
धादिङ : क्रान्तिकारी किसान महासंंघ धादिङ जिल्ला भेला मिति २०८२ पौष ५ गते हरि खतिवडाको अध्यक्षता र अमृत अधिकारीको सञ्चालनमा सम्पन्न भयो । भेलाको प्रमुख अतिथि क्रान्तिकारी किसान महासघका महासचिव धनेश्वर पोखरेल र विशेष अतिथि ८ नम्बर क्षेत्रीय ब्युरो सचिव दिपक हुनुहुन्थ्यो ।
भेलाले ९ सदस्ययि जिल्ला सम्मेलन आयोजक समित चयन गरेको छ । जसमा संंयोजक यम बहादुर अधिकारी ,सदस्यहरु क्रमस सुस्मिता भुजेल ,काइला तामङ , लालबहादुर दुवाडी ,दामोदर रिमाल ,इश्वर बहादुर घले , किरन कुमार शाही, रेसम बहादुर भुजेल , टीका कुमारी घले रहनु भएको छ ।