ल्होसार बारे

लेखक : दिपक गुरुङ

ल्होसार तथा पुसे पन्ध्रलाई तमु गुरुङहरुले राष्ट्रिय पर्वकोरुपमा धुमधामले मनाउदै आईरहेका छौ।यस वर्षपनि अङ्ग्रेजी वर्ष २०२५ संगै नयाँ वर्ष सप्री ल्हो सर्प वर्ग भित्रीदै छ ।सर्व प्रथम त सम्पुर्ण देश तथा प्रदेशमा रहनु हुने नेपालीहरुमा तमु ल्होसारको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना। (छ्याजलो,.नमस्ते)(आशििमाला.हार्दिक शुभकामना ( व्यक्त गर्न चाहान्छु ।
खासमा ल्हो को अर्थ वर्ष हो भने,सारको अर्थ नयाँ भन्ने हो।समग्रमा ल्होसार( नयाँ वर्ष) भन्ने नै हुन्छ।गुरुङ समुदायले मान्नै पर्ने र मनाउनै पर्ने,प्रकृतिमा पाईने १२ प्रकारका प्रजाति पशु पंक्षिहरुको नाम बाट ल्हो वर्षलाई नामाकरण गरिको छ।सर्प,घोडा,भेडा,बादर,चरा,कुकुर मृग,मुसा,गाई बाघ,बिरालो र गिद्द वर्ग हुन।यि बाहृवटा वर्ग क्रमश पालो पालो गरि १२ वर्षमा एक चोटि आउछ गर्छन, अव आउदै गरेको वर्ग चाहि सप्री ल्हो(सर्प वर्ग) हो।
नेपालमा तिन प्रकारका ल्होसार पर्वहरु मनाईन्छ।(क)तमु ल्होसार– पुसे पन्ध्र गुरुङहरुले मनाउने (ख)सोनाम ल्होसार तामाङ जातिले मनाउने (ग)ग्याल्पो ल्होसार.–शेर्पाहरुले मनाउने ल्होसार हुन। हुन त ल्होसार चाहि चारवटा हुन।पुरानो र आदिम भन्दै आएको र मान्दै पनि आएको तोला ल्होसार हो, यो चाहि अस्थित्वमा आउन सकेको छैन,पश्चिम मानसरोवर हुम्ला मनाङ,भुटानको केहि भागहरुमा यो तोला ल्होसारलाई मनाएको पाईन्छ। यो पर्व लोपोन्मुख हुदै गएको छ ।
गुरुङहरुले मनाउने ल्होसार तमु ल्होसार अर्थात पुसे पन्ध्र सबै भन्दा जेठो ल्होसार हो। यो दिनलाई राष्ट्रिय रुपमै मनाउने हुदा सबै सरकारी कार्यलयहरुमा पनि सार्वजनिक बिदा हुन्छन् अनि सबै फुर्सदिला हुदा निकै नै चहल पहल हुने गर्दछ। संख्याको हिसाबले थौरै भए पनि सरकार संग लडेर त्यस दिनलाई सार्वजनिक बिदाको दिन घोषणा गराउन सफल भएको हुदा पुस १५ लाई गुरुङ समुदायहरुले बिजय उत्सवको रुपमा पनि मनाउने गरिन्छ। विशेष गरेर पोखरा काठमाडौं र विभिन्न्न देशहरुमा जहा गुरुङ समुदायहरुको बाहुल्यता छ,त्यहा पनि धुमधामका साथमा झाकि सहित रेयालि निकालेर खुल्लारुपमा भव्य कार्यक्रमसहित नाचगान गरेर ल्होसार पर्व मनाई रहेका हुन्छन्।पोखरामा सबै भन्दा बढि गुरुङ समुदायहरुको बाक्लो वस्ति भएकोले १३० भन्दा बढि समाज घर (साझा घर) छन।
