क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव किरणको स्वास्थ्य अवस्था स्थिर

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले एक प्रेस वक्तव्य जारी गर्दै पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्था स्थीर रहेको जानकारी दिनुभएको छ । उहाँले महासविच कमरेड किरणको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ ।

प्रेस वक्तव्यमा भनिएको छ, “नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका एक धरोहर, दार्शनिक तथा सौन्दर्य चिन्तक, हाम्रो पार्टीका महासचिव कमरेड मोहन वैद्य ‘किरण’ स्वास्थ्य लाभका लागि गत केही दिनदेखि त्रिभूवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था स्थिर छ । पार्टीका महासचिव कमरेड किरणको हामी शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।”

शनिबार कार्यवाहक महासचिव गौरव लगायतका पार्टीका शीर्ष नेताहरु टिचिङ अस्पतालमा पुगेर महासचिव कमरेड किरणको स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

By जन बिहानी

Related Posts