
पान्डिचेरी : अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरीको आयोजनामा २१/१२/२०२५ गते १४८औं स्टालिन जन्म जयन्ती कार्यक्रम सम्पन्न भएको छ । राजु थापाको अध्यक्षता, आर जनकराज शर्माको संचालनमा कार्यक्रम अगाडि बढेको थियो ।
वीरसहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पछि कार्यक्रममा शब्दबाट हरिकला थापाले स्वागत गर्नु भएको थियोे । कार्यक्रममा अतिथिहरु क्रमशः आरोभिल एरिया समितिबाट वीर बु. चौधरी , तिरुभुबनै एरियाबाट रमेश थापा , मुदिलियारपेट एरियाबाट शिव बस्नेत , दक्षिण टाउन एरियाबाट संजोक आले मगर , नगर उपाध्यक्ष प्रेम के. सी, केन्द्रीय सदस्य प्रेम सुवेदी , सुर्य थापा रहनुभएको थियो ।
वक्ताहरुले आजको समयमा स्टालिनका सकारात्मक विचार, महान योगदान, वर्गसंघर्ष तथा वर्गीय चिन्तनप्रतिको दृढतालाई पाठका रुपमा ग्रहण नगर्ने हो भने कम्युनिष्ट आन्दोलनलाई ठीक दिशामा अगाडि बढाउन सकिन्न ।
आज कम्युनिष्ट आन्दोलनका नाममा पैदा भएका वर्णशंकर विचारका विरुद्ध जुट्न पनि स्टालिनका विचारहरु अनिवार्य छन् । विश्व सर्वहारा आन्दोलनका महान नेता अमर रहुन् विचार राख्नु भएको थियोे ।