ति सबै घरहरुमा भिडभाड नै हुने गर्छन ।त्यस दिन चाहि नजिक का आफन्त (कुतुम्ब)हरु जस्तो ज्वाई(भान्जा) भान्जा भान्जी,ज्वाई चेला,मामा फुपु आदिलाई निम्तो गरी मिठा मिठा परिकार भोजन खुवाई नाचगान, रमाइलो गरी ल्होसारको शुभकामना साटासाट गर्ने गर्छने।हिजोआज त आलोपालो गरी भोजन खुवाने चलन चलेको छ।कहिले बा पाटी,कहिले आमा पाटी,कहिले ज्वाई चेला,त चेलिबेटीले, माईती पक्षलाई खुवाने चलन चल्ति छ।यसरी पालो लाउदा महिनौसम्म पनि ल्होसार मनाएको पाईन्छ। ठुला ठुला गुरुङ गाउँ हरुमा त हप्तौं दिन सम्म पनि ल्होसार मेला आयोजना गरेर ल्होसार मनाईरहेका हुन्छ।त्यहा परम्परागत खेलहरु छेलो (थेलो) फाल्ने,रसि तान्ने,घैटो फोर्ने,महिला पुरुष, भलिबल प्रतियोता,दोहरी गीत,प्रतियोगिता,गाउँ गाउँ बिचको कल्चरल नृत्य प्रतियोगिता,राखि धुमधामसंग मनाईरहेको पाईन्छ।सधै जसो भेटघाट हुने भएकोले एक अर्कामा चिन्ने र जान्ने मौका पाउने हुदा त्यस दिनभरिको कार्यक्रम सकेर साझपख ठिट्टा ठिटीहरु अर्थात सोल्टी सोल्टीनिहरु बिच (रोधी)बसि दोहरीमा घम्सा घम्सि गरि रमाइलो गर्ने पनि गर्छन,रोधीमा अन्य समुदायको मान्छेहरु पनि समावेश भएर हेर्ने र सुन्ने र मेला भर्ने चलन पनि छ।
मन मिले विचार मिले ल्होसारको दिन पारेर सोल्टी,सोल्टीनी बीच लगन गाठोमा पनि बाँधिने चलन छ यस दिनलाई शुभ मानिने भएकोले दिन जुराउनु पर्दैन।रोदी घरहरुमा विशुद्ध दोहरी मात्रै हुदैन,यहा कामको बाडफाड,अर्म पर्मको बारेमा पनि सरसल्लाह हुन्छ।रोधीले सामुहिक कामको भावनाको विकास पनि गरेको पाईन्छ।अप्ठ्यारोमा परेका समुदायको कुनै व्यक्तिलाई आर्थिक नैतिक र भौतिकरुपमा सहोयोग गरेको पाईन्छ।उसले आफ्नो समुदाय प्रति अपनत्व महशुस गरेको हुन्छ।उसले पनि अरुलाई दुख परेको बेलामा सक्दो सहयोग गरेकै हुन्छ।र‍ोदी घरलाई गुरुङहरुको रंगरस,मन‍‍ोरन्जन,मात्रै नभए र आर्थिक कृयाकलावको संगमको रुपमा पनि मान्नु पर्दछ। बुद्ध गुम्बाहरुमा भने आफ्नै बिधि हुन्छन् गुरुङ समुदायहरु अलि बढि बुद्ध धर्म प्रति आस्था राख्ने भएकोले एक हप्तासम्म त दैनिक पुजापाठ नै हुने हुदा ल्होसारको दिने भने मृत्यु भएका आफन्तहरुको संझनामा बत्ति बाल्नेसम्म हुन्छन् ।अरु धेरै कार्यक्रम भने हुदैन,यो दिनचाहि गुम्बामा पुजापाठ गर्न आउने र मेला हेर्न आउनु हुने सबै समुदायका मान्छेहरुलाई वर्षौ अघि नै बितेका पित्रृको सम्झनामा हजारौ जनसमुदयहरुलाई करिब दुई बजे सम्म प्रसादको रुपमा (भोजन)दाल भात तरकारी र खिर खुवाईन्छ।त्यस पछि सास्कृतिक कार्यक्रम नाचगान त हुन्छ।तर थोरै समय मात्रै हुन्छ बाकि समय चाहि नयाँ ल्हो वा बर्गमा कस्को ग्राहा शान्ति कस्तो चलेको छ।