गोलञ्जोर गाउँपालिका समितिको एकता सम्मेलन सम्पन्न

सिन्धुली : २०८१ भाद्र ३०गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली जिल्ला अन्तर्गत गोलञ्जोर गाउँपालिका समितिको एकता संम्मेलन जिल्ला इन्चार्ज जीवनको आतिथ्यता र अर्जुन थापाको अध्यक्षतामा सम्पन्न गरियो ।

उक्त एकता सम्मेलनले ९ सदस्यीय गोलञ्जोर गाउँपालिका समिति निर्माण गरेको छ, जसमा सेक्रेटरी उमेश मगराती र सहसेक्रेटरी डिल्लीमान तोलंगे निर्वाचित भए । जिल्ला संम्मेलनको प्रतिनिधित्व सिङ्गो गोलञ्जोर गाउँपालिका समितिले गर्ने निर्णय भयो ।

सिन्धुली जिल्लामा छ वटा गाउँपालिकामा आगामी असोज १० गतेसम्म एकता संम्मेलन सम्पन्न गरी पार्टी हेडक्वार्टरको निर्देशन अनुसार सिन्धुली जिल्ला समितिको एकता जिल्ला संम्मेलन आगामी असोज १८ र १९ गते सिन्धुलीमाढी बजारमा गरिने जानकारी गराइन्छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?