क्रान्तिकारी युवा संघ नेपाल दाङको चेतावनी

काठमाडौं : क्रान्तिकारी युवा संघ नेपाल जिल्ला सम्मेलन आयोजक समिति दाङले जनतालाई दुःख दिने बैंक, लघुवित्त, सहकारी र मिटरव्याजी साहुहरुलाई चेतावनी दिएको छ ।

क्रान्तिकारी युवा संघ नेपाल जिल्ला सम्मेलन आयोजक समिति दाङका संयोजक संघर्षले २०८२ पौष १ गते प्रेस विज्ञप्ति जारी गर्दै चेतावनी दिनु भएको हो । विज्ञप्ति यस प्रकार छ –

विज्ञप्ति यस प्रकार छ – “ ”आदरणीय न्यायप्रेमी जनसमुदाय,
आज हाम्रो देशको राजनीतिक आर्थिक सास्कृतिक अवस्था संकटग्रस्कत बन्दै गएको बेला हाम्रो संगठन क्रान्तिकारी युवा संघ नेपाल विगत देखि राष्टियता, जनतन्त्र,जनजीविकाको विषयमा संघर्ष गर्दै आएको सर्वविदितै छ । आज आएर देशभरी नै महंगी, कालो बजारी,महंगी, भ्रष्टाचारी, मिटरव्याज, लघुवित्तिय,सहकारी,बैंक, शोषणले जनतालाई घरबारविहिन बनाउनुका साथै आत्महत्या समेत गर्न बाध्य बनाएको कुराले हाम्रो संगठनको गम्भीर ध्यान आकर्षण भएको छ ।

विशेषतः दाग जिल्लामा मिटर व्याजी साहुहरुले गरीव सर्वहारा उत्पीडित जनताका घर जग्गा छिनुवा,दृष्टिबन्धक गरी बलपूर्वक धम्कीपूर्वक खाली चेक लगी आफैले भरी मुद्दा हाली फैसला गराई हिरासत कारागारमा थुनेर अनावश्यकरुपमा जनतालाई दुःख दिने यो देशभरीको समस्या भएकाले यस समस्याको तत्काल समाधान गर्न सम्बन्धित संस्था र मिटरव्याजी साहूहरुसँग आग्रह गर्दछौं । यदि जनताका यी समस्याहरुलाई वेवास्ता गरी अटेरी गरेमा क्रान्तिकारी युवा संघ नेपाल कडा भन्दा कडा जनकार्वाहीमा जान बाध्य हुने कुरा यसै विज्ञप्ति मार्फत चेतावनी दिन चाहन्छौं । साथै यसबाट पछि घट्न सक्ने घटनाको परिणाम स्वयम सम्बन्धित संस्थाहरु (बैंक , लघुवित्त,सहकारी) र मिटरव्याजी साहुहरु नै जवाफदेही हुनुपर्ने छ । ”

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?