नेपालमा उत्तरआधुनिकतावादको अवस्था( संक्षिप्त नोट )

केही उत्तरआधुनिकतावादीहरूः
-ज्याक डेरिडा (फ्रान्स), माइकल फिकाल्ट (फ्रान्स), जेएफ लियोटार्ड (फ्रान्स)
-मार्टिन हाइडेगर र फ्रेडरिक नित्से (जर्मन)
८-आर.आर. रोसाल्डो, फ्रेडरिक जामसन, जेम्स क्लिफर्ड,जर्ज मार्कस (अमेरिका)
१) अंग्रेजी शब्द ’पोस्ट मोडर्निज्म’ लाई नेपाली भाषामा अनुवाद गर्दा उत्तर आधुनिकतावाद भनिएको हो । सन् १९३४ मा फेडेरिको डे ओनिसले सर्वप्रथम “पोस्ट मोडर्निज्म“ शब्द प्रयोग गरेका थिए। पछि, अर्नोल्ड टोयान्बीले आफ्नो पुस्तक ’ ए स्टडी अफ हिस्ट्री ’ मा त्यो शब्द प्रयोग गरे। पहिलो विश्व युद्ध र दोस्रो विश्वयुद्ध बीचको समयमा यो शब्दको विकास भयो । ‘पोस्ट’ को अर्थ ‘पछि’ भन्ने हुन्छ ।यहाँ ‘पोस्ट’ शब्दमा ‘आधुनिकतावाद’ थपेर नयाँ शब्द ‘पोस्टमोडर्निज्म’ बनाइएको छ।त्यसैले पोस्ट मोडर्निज्मको अर्थ ‘आधुनिकतापछि’ भन्ने हुन्छ। यो मुख्यतया १९६० पछि विकसित भएको थियो। यो दर्शन, राजनीति, अर्थशास्त्र, भाषा, प्रविधि र मिडियासँग सम्बन्धित छ । (कुँवर)
उत्तरआधुनिकतावाद अमेरिकामा अति –प्रविधि र अति–आधुनिकीकरणको प्रतिक्रियाको रूपमा १९७० मा सुरु भएको थियो। उत्तरआधुनिकतावादले के मान्यता राख्दछ भने कुनै पनि कुरा र कुनै एक विचारलाई पूर्ण वा पूर्ण रूपमा व्याख्या गर्न सकिँदैन। विचार अपूर्ण नै हुन्छ भन्ने मान्यता राख्दछ । १९९० मा Rechard Tarnas ले एउटा पुस्तक “ The Pasion Of Western Mind“ प्रकाशित गरे, त्यस पछि Postmodernism को धेरै स्थानहरूमा विस्तार भयो। यस पुस्तकमा उनले पूर्व ज्ञान र विचारहरू पुनः व्याख्या गरिँदैछ र पुनः परिचय गरिँदैछ र तिनीहरूका व्याख्याहरू नयाँ भइरहेका छन् .तर ती अपूर्ण छन् भनेकाथिए । तिनीहरू समाप्त भइरहेका छैनन्। यस्तो प्रक्रिया भविष्यमा पनि चलिरहने छ ।नित्सेबाट उत्तरआधुनिकतावादको विचार सुरु भएको मानिन्छ ।नित्सेका अनुसार विश्व शून्यवादतर्फ उन्मुख छ ।उनले लेखेका छन् कि ईश्वर त पहिले नै मरिसक्यो । उत्तर आधुनिकतावादले विद्यमान दर्शन, सिद्धान्तहरूमाथि प्रहार गरेको छ र ती सबै अपूर्ण छन् भनी घोषणा गरेकोछ । यसमा सबै विषयको मूल्याङ्कन हुनुपर्छ, त्रुटिबाट हामीले पाठ लिनुपर्छ, अघिल्लो सबै कुरालाई मूल्याङ्कन गरेपछि मात्रै स्वीकार गर्नुपर्छ, सबै यथार्थलाई अस्थायी रूपमा मात्र स्वीकार गर्नुपर्छ भन्ने धारणा राखिएको छ ।(शिवाकोटी, २०६७, पृ.२०३–२०४)
त्यसैले हामी भन्न सक्छौं कि यसले सबै परम्परागत र आधुनिक मूल्यहरूलाई आक्रमण गर्छ।
२) नेपालको राजनीति :
उत्तरआधुनिकतावादले बहुकेन्द्रहरूमा जोड दिन्छ। विगतमा नेपालमा एउटै शक्ति केन्द्र “राजतन्त्र“ थियो। १९९० पछि नेपालको राजतन्त्र संवैधानिक राजतन्त्र भयो र राजनीतिक दलहरू जस्ता धेरै शक्ति केन्द्रहरूको उदय भयो। सन् २००६ को जनआन्दोलनपछि राजतन्त्र विघटन भइ नयाँ शक्ति केन्द्रहरू उदाए ।उत्तरआधुनिकताको दृष्टिकोणले यस्तो राजनीतिक परिवर्तन एक प्रकारको उत्तरआधुनिकीकरण हो । जनआन्दोलन २००६ पछि खस–आर्य, मधेसी, जनजाति, दलित आन्दोलन जस्ता धेरै जातीय शक्ति केन्द्रहरू उदाए। नयाँपनको नाममा कतिपयले जबरजस्ती नयाँ शब्दहरू सृजना गरिरहेका छन् । जस्तै नेपालमा विप्लव नेतृत्वको नेकपाले विगतमा अमेरिकालाई साम्राज्यवादशब्द प्रयोग गर्दै आएकोमा अहिले उत्तरसाम्राज्यवाद शब्द प्रयोग गरिरहेको छ ।

लेखकः रामबहादुर बुढा

३) नेपाली साहित्यः
नेपाली साहित्यमा सबैभन्दा पहिले इन्द्रबहादुर राईले उत्तरआधुनिक लेखनशैली ल्याएको मानिन्छ। यो लिला लेखनको नामबाट प्रख्यात छ। विसं २०३४ मा ‘रुपरेखा’ पत्रिकामा ‘भ्रान्तिहरू र लीला लेखन मात्र’ शीर्षकमा उनले लेख लेखेका थिए । उनको एउटा कथामा महाभारतका कृष्ण पात्रले नाटकको भूमिका खेलिरहेका हुन्छन् । तर नाटक हेर्न गएका दर्शकहरूले त्यहाँ थुप्रै कृष्णहरू देख्छन् । २०४६ सालमा उनले आफ्नो कथा संग्रह ‘ पुतलीको मानिस’ प्रकाशित गरेका थिए । यस सङ्ग्रहमा उनका २० वटा लेख संकलन गरिएको छ । साहित्यको हरेक विधामा उत्तरआधुनिकतावाद पाउन सकिन्छ ।
४)दर्शनः
केहीले उत्तरआधुनिकतावादलाई दर्शन मान्छन् तर केहीले यसलाई दर्शन मान्न तयार छैनन् । उत्तरआधुनिकतावादीहरूले विचारधारा, ईश्वर, इतिहास, मानवता, साहित्य सबैको अन्त्यको घोषणा गरेका छन् ।
५)मिडियाः
उत्तरआधुनिकतावादले मिडियालाई महत्त्वपूर्ण कुरा मान्दछ। यसले “ग्लोबल भिलेज“ को वकालत गर्दछ।
६) कलाः
नेपालमा २००३ नोभेम्बर ३० डिसेम्बरमा सूत्र नामक संस्था द्वारा “ कुखुराको भालेले प्रकृतिको गीत गाउँछ “ नामक गोष्ठी आयोजना भए देखि उत्तरआधुनिक कलाको सुरुवात
भएको मानिन्छ ।काठमाडौको ओशो तपोवनमा त्यो कार्यक्रम आयोजना गरिएकोथियो । त्यहाँ २८ जना सहभागी भएका थिए। कुनै कलाकारिताको नियम विना स्वतन्त्र तरिकाले जङ्गलमा बसेर पेन्टिङ गरेका थिए । ( भृकुटी, २०६७)
८) उत्तरआधुनिकतावादका केही पक्षहरूः
क) विनिर्माण :
डेरिडाले पुरानो मूल्य मान्यतालाई पूरै भत्काएर नयाँ मान्यता स्थापना गर्ने बताएका छन् । त्यसलाई विनिर्माण भनियो । भाषाविद् सौसुरेले भाषाको दृष्टिकोण प्रस्तुत गरेकाथिए (भृकुटी, २०६७,रमेशप्रसाद भट्टराई)
ख) उत्तरसंरचनावाद
यो संरचनावाद विरुद्ध दार्शनिक दृष्टिकोण हो। यसले पूर्व स्थापित सामाजिकरुपले निर्मित संरचनाका मान्यताहरूलाई अस्वीकार गर्दछ ।
ग) बहुलवादः
यसले सीमान्तकृत वर्गलाई महत्व दिएको छ । यसले विचारधारा, संस्कृति, भाषाका आधारमा मानव जातिको बहुसमूहलाई स्वीकार गर्छ।
घ) बहुसांस्कृतिकताः
यसले बहुसंस्कृतिलाई स्वीकार गर्दछ। नेपाल बहुसांस्कृतिक देश हो।

९ ) मार्क्सवादीहरूले उत्तरआधुनिकतावादलाई मार्क्सवाद विरोधी वैचारिक अभियान मान्छन्। मार्क्सवादीहरूले यसलाई पुँजीवादको विकृत र अराजक उत्पादन प्रणालीले जन्माएको अराजक चिन्तन मान्दछ । मार्क्सवादीहरू दुई प्रकारका हुन्छन्, तिनीहरूमध्ये केहीले उत्तरआधुनिकतावादको विरोध गर्छन् भने कसैले उत्तरआधुनिकतावादलाई स्वीकार गर्छन्। (गिरीः भृकुटी)
सन्दर्भहरूः
१) भृकुटी,(२०६७),उत्तराधुनिकतावाद विशेषाङ्क,काठमाडौंः भृकुटी शैक्षिक प्रकाशन।
२) शिवाकोटी, गोपाल, (२०६७), राजनीतिक शब्दकोष, नेपाली–आङ्ग्रेजी–नेपाली ई, काठमाण्डौ : पैरवी प्रकाशन

३)Upadhyaya,Liladhar,Diognosing NepalÚs post modern politics,The Rising Nepal,2021 june 29

४) कुवर,नेत्रबहादुर ,उत्तरआधुनिकतावाद र विनिर्माणवादका वहुल मान्यता।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?