काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले निर्वाचन बहिष्कार सम्बन्धी कार्यक्रम सार्वजनिक गरेको छ । उक्त पार्टीले गत मंसिर १६ र १७ गते सम्पन्न चौथो पूर्ण बैठकबाट फागुन २१ गते गर्ने भनिएको संसदीय निर्वाचनलाई बहिष्कार गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई टेकेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थायी समितिको बैठकले संसदीय निर्वाचन बहिष्कारको मूल नारा तय गर्नुका साथै निर्वाचन बहिष्कार सम्बन्धी कार्यक्रम तय गरेको छ । संसदीय निर्वाचन बहिष्कारको मूल नारा यस प्रकार छ — “साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिष्कार गरौ ! स्वाधीन संयुक्त सरकार गठन गरौं !” ।
आगामी संसदीय निर्वाचन बहिष्कारको कार्यक्रमलाई प्रभावकारी बनाउन र उल्लेखित नारालाई आम जनताका बीचमा कार्यान्वयनका लागि निम्नानुसार तीन चरणमा कार्यक्रम गरिने छ ।
पहिलो चरण
क. पुष ७ गते सबै जिल्ला सदरमुकामहरुमा पत्रकार सम्मेलन गर्ने ।
ख.पुष ८ गतेदेखि देशव्यापी भित्तेलेखन सुरु गर्ने ।
ग. पुष ११ गते माओ दिवसका दिन काठमाडाैँमा जनसभालाई भव्यरुपमा सफल पार्ने ।
घ. पुष १६ गतेदेखि देशव्यापी पर्चा वितरण गर्ने । पर्चाको नमुना केन्द्रले छिटै पठाउने छ ।
ङ.पुष २० गते स्थानीय परिस्थिति अनुसार देशव्यापी अन्तक्र्रिया गर्ने ।
च. पुष २५ गते देशव्यापी कोणसभाहरु गर्ने ।
छ. पुष २६ र ३० का बीचमा जवस तथा मोर्चाका तर्फबाट निर्वाचन बहिष्कारको पक्षमा वक्तव्य दिने ।
दोस्रो चरण
क. माघ २ गतेबाट पर्चा सहित जनभेटघाट तथा घरदैलो कार्यक्रम गर्ने ।
ख. उमेदवारी दर्ताको दिन माघ ६ गते सबै ब्युरोका प्रमुख शहरहरुमा बहिष्कार ¥याली गर्ने । माघ ७ गतेदेखि १२ गतेसम्म नगर वा गाउँपालिकामा कोण सभाहरु आयोजना गर्ने ।
ग. माघ १५ गते जिल्ला सदरमुकाम वा उपयुक्त ठाउँमा प्रभावकारी मशाल जुलुस निकाल्ने ।
घ. माघ २० देखि २७ गतेका बीचमा संसदीय निर्वाचन बहिष्कारको प्लेकार्ड सहित सबै ब्यूरोका प्रमुख शहरहरुमा मोटरसाइकल ¥याली गर्ने ।
तेस्रो चरण
परिस्थितिको विकास हेरी तेस्रो चरणका कार्यक्रमहरु पछि निर्णय गरी संप्रेषण गरिने छ ।