जन बिहानी

1497 Posts
तुलसीपुर उपमहानगरपालिकाले सुरु गर्याे तुलसी कम्पोस्ट मल उत्पादन

तुलसीपुर उपमहानगरपालिकाले सुरु गर्याे तुलसी कम्पोस्ट मल उत्पादन

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाले गल्ने फोहोरबाट तुलसी कम्पोस्ट मल उत्पादन सुरु गरेको छ । पालिकाले दैनिक सङ्कलन हुने गल्ने फोहोरलाई तुलसी कम्पोस्ट मलका रूपमा तयार पारेर बिक्री गर्नलाई बोरामा प्याकिङसमेत गरेको छ । उत्पादन भइरहेको मललाई किसानसम्म पुर्‍याउनका लागि तयारी गरेको छ । भूमि व्यवस्थापन तथा सरसफाइ शाखाका प्रमुख माधव पौडेलले तत्कालका लागि दैनिक ७० केजी तुलसी कम्पोस्ट मल उत्पादन भइरहेको जानकारी दिनुभयो । उहाँले जनशक्ति र आवश्यक सामग्री थपसँगै दैनिक सङ्कलन भइरहेको छ टन गल्ने फोहोरलाई तुलसी कम्पोस्ट मलका रूपमा उत्पादन गरिने बताउनुभयो । उहाँले उत्पादन गरिएको मललाई किसानको खेतबारीमा पुर्‍याउनका लागि बजारीकरणमा समेत ध्यान दिइने बताउनुभयो । मल…
Read More
संसदीय राजनीतिमा किन फर्किए विप्लव ?

संसदीय राजनीतिमा किन फर्किए विप्लव ?

काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले वैशाख १५ गते इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने निर्णय गर्‍यो । चैत २४ गते उम्मेदवार मनोनयन दर्ताको दिन एमाले, माओवादी, नेकपाको जिल्ला समितिले नेम्वाङलाई समर्थन गर्ने भन्दै संयुक्त वक्तव्य जारी गरेको थियो । हाल विप्लव नेतृत्वको नेकपा संसदीय राजनीति बाहिर छ । २०६९ साल असारमा तत्कालीन एकीकृत नेकपा (माओवादी)बाट मोहन वैद्यसँगै विप्लव अलग भएका थिए । त्यसयता संसदीय निर्वाचन बहिष्कार गर्दै आएको नेकपाले संसद्वादी दल एमालेका उम्मेदवारलाई समर्थन गरेपछि विप्लव र नेकपाको आगामी यात्राबारे विश्लेषण हुन थालेको छ । अहिले विप्लव माओवादीसहित चार दलीय समाजवादी मोर्चाका संयोजक…
Read More
रविको सहकारी ठगी प्रकरणमा संसदमा नौटंकी

रविको सहकारी ठगी प्रकरणमा संसदमा नौटंकी

काठमााडौं : रवि लामिछाने पहिलोपटक गृहमन्त्री हुँदा दोहोरो नागरिकता र दोहोरो पासपोर्ट काण्डमा चोख्याइए । दोस्रो पटक गृहमन्त्री हुँदा अहिले सर्वसाधारण जनताले सहरकारीमा जम्मा गरेको करोडौ रकम हिनामिना गरेको प्रकरणमा रवि लामिछानेलाई चोख्याउन एमाले–माओवादीका नेताहरु मात्रै होइन, सिंगै राज्यसंयन्त्रको दुरुपयोग गरिएको छ । यहाँसम्म कि संसदको प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्करणमा संसदीय छानबिन समिति बनाउन माग गर्दा पनि सत्तारुढ एमाले माओवादी पार्टीका नेताहरु तयार देखिएका छैनन्, रवि लामिछाने नेतृत्वको रास्वपाको त परको कुरा । यति धेरै विवादित हुँदा पनि रवि लामिछानेले नैतिकताको आधारमा राजिनामा दिन आवश्यक ठानेका छैनन् । उनले राजिनामा दिए सत्ता ढल्ने सबैभन्दा ठूलो पीर एमाले–माओवादी…
Read More
कहिल्यै नभएको भेट

