राष्ट्रिय एकता महाधिवेशन र कम्युनिस्ट आन्दोलनको भविष्य

२०८१ साल मंसिर १३ गतेदेखि २३ गतेसम्म क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएको छ । २०८० साल वैशाख १८ गते नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को बीचमा पार्टी एकता भएर क्रान्तिकारी कम्युनिस्ट पार्र्टी नेपाल बनेको थियो । त्यतिबेला पार्टी एकता हुने सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (मशाल) पनि २०७९ कार्तिकदेखि चैत्रसम्म चलेको पार्टी एकताका लागि वार्ता तथा छलफलमा सहभागी हुँदै आएको थियो । अन्तिममा २०७९ चैत्र २१ गते वार्ताबाट नेकपा (मशाल) बाहिरिएको थियो र क्रान्तिकारी माओवादी र बहुमत पक्षको बीचमा पार्टी एकता भएर २०८० वैशाख १८ गते घोषणा गरिएको थियो ।
२०८० सालभरी विभिन्न समय र चरणमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) को बीचमा पार्टी एकताका लागि वार्ता, संवादहरु भए र एउटा सहमतिमा पुगेपछि २०८१ वैशाख १८ गते पार्टी एकता सम्पन्न गरेर १९ गते घोषणा गरिएको थियो । पहिले दुई पक्ष (क्रान्तिकारी माओवादी) र (बहुमत) ले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नामाकरण गरेका र त्यसैमा नेकपा (मशाल) सामेल भएकाले यो पार्टी एकता नभएर (मशाल) को “विलय” हो भनेर पनि कतिपयले टिप्पणी गरे । उनीहरुलाई के कुरा थाहा भएन भने २०७९ सालमा चलेको एकता वार्तामा नयाँ बन्ने कम्युनिस्ट पार्टीको नाम पनि नयाँ नै राख्नुपर्छ भन्ने कुरामा सहमति भएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नामाकरण गर्ने निर्णय तत्कालीन तीन पार्टीको बीचमा भएको थियो । त्यसैले पार्टीको नाम तिनै पक्षबाट टुंगाइएकोले फेरि नाम फेर्नुपर्छ भन्ने कुरा भएन । यो पार्टी एकता चौथो महाधिवेशन धारबाट विभाजित हुँदै आएका शक्तिहरुको बीचमा भएकाले पार्टीको नाम पाँचौं महाधिवेशनले राखेको नाम नेपाल कम्युनिस्ट पार्टी (मशाल) नै राखेर जानुपर्छ भन्नेमा पनि सहमति होला होला जस्तो भएको थियो । पछि कतिपयले त्यसो नगरौं नयाँ नाम राखेर जाउँ भन्ने कुरा गरेपछि त्यसैमा सहमति भएको हो । त्यसैले यो पार्टी एकता कसैको पार्टीमा कसैको ‘विलय’ नभएर सहमतिका आधारमा सम्मानजनक एकता भएको थियो ।
यो सबैलाई जगजाहेर भएको विषय हो कि पूर्व (क्रान्तिकारी माओवादी) र पूर्व बहुमतसँग र पूर्व (मशाल) को खास गरेर तीनवटा सवालमा मतभेद थियो । (१) माओ विचारधारा वा माओवाद, (२) नेपालको आर्थिक सामाजिक अवस्थामा संघात्मक प्रणाली कि एकात्मक प्रणालीमध्ये कुन चाहि प्रणाली सही हुन्छ (३) माओवादी जनयुद्धलाई हेर्ने दृष्टिकोण । पहिलो २०७९ सालको वार्तामा यी विषयहरु पार्टी एकतापछि आन्तरिक बहसको विषय बनाउनुपर्छ बाहिर छलफल बहस गर्न राम्रो हुँदैन भनेकाले पूर्व (मशाल) एकता प्रक्रियाबाट बाहिरिएको थियो । पछि २०८० सालको छलफल तथा वार्तामा यी तीनवटा विषयमा पार्टी बाहिर सार्वजनिक रुपमा छलफल बहस गर्न सकिनेमा सहमति भएपछि पार्टी एकताका लागि सहमति भएको थियो ।
