिलेका भौतिकवादी दार्शनिकहरुले पदार्थको बारेमा राम्ररी बुझ्न र व्याख्या गर्न सकेका थिएनन् । उनीहरुले यन्त्रीकरुपबाट व्याख्या गर्दथे । माक्र्सवादले कुनै पनि घटनाहरु यन्त्रिक नियमको आधार होइन, स्वयं सम्बन्धित वस्तु भित्रका विशिष्ट नियमहरुद्वारा निर्धारित हुन्छन् भन्दछ । यसले भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र समाज विज्ञानका नियमहरुको आधारमा पुष्टि ग¥यो । माक्र्सवाद पूर्वको भौतिकवादी दर्शन भनेको चेतना सबै पदार्थको भन्ने आध्यात्मिक चिन्तनबाट प्रभावित थियो । माक्र्सवादले परिवर्तनको गुण सबै पदार्थमा हुन्छ तर सबै परिवर्तन चेतना हैन । चेतना भनेको त भौतिक जगतको रचनात्मक परिवर्तन हो । चेतना पदार्थको प्रतिबिम्ब हो, यसको आधार श्रम र व्यवहार हो भन्ने कुरा स्पष्ट ग¥यो । माक्र्स एंगेल्सले सर्वप्रथम समाज र सामाजिक जीवन एवं घटनाहरुको व्याख्या गरे । उनीहरुले भौतिक उत्पादन र उत्पादन सम्बन्धहरु नै सामाजिक सम्बन्धका भौतिक आधार हुन् भन्ने निष्कर्ष निकाले । समाजको परिवर्तनमा श्रमजीवि जनताको भूमिका प्रमुख रहन्छ भन्ने कुरा समेत स्पष्ट पारे ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?