१४८औं स्टालिन जन्म जयन्ती कार्यक्रम सम्पन्न
पान्डिचेरी : अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरीको आयोजनामा २१/१२/२०२५ गते १४८औं स्टालिन जन्म जयन्ती कार्यक्रम सम्पन्न भएको छ । राजु थापाको अध्यक्षता, आर जनकराज शर्माको संचालनमा कार्यक्रम अगाडि बढेको थियो । वीरसहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पछि कार्यक्रममा शब्दबाट हरिकला थापाले स्वागत गर्नु भएको थियोे । कार्यक्रममा अतिथिहरु क्रमशः आरोभिल एरिया समितिबाट वीर बु. चौधरी , तिरुभुबनै एरियाबाट रमेश थापा , मुदिलियारपेट एरियाबाट शिव बस्नेत , दक्षिण टाउन एरियाबाट संजोक आले मगर , नगर उपाध्यक्ष प्रेम के. सी, केन्द्रीय सदस्य प्रेम सुवेदी , सुर्य थापा रहनुभएको थियो । वक्ताहरुले आजको समयमा स्टालिनका सकारात्मक विचार, महान योगदान, वर्गसंघर्ष…