
काठमाडाैँ : क्रान्तिकारी महिला संगठन नेपालद्वारा रामप्रसाद खतिवडाको परिवारमा भेटघाट गर्न उहाँको निवास सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–२ स्थित जैसीगाउँमा पुगेको छ । २०८२ मंसीर २५ गते क्रान्तिकारी महिला संगठनका सहसंयोजक शारदा महत ,मनु वि.क .सदस्यहरु अनु निरौला , सपना राजथला ,गंगा मानान्धर उहाँको निवासमा पुगेर भेटघाट गरेको हो । सह संयोजक शारदा महतले संगठनको तर्फबाट रामप्रसादकी छोरी संगठनका केन्द्रीय सदस्य ज्ञानु खतिवडालाई श्रद्धाञ्जली पत्र हस्तान्तरण गर्नु भएको थियोे । रामप्रसाद खतिवडाको २०८२ मंसीर१६ गते असामयिक निधन भएको थियो । रामप्रसाद खतिवडाकी छोरी सुभद्रा खतिवडा महान जनयुद्धमा शहिद हुनुभएको थियो ।