
अर्घाखाँची : २०८२ पुष ७ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल अर्घाखाँची जिल्ला समितिको आयोजनामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ब्युरो सदस्य तथा ५ नम्बर ब्युरो सेक्रेटरीको प्रमुख अतिथिमा र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला सेकरेटरी राजेन्द्र नेपालीको अध्यक्षता र बुद्धि गैरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रमका प्रमुख अतिथि जितामित्र सुनारले देशको वर्तमान परिस्थिति जेन्जीआन्दोलन र पार्टीको धारणा बारे प्रकाश पार्दै वर्तमान देशी विदेशी हरूको इशारामा बनेको सरकारले गराउने निर्वाचन ले देशको निकास दिन नसक्ने हुनाले देशभक्त वामपन्थी र प्रगतिशील शक्तिहरूको मोर्चा गठन गरी संयुक्त स्वधीन सरकार गठन गरी देश लाई निकास दिनुपर्ने धारणा राख्दै दलाल संसदीय व्यवस्थाले देशलाई निकास दिन नसक्ने हुँदा यो संसदीय निर्वाचन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बहिष्कार गर्ने निर्णय गरेको बताउनुभयो र सबै आम जनताहरूलाई पनि निर्वाचन बहिष्कार गर्न आह्वान गर्नुभयो।

कार्यक्रममा क्रान्तिकारी महिला सङ्घ केन्द्रीय सदस्य मिना केसी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सन्धि खर्क नगर सेक्रेटरी खिमराज भट्टराई नेपाल पत्रकार महासङ्घ जिल्ला अध्यक्ष गणेश खनाल सन्धिखर्क एफएमका स्टेसन म्यानेजर श्याम घिमिरे अर्घाखाँची रेडियो का स्टेसन म्यानेजर गोपाल प्रसाद भट्टराई क्रान्तिकारी पत्रकार संघका अनिल नेपाली र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।