राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
संसदवादी, संशोधनवादी र अवसरवादी कम्युनिस्टहरुको व्यापक भण्डाफोर पर्नेमा जोड गोविन्द पौडेल/ज्ञानु खतिवडा काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ । मोर्चाका संयोजक सन्तबहादुर नेपालीको अध्यक्षता र मोर्चाका सचिवालय सदस्य संगित श्रोताको सञ्चालनमा मोर्चाको भेला सम्पन्न भएको हो । प्रमुख अतिथि किरणले व्यानर पढेर उद्घाटन गर्नुभएको भेलालाई पुष्कर गौतमले स्वागत गर्नुभएको थियो । भेलालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका संयोजक मोहन वैद्य किरणले नेपालमा नयाँ जनवादी क्रान्ति पूरा गरी वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न छरिएर रहेका सबै क्रान्तिकारीहरु एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । सडकदेखि संसद…