
चेन्नई : अखिल भारत नेपाली एकता समाज चेन्नई संयुक्त समितिको आयोजनाम२१÷१२÷२०२५ का दिन परिचय तथा महिला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। प्रशिक्षणा केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष हेमराज रिजाल, केन्द्रीय सदस्य तथा चेन्नई उत्तर नगर अध्यक्ष उमानन्द आचार्य, केन्द्रीय सदस्य तथा चेन्नई पश्चिम नगर अध्यक्ष राजु अधिकारी, केन्द्रीय सदस्य तथा महिला ईन्चार्ज दुर्गा सुवेदी र केन्द्रीय महासचिव महेन्द्र वस्यालले विभिन्न विषयमा प्रशिक्षण दिनु भएको थियो।
प्रशिक्षणकै क्रममा केन्द्रीय सदस्य ज्योति नारायण शर्मा र नगर सदस्य जानु देवी सुवेदी जी सदाको लागि स्वदेश जानु भएको हुदा वहाहरूले संगठन निर्माणमा दिनु भएको महत्वपूर्ण योगदानलार्इ धन्यवाद दिदै स्वदेशको लागि विधाइ गरियो। विधाइको क्रममा केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष हेमराज रिजाल, केन्द्रीय सदस्य तथा चेन्नई उत्तर नगर अध्यक्ष उमानन्द आचार्य, केन्द्रीय सदस्य तथा चेन्नई पश्चिम नगर अध्यक्ष राजु अधिकारी, केन्द्रीय सदस्य तथा महिला ईन्चार्ज दुर्गा सुवेदी जी, केन्द्रीय सदस्य देवी रिजाल, माया रोका, सुनिता वस्याल, सिता घिमिरे, फूलमाया केसी, बन्सरा राना, गिता शर्मा, क्षेत्रीय समिति बाट तुलसा सुवेदी, दिलकुमार नेपाली, प्रेमसागर सुवेदी, भीम थापा, नगर समिति बाट शान्ता रसाइली, राधिका शर्मा, हिरा शर्मा, सिता थापा, कुमारी रायमाजी, ईन्द्र शर्मा, कोपिला शर्मा, ईन्द्रा थापा, माया थापा र गंगा शर्माले अविर, दोशल्ला र माल्यार्पण गरेर सम्मान गर्नु भएको थियो। अन्तमा अध्यक्ष द्वारा कार्यक्रम समापन गर्नु भएको थियो।

