लेख बहादुर श्रेष्ठ (सागर)/काठमाडौं : अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले चाडवाड लक्षित तथा बाढिपहिरोको समस्याहरुलाई लिएर ६ बुँदे ज्ञापन पत्र काठमाडौं जिल्लाका सिडियो जयनारायण आचार्यलाई बुझाएका छन ।

अनेरास्ववियू (क्रान्तिाकारी)का ईन्चार्ज अज्ञात र संयोजक दिनेशद्धारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा उपभोक्त तथा सर्वसाधारणहरुको समस्याहरुलाई तत्काल हल गर्न अनुरोध गरिएको छ । ज्ञापनपत्र बुभ्mदै प्रमुख जिल्ला अधिकारीले सबै समस्याहरुको समाधान गरिने भन्दै कार्यालयबाटै बढी भाडा लिने व्यक्तिहरुलाई तत्काल कारवाही गर्न निर्देशन समेत दिनु भएको थियो ।
सर्वसाधारणलाई कुनै पनि व्यापारीहरुले ठगेको पाईएमा तथा मुल्य सूचि उल्लेख नगरेको पाईएमा साथै कुनै पनि उपभोक्ता सामानमा उत्पादन मिति र एक्सपायर मिति नