जनवाद र केन्द्रियता एक सिक्काका दुई पाटा हुन्

पार्टी संगठनलाई व्यवस्थित, अनुशासित र क्रान्तिकारी बनाउनको लागि लेनिनवादी संगठनात्मक पद्धतिलाई लागु गर्नु पर्दछ । लेनिनले पार्टीमा संगठनात्मक पद्धतिको विकाशमा जोड दिएका थिए । लेनिनवादी संगठनात्मक पद्धति अन्तरगत जनवादी केन्द्रीयता एउटा महत्वपूर्ण पक्ष हो । क्रान्तिकारी कम्युनिष्ट पार्टीभित्र जनवादी केन्द्रियताको सिद्धान्त अनिवार्य हुन्छ । कम्युनिष्ट पार्टी सर्वहारावर्गको पार्टी हो । सर्वहारा वर्गको पार्टी भित्र जनवाद र केन्द्रीयता दुवै समान हुन्छ ।

१. जनवाद के हो ? व्यक्ति छलफलमा स्वतन्त्र हुन्छ । आफ्नो मनमा लागेका कुराहरू आ“फु सम्बन्धित कमिटि वा आफु भन्दा उच्च कमिटिमा राख्न पाउने अधिकार हुन्छ । त्यतिमात्र हैन मत दिने, मत लिने र भिन्न मत प्रकट गर्ने अधिकार पनि हुन्छ त्यो नेै जनवाद हो ।

लेखक : गंगा पौडेल

२.केन्द्रीयता के हो ? पार्टीको नीति, निर्देशन पालना गर्नु, भिन्न मत हु“दाहुदै पार्टीले निश्चित गरेका कार्यक्रमहरूलाई बिनाहिचकिचाहट लागु गर्नु केन्द्रीयता हो । केन्द्रीयता भनेको पार्टीको उच्च प्रकारको अनुशासन हो ।
जनवाद र केन्द्रीयता एक सिक्काको दुई पाटा हुन । पार्टी भित्र व्यक्तिको विचार स्वतन्त्र हुन्छ तर जतिबेलासम्म छलफल र बहस चल्छ, त्यो बहस तार्किक निष्कर्षमा नपुग्दासम्म स्वतन्त्र हुन्छ । छलफलबाट निचोडमा पुगे पछि त्यो विचार पार्टीको विचार बन्दछ । तर कुनै व्यक्तिलाई पार्टीको बिचार मन नपर्न सक्तछ वा चित्त नबुझ्न सक्तछ चित्त नबुझे सम्बन्धित कमिटिमा आफ्नो भिन्न मत सुरक्षित राख्न सकिन्छ वा माइन्युटमा (नोट अफ डिसेन्ट) लेख्न सकिन्छ । तर बहुमतले गरेको निर्णयलाई तदारुकताका साथ व्यवहारमा लागु गर्नु पर्दछ । पार्टीका निर्णय चित्त बुझेनभनी काम गर्न छोड्ने, पार्टीको बिरुद्धमा बोल्ने वा गुटबन्दी जस्ता कृयाकलाप देखियो भने त्यसलाई अराजकता मानिन्छ । अन्तन पार्टीबाट कार्यबाहीको स्थिती सृजना हुन्छ । त्यसैगरी संगठनको आवश्यकता र व्यक्तिको क्षमताको मुल्याङ्कन नगरी कुनै पनि विषयमा भिटो प्रयोग गर्ने वस्तु स्थितिको मूल्यांकन नगरी हचुवा प्रकारले निर्णय गर्ने वा स्थापित नीति परिवर्तन गर्ने, मनपरि गर्ने, केन्द्रीयता लाद्ने प्रवृति तानाशाही हुन्छ । उपल्लो कमिटिले तल्लो कमिटिलाई वा व्यक्तिलाई अंशमा हैन समग्रतालाई बुझेर नीति निर्देशन गर्नु पर्दछ । केन्द्रीय नेतृत्व पार्टी महाधिवेशनको नीतिमा रहेर मातहतका समितिहरुलाई मार्ग निर्देशन गर्ने गर्नु पर्दछ । महाधिवेशनले पास गरेका कुनै पनि नीति नियमहरुलाई उल्लंघन गर्ने अधिकार केन्द्रीय समितिलाई हुदैन पार्टीमा कतै बढी जनवाद भयो भने अराजकता हुन्छ, कतै बढी केन्द्रीयता भयो भने तानाशाही हुन्छ । त्यसैले पार्टीमा जनवाद र केन्द्रीयतालाई एकआपसमा तालमेल गरेर लैजानु पर्दछ । जनवाद र केन्द्रियता एक सिक्काका दुइपाटा हुन् ।
कम्युनिष्ट पार्टीभित्र सजिव एकता जनवादी केन्द्रीयताबाट प्राप्त हुन्छ । औपचारिक केन्द्रीयता र औपचारिक जनवाद दुवै गलत प्रवृत्ति हुन् । लेनिन भन्नु हुन्छ ः“कम्युनिष्ट पार्टीमा केन्द्रीकरणको मतलब औपचारिक वा मशिनी केन्द्रीकरण हु“दैन, बरु कम्युनिष्ट कारवाहीहरुको केन्द्रीकरण हो । यसको मतलब एउटा यस्तो नेतृत्व निर्माण गर्नु हो, जो युद्धको लागि तयार होस् र साथ साथै हर परिस्थितिमा आफुलाई ढाल्न सक्ने क्षमता राखोस् ।” औपचारीक जनवादले न त अराजकतालाई रोक्न सक्दछन् न नोकरशाही प्रवृत्तिलाई । त्यसकारण केन्द्रीयता र जनवादलाई व्यवहारमा कुशलतापूर्वक प्रयोग गर्नुपर्छ । “एउटा बलियो नेतृत्व तयार पार्ने उद्देश्य अनुसार संगठनको केन्द्रीकरण तब सम्म सफल हुन सक्तैन, जबसम्म त्यसलाई औपचारिक जनवादका जगमा टेकेर प्राप्त गर्न खोजिन्छ ।”
४ जनवादी केन्द्रीयतासंग जोडीएका निम्न पक्षहरू माथी ध्यान दिनु पर्छ ।
(क) व्यक्ति संगठनको अधिनस्त हुनुपर्दछ । (ख) तल्लो कमिटि उपल्लोको अधिनस्त हुनुपर्दछ । (ग) सबै समिती केन्द्रीय समितीको अधिनस्त हुनुपर्दछ । (घ) केन्द्रीय समिती महाधिवेसनको अधिनस्त हुनुपर्दछ । (ङ) अल्पमत बहुमतको अधिनस्त हुनुपर्दछ ।
५. जसरी जनवादी केन्द्रीयताको महत्व हुन्छ त्यसैगरी
(क) आत्मआलोचना (ख) अनुशासन तथा गोपनीयता र (ग) अन्तर संघर्षको पनि त्यत्तिकै महत्व हुन्छ ।
– आत्मआलोचना र आलोचनाः पार्टीमा कामगर्ने शिलसिलामा जान वा अन्जानमा हुने गल्ती कमजोरीहरूलाई स्वयंले स्वीकार गर्नु हो । त्यसैगरी एक व्यक्तिबाट भएका कमीकमजोरी वा गल्तीलाई अर्को व्यक्तिले सम्बन्धित ठाउ“मा औल्याउने, टिकाटिप्पणी गर्ने पद्धतिलाई आलोचना भनिन्छ ।
आलोचनाका प्रकृतिहरू छुट्टा छुट्टै हुन्छन ।
–राजनैतिक –सैद्वान्तीक –व्यवहारीक र –सांस्कृतिक