कम्युनिस्ट पार्टी निर्माणको पहिलो सर्त दार्शनिक तथा सैद्धान्तिक पक्ष हो । माक्र्सवाद–लेनिनवाद–माओ विचारधारा÷वादलाई मार्गदर्शक सिद्धान्तको रुपमा स्वीकार गर्नु र द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई जीवन दर्शनको रुपमा ग्रहण गर्नु हो । पार्टीको राजनीतिक कार्यदिशामा समानधारणा छ भने पार्टी एकता गर्ने आधार बन्नुपर्छ र बनाउनुपर्दछ । राजनीतिक कार्यदिशा भनेको लक्ष्य र उद्देश्य हो । हामी सगरमाथा चढ्नु छ भने सगरमाथाको चुचुरोमा जानेहरु लाम लागेर लजिष्टिक बोकेर सँगैसँगै यात्रा गर्न सकिन्छ । कहाँ बास बस्ने, के खाने भन्ने कुरा यात्रा मै कार्यक्रम बनाउँदै अगाडि बढ्न सकिन्छ । लुम्बिनीबाट काठमाडौं जानु छ भने विराट नगर जानेहरुसँग नारायणघाटसम्म सँगै जान सकिन्छ । त्यस्तै पोखरा जानेहरुसँग पनि मुग्लिङसम्म सँगै जान सकिन्छ । राजनीतिक यात्रीले आफ्नो यात्रा कहाँसम्मको हो भन्ने कुरा थाहा पाएर हिंड्नु प¥यो र बाटोमा आइपर्ने सबै विध्नबाधाहरुलाई पन्छाउँदै अगाडि बढ्न सक्नु प¥यो ।
हाम्रो उद्देश्य विद्यमान शोषण प्रधान राज्य व्यवस्थाको समुल नष्ट गरेर यसको ठाउँमा नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादमा पुग्ने हो । यसका लागि विभिन्न चरणहरु पार गर्दै जानुपर्छ । नेपालको अहिलेको आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थामा नयाँ जनवाद नै आधारभूत कार्यक्रम हो । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नको लागि एउटा मिलिटेन्ट, अनुशासित कम्युनिस्ट पार्टीको निर्माण गर्नु आवश्यक छ तर अहिले भर्खरै नेपालमा नयाँ जनवादी व्यवस्थाका लागि वस्तुगत आधार तयार हुँदाहुँदै पनि पार्टीको आत्मगत शक्ति तयार भएको छैन । आत्मगत शक्तिलाई बलियो बनाउनका लागि राजनीतिक कार्यदिशाबारे समान धारणा भएका पार्टीहरुको बीचमा पार्टी एकता र त्यस्ता समूह वा व्यक्तिहरुको बीचमा पनि सहकार्य एकता, कार्यनीतिक संयुक्त मोर्चा, रणनीतिक संयुक्त मोर्चा बनाउँदै पार्टी गठन, पुनर्गठन, एकीकरण, ध्रुवीकरण हुँदै बलियो शक्ति निर्माण गरेर नै विद्यमान आर्थिक, सामाजिक, राजनीतिक अवस्थाको अन्त गर्न सकिन्छ ।
त्यसैले विद्यमान दलाल तथा नोकरशाही पुँजीपति वर्गको कब्जामा रहेको संसदीय व्यवस्थाको अन्त र नयाँ जनवादी व्यवस्थाको स्थापना नेपाली कम्युनिस्टहरुको मुख्य कार्यभार हो । त्यसको लागि तत्काल जनसंघर्षलाई संघर्षको प्रधान रुप बनाउँदै प्रतिरोध संघर्षमा विकास गरेर सशस्त्र जनविद्रोहको माध्यमबाट राज्यसत्ता कब्जा गर्नु कम्युनिस्ट पार्टीको लक्ष्य हुनुपर्दछ ।
तर आजको अवस्थामा नेपालमा ६५ प्रतिशत देखि ७० प्रतिशत जनता कम्युनिस्ट पार्टीको पक्षमा उभिएका छन् र २०२८ को झापा विद्रोह, ०३५÷०३६ को विद्यार्थी आन्दोलन, ०४६÷०४७ को जनआन्दोलन अन्य कतिपय राजनीतिक आन्दोलनले निरंकुश राजतन्त्रलाई घुँडा टेकाउँदै राजाको निरंकुश पंचायती व्यवस्थालाई समाप्त पार्ने आन्दोलनको नेतृत्व गरेका राजनैतिक शक्ति र तीनका नेताहरु ०५२ देखि ०६३ सालसम्मको ‘जनयुद्ध’, ०५८÷०५९ को ज्ञानेन्द्र शाहको प्रतिगमनका विरुद्धको आन्दोलन, ०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर राजतन्त्रको अन्तसम्म आएका राजनीतिक शक्ति र तिनका नेताहरुले क्रमिक ढंगबाट कम्युनिस्ट आन्दोलनलाई विसर्जनको अवस्थामा पुराएको आजको तितो यथार्थता हो । संसदीय व्यवस्थाको गोलचक्कर र सत्ता राजनीतिको फोहोरी खेलले राजनीतिक दल र तिनका नेता मण्डलीलाई चुर्लुम्मै डुवायो । बचेखुचेका कतिपय नेताहरु पनि बदनाम संसदीय व्यवस्थाको रक्षा, सुदृढीकरण र संस्थागत विकासको नाममा सुधारवादी राजनीतिमा पतन भए । भ्रष्टाचार, लुटतन्त्र र विदेशी शक्तिकेन्द्रको दलालीमा लिप्त हुँदै जाँदा तिनीहरुले आफ्नो धरातलीय यथार्थलाई समेत विर्सन पुगे ।
देशको यस्तो कहालीलाग्दो अवस्थामा पूर्व तीन पार्टीको बीचमा पार्टी एकता भएर राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएको छ ।
एकता महाधिवेशनले का. मोहन वैद्य किरणद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको मूल टे«न सर्वसम्मत रुपमा पारित गरेको छ । तात्कालिक राजनीतिक कार्यमक्रम, संगठनात्मक प्र्रस्ताव, विधान लगायत १६ वटा प्रस्तावहरु पारित भएका छन् । राजनीतिक प्रतिवेदनमा कैयौं संशोधन प्रस्तावहरु आए । तिनीहरुमध्ये मार्गदर्शक सिद्धान्तमा माओविचारधारा वा वाद, राज्यको पुनर्संरचनामा एकतात्मक राज्य प्रणाली अन्तर्गत प्रजातान्त्रिक विकेन्द्रियता, स्थानीय, स्वायत्तता, जातीय क्षेत्रीय स्वशाससन वा जातीय आत्मनिर्णयको अधिकारलाई सैद्धान्तिक स्वीकृति दिंदै पहिचान र सामथ्र्यताको आधारमा संघीयता भन्ने यी दुई विषय खुला बहसमा लैजाने, जनयुद्धको समीक्षा आन्तरिक बहसको विषय बनाउने लगायत अन्य कतिपय विषयहरु महाधिवेशनमा टुंग्याइएको छ । जस्तै भारतलाई विस्तारवादी र चीनलाई पुँजीवादी शक्ति राष्ट्र भन्ने निर्णय भएको छ । कतिपय विषयहरु टुङ्गाउने अधिकार नयाँ केन्द्रीय समितिलाई दिइएको छ । एकता महाधिवेशन राष्ट्रिय राजनीतिमा आएको निरासालाई आशामा बदल्ने कोशेढुंगा सावित हुनेछ भन्ने विश्वास गरिएको छ । राष्ट्रियताको रक्षा, वैदेशिक हस्तक्षेपको अन्त, भ्रष्टाचार र सबै प्रकारको बेथितिहरुको अन्त, देशी विदेशी प्रतिक्रियावादी लुटको अन्त गर्दै युगौयुगदेखि शोषण र उत्पीडनमा परेको गरिखाने वर्गको मुक्ति आन्दोलन र कम्युनिस्ट आन्दोलनमा देखा परेको विसर्जनवादलाई परास्त गर्दै क्रान्तिकारी आशावादलाई जगाउन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सफल रहनेछ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?