क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नं. ब्युरो उत्पादन कार्यमा (फाेटाे फिचर)

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नं. ब्युरोले उत्पादन कार्यमा लाग्ने निर्णय गरेको छ । उत्पादनको कार्यमा अहिले प्रारम्भिक रुपमा चोभारको चारघरेमा शुरु गरिएको छ ।

९ नं ब्युरोको नेता कार्यकर्ताहरुको सहभागितामा अहिले शुरु गरिएको र आगामि दिनहरुमा यसको क्षेत्र वृद्धि गर्दै लगिने व्यूरो सचिव चिन्तामणि शर्माले हाँकलाई जानकारी दिनु भयो । शुुरुवातीमा प्याज आलु , धनिया तरकारी, तरुल लगायतको उत्पादन गर्न लागिएको सचिव शर्माको भनाइ रहेको छ ।

आगामि दिनहरुमा फलफुल लगायतको उत्पादनमा लाग्ने पार्टीको योजना रहेको पनि वहाँले बताउनु भयो । उत्पादन कार्यमा तत्काल देखिएका समस्याहरु केके छन् ? भनेर सोध्दा वहाँले मल, जल, बीउ, विजनको समस्या रहेको पनि शर्माले उल्लेख गर्नु भयो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?