कहिल्यै नभएको भेट

शनिबारीय साहित्य : कविता लेखक: शीला योगी कहिल्यै नभएको भेट हुने वाला छभन्दै नभनेर ऊ आउने वाला छअतिथिको आसन ग्रहण गर्न होइनबेथितिलाई आगो जलाउने वाला छ । रुखो धर्तीमा धानैधानको कुइनो लगाउने भन्थ्योखाली आँगनमा विस्कुनको ओइरो लगाउने भन्थ्योरित्तो आँखाले अब जवाफ माग्नेवाला छकहिल्यै नभएको भेट हुनेवाला छभन्दै नभनेर ऊ आउने वाला छ । एक चोटी मात्र होइन सयचोटी मर्ने भन्थ्योमृत्यु भएर के भो विद्रोह अमर हुन्छ भन्थ्योअनेकोटको विद्रोह जाग्ने वाला छकहिल्यै नभएको भेट हुने वाला छभन्दै नभनेर ऊ आउने वाला छ । आकासको छानोमुनि खुसी जन्मिन्छ भन्थ्योसम्म फाँटमा मात्र होइन भीरपाखामा पनि फुल्छ भन्थ्योदोरम्भाको माटोले मूल्य सोध्नेवाला छकहिल्यै न भेटेको…
Read More
आवश्यकता राजनीतिक सम्मेलनको, हुँदैछ ब्यापारी जमघट

आवश्यकता राजनीतिक सम्मेलनको, हुँदैछ ब्यापारी जमघट

नेपालमा जानेर हो वा नजानेर बिचित्रका गतिबिधिहरु हुँदैआएका छन् । ०७९ मंसिर चारमा पछिल्लो संसदीय निर्वाचन भयो । सो निर्वाचनले माओवादी केन्द्रलाई सरकारमा जाने जनादेशनै दिएको थिएन । तर उ सरकारको नेतृत्वमा पुग्यो । त्यसपछि देशको सत्ता राजनीतिनै उल्टो बाटोमा हिँड्न थालेको छ । संसदमा नेकां पहिलो र एमाले दोश्रो पार्टी भएर के भयो र ? तेश्रो पार्टीले उनीहरुलाई फनफनी घुमाएकै छ । गत फागुन २१ गते तत्कालीन नौदलीय सत्ता गठबन्धन तोडेर नेपाली कांग्रेसलाई प्रतिपक्षमा पु¥याउने काम प्रधानमन्त्रिबाट भयो । तर नेपाली कांग्रेस अन्य साना पार्टीका नेताहरुको बिरोध गरेर आत्मतुष्टि लिइरहेको छ । फेरी नेपाली कांग्रेसका सभापति लगायतका नेताहरुको राति,…
Read More
सबै कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकताबद्ध हुन अध्यक्ष किरणकाे आव्हान

सबै कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकताबद्ध हुन अध्यक्ष किरणकाे आव्हान

नेपालगन्ज,बाँके : बाँकेकाे नेपालगन्ज स्थित स्वस्तिक कटेज सुर्खेत रोड पुगेर एउटा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मोहन वैद्य किरणले नवउदारवादी नीतिलाई अँगालेर समाजवादको कुरा गर्नेहरु कम्युनिस्टको आवरणमा बदमास भएको टिप्पणी गर्नुभएको छ । उहाँले नवउदारवादी नीतिलाई अँगालेर कम्युनिस्टहरुले भन्ने गरेको वैज्ञानिक समाजवादमा पुग्न नसकिने स्पष्ट विचार व्यक्त गर्नुभएको छ । कमरेड हर्कबहादुर शाहीको स्मृति दिवसको सन्दर्भ पारेर “जनआन्दोलन दिवस र कम्युनिस्टहरु’ शीर्षकमा राखिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष समेत रहनु् भएका कमरेड किरणले यस्तो विचार व्यक्त गर्नुभएको हो । उहाँले संयुक्त जनआन्दोलन गरेर पञ्चायतलाई ढाल्ने, दीर्घकालीन किसान आन्दोलन गर्नुपर्ने लगायतका नीति र कार्यक्रमहरु कमरेड पुष्पलालका सही भएको…
Read More
राष्ट्रिय उद्योग तथा व्यापार संघ, काठमाडौंको प्रथम भेला सम्पन्न, संयोजकमा ढकाल