–आलोचना गर्दा व्यक्तिको स्तर अनुशार गर्नु पर्दछ । –आलोचना ठोस र मूर्त हुनुपर्दछ । –प्रतिआलोचना गर्नुहुदैन । आलोचना पूर्वाग्रहरहीत हुनुपर्दछ ।
–अनुशासन तथा गोपनीयता ः पार्टीमा अनुशासन र गोपनीयताको पनि उत्तिकै महत्व हुन्छ, अनुशासन भनेको पार्टीको अचार संहिता, नीति, निर्देशनलाई मान्नु र जिम्मेवारी पुरा गर्नु हो । पार्टीको कार्यक्रम जनतामा पुर्याउनु, जनतालाई संगठित गर्नु, जनताको समस्यालाई साथ दिनु, जनतालाई माया गर्नु वा राम्रो व्यवहार गर्नु हो । पार्टीको नीति विपरित जानेलाई रोक्नु, असल संस्कार, आचरणको विकास गर्नु नै अनुशासन हो ।
त्यसैगरी पार्टी गोपनियताको झनैे महत्व हुन्छ । पार्टीमा कैया“ निर्णय हुन्छन् । ती निर्णयहरूलाई कहा“ सम्म र कति बाहिर लैजाने भन्ने हुन्छ । पार्टी भित्र कैयौ मतभेदहरू हुन्छन्, छलफल बहस हुन्छ, टीकाटीप्पणी हुन्छ, ती मत भेदहरूलाई पार्टीको निर्णय विना खुला रूपमा बाहिर लैजान पाईदैन । पार्टीले सार्वजनिक गर्ने भनिएका निश्चित कुराहरुमात्र सार्वजनिक गर्नु पर्दछ ।
– अन्तरसंघर्ष बारे ः पार्टी भित्र कैयौ प्रकारका मतभेदहरू हुन्छन् । राजनैतिक, सैद्वान्तीक र व्यवहारीक मतभेद । ती मतभेदलाई पार्टीमा छलफल गर्नुलाई अन्तर संघर्ष वा अन्तर विरोध पनि भनिन्छ ।
अन्तरविरोधलाई सहि ढंगले संचालन गर्ने बारे विशेष ध्यान पुर्याउन जरुरी हुन्छ । गलत चिजसंग सम्झौता गरियो भने त्यसबाट पार्टी, संगठनलाई फाईदा हैन क्षति पुग्ने सम्भावना हुन्छ । त्यसैले गलत चिजको हमेशा संघर्ष नै गर्नुपर्छ सम्झौता गर्ने हैन । पार्टीभित्र चलखेल गर्ने वा आफैभित्र चलखेल गर्ने अवसरवादस“ग सम्झौताहिन संघर्ष गर्नु नै अन्तर संघर्षको मर्म हो । अन्तर संघर्ष दुई प्रकारका हुन्छन् ।
१. शत्रुतापूर्ण २. मैत्रिपूर्ण
एक जीवन्त पार्टीमा अन्तर बिरोध हुन्छ र हुनु पर्दछ । छलफल र बहसमा भिन्न बिचार आउनु स्वभाविक हो । छलफल बहस पछि निष्कर्ष निस्कन्छ । त्यो निष्कर्ष नै व्यवहारिक हुन्छ । मित्र शक्तिहरूसंगको अन्तर विरोध मैत्रिपूर्ण हुन्छ । दुश्मन शक्तिहरुसँगको अन्तरविरोध सत्रुतापूर्ण हुन्छ । पार्टी भित्रको अन्तर विरोधलाई सहि ढंगबाट संचालन गर्न सकिएन भने पार्टीमा फुट पनि हुन्छ । मित्र शक्तिहरूसंगको अन्तर संघर्ष एकता, संघर्ष र एकताको आधारमा हुन्छ । दुश्मन शक्तिहरूस“ग संघर्ष, एकता र संघर्षको आधारमा हुन्छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?