ज्ञद्द वटै वर्गको बारेमा लेखेर ठुलो बोर्डमा टासिएको हुन्छ,सबैको वर्ग अनुसार हेर्न पाईन्छ, लामा गुरुको अनुसार सबै भन्दा राम्रो मणि ग्राहलाई सुनमा सुगन्ध मानिन्छ। त्यसपछि मध्यम, र अन्तमा ग्रह लागेको वा बिग्रेको भनिन्छ।त्यसलाई नराम्रो मानिन्छ,ति सबै वर्गहरुको भएभरका अन्नका गेडागुडी सल्विपल्बी चढाएर लामा गुरुले मन्त्र जपेरसामुहिक रुपमा ग्रह शान्ति गरिदिने र अन्तमा कार्यक्रम समापन गरिन्छ।विशेष गरेर गण्डक क्षेत्र भित्र पर्ने जिल्ला गोर्खा ,लम्जुङ,
कास्की ,तनहुँ ,स्याङ्जा ,मनाङ र पर्वतमा गुरुङ समुदायहरुको बाहुल्यता वा घना बस्तिहरु छन, बागलुङ मुस्ताङ म्यादी जिल्लाहरुमा पनि गुरुङहरुको बस्ति छ। त्यसो त नेपाल अधिराज्य भरिका जिल्लाहरुमा गुरुङहरुको वस्ति छ तर नगन्यरुपमा छन,यहा जहा गुरुङहरुको उद्गम स्थल गण्डकी प्रदेश हो। त्यो प्रदेश भित्र पर्ने जिल्लाका बारेमा अलि बढि वयान गरिदैछ।किन कि ति जिल्लाहरु गुरुङ समुदायहरुको उर्वरा भुमि वा उत्गम स्थल भनेर लम्जुङ जिल्लालाई चिनिन्छ।लम्जुङ जिल्ला पनि बाईसे चैबिसे राज्ये मध्येका घले राजा पनि एक हुन।भुजुङ,घन पोखरा, घले गाउ दुध पोखरी
विश्वमा चर्चामा परेका नमुना गाउहरु हुन।अन्य जिल्लाहरुमा पनि त्सस्तै रमणिय,र पर्यटनको सम्भावना बोकेको गाउहरु छन गोरखाको पारपाक, कास्कीको घान्द्रुक,सिक्लेस,स्याङ्जाको दरौ शिरुवारी,चर्चित गाउहरु हुन।यी गाउहरुमा होम स्टेको शुरुआत गरिएको छ। यी ठाउहरुमा लोकल अर्गानिक गुरुङ खाना र सस्कार सस्कृति
र भेषभुषा देख्न पाईन्छन ।यी ठाउँहरुमा पुग्ने जो कोही आन्तरिक पर्यटकहरु प्रकृतिहरु संग लोभिएर समय लम्बाएर बसेको पाईन्छ। बाहिरबाट पहिलो पटक पुग्ने पाहुनाहरुलाई अचम्म लाग्नु पनि स्वाभाविक नै मान्नु पर्छ। ती ठाउहरुमा गएर बस्दा स्वर्गको अनुभुति हुने गर्दछ।२०७८को जनगणनामा गुरुङहरुको सङ्ख्या ५ लाख ५०हजार जना छन।जन संख्याको हिसाबले एघारौ स्थानमा पर्दछ ।गुरुङ हरुको चारवटा थर हुन्छन् लामा,लाम्छाने,घले र घोटाने,हुन।यस मघ्ये घले जातिहरुले गुरुङजातिहरु भन्दा फरक भाषा धर्म सस्कार र सस्कृति चाल चलन भएकोले हाम्रो छुट्टै पहिचान छ।त्यसकारण गुरुङ समुदाय भित्र हामी बसदैनौ हाम्रो छुट्टै जनगणना हुन पर्छ भनेका कारणले घलेहरुको संख्या लगभग ३० हजारको हाराहारीमा छ।छुट्टै गणना गरिएको छ। गुरुङ समुदायको पेशा,राजनीती,भाषा,धर्म,संस्कार,संस्कृति , रीति रिवाज, चालचन, श‌ैक्षिक अवस्था, र जिवन शैलिका बारेमा थप खोज र अनुसन्धान गर्दै क्रमश लेख्दै जाने छु धन्यवाद ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?