राष्ट्रिय उद्योग तथा व्यापार संघ, काठमाडौंको प्रथम भेला सम्पन्न, संयोजकमा ढकाल

काठमाडाैँ : माेहन वैद्य ‘किरण’ नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट राष्ट्रिय उद्योग तथा व्यापार संघ, काठमाडौंको प्रथम जिल्ला भेला साेमबार सम्पन्न भएको छ । भेलाले नवराज ढकालको संयोजकत्वमा २१ सदस्यीय काठमान्डौ जिल्ला कमिटी निर्माण गरेको छ ।राष्ट्रिय उद्योग तथा व्यापार संघका केन्द्रीय अध्यक्ष जितेन्द्र दाहालको प्रमुख आतिथ्यतामा भएकाे भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला इन्चार्ज पुष्कर, क्रान्तिकारी ट्रेड युनियन महासंघका सह—संयोजक ईश्वर तिमल्सिनाको बिशेष आथिथ्यता थियो । उक्त भेलाकका अन्य अतिथिहरुमा प्रकाश, बालकृष्ण, ठाकुर तिमल्सिना हुनुहहुन्थ्यो । भेलाको अध्यक्षता नवराज ढकालले गर्नु भएको थियो भने संचालन भिम तामाङले गर्नु भएको थियो ।
Read More
हामी दुध बेच्छाैँ र काेकाेकला खान्छाैँ यही हाे दलाल पुँजीवाद : सुदर्शन, भिडियाेसहित

हामी दुध बेच्छाैँ र काेकाेकला खान्छाैँ यही हाे दलाल पुँजीवाद : सुदर्शन, भिडियाेसहित

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय कार्यालय सदस्य तथा ३ नं. प्रदेश इन्चार्ज हेमन्त प्रकाश ओली 'सुदर्शन'ले बन्दुकले टिकेको राज्यसत्ता फाल्नका लागि बन्दुक नै उठाउन जरुरी रहेकाे बताएका छन् । चैत २४ अर्थात ३५औं जन आन्दोलन दिवसकाे अवसरमा पार्टीले काठमाडाैँकाे जनबहालमा आयोजना गरेकाे जन सभामा उक्त कुरा बताएका हुन् । उनले भने, 'तत्कालीन प्रधानमन्त्री प्रचण्डले प्रधानसेनापति रूक्माङ्गद कटवाललाइ हटाउन खाेजेकाे थियाे त्याे हटाउन सकेन बरू रूक्माङ्गद कटवालले चण्डलाइलाइ नै हटाइदियाे त्यसैले राज्यसत्ता नै परिवर्तण गर्नु पर्छ ।' भिडियाेसहित https://www.youtube.com/watch?v=2YexG1BUZPo
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ७ नं. प्रदेशले मनायाे ३५औं जनआन्दोलन दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ७ नं. प्रदेशले मनायाे ३५औं जनआन्दोलन दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रदेश ७ को आयोजनामा कैलालीको अत्तरियामा विशाल ¥यालीसहितको जनसभा सम्पन्न भएको छ । जनसभालाई पार्टीका कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज गुणराज लोहनीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नुभएको थियो ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, मधेस प्रदेश मधेसद्वारा जनसभा सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, मधेस प्रदेश मधेसद्वारा जनसभा सम्पन्न

जनकपुर : ३५औं जनआन्दोलन दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल मधेस प्रदेशको आयोजनामा मधेस प्रदेशको जनकपुरमा जनप्रर्दशन तथा जनसभा सम्पन्न भएकाे छ। जनसभालाई पार्टीका कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज हरिभक्त कँडेलले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा पार्टीका सचिवालय सदस्य तथा प्रदेश संयोजक कृष्णदेवसिंह दनुवार, वाम बुद्धिजीवी रोशन जनकुपरी लगायतका वक्ताहरुले २०४६ साल चैत्र २४ को जनआन्दोलनको क्रान्तिकारी सारतत्वको विषयमा चर्चा गर्दै सम्झौता, धोका र गद्दारीबाट पाठ सिक्दै देश र जनताको हितमा निरन्तर क्रान्तिको उद्घोष नै चैत्र २४ को मूल सन्देश भएको विचार व्यक्त गर्नुभएको थियो ।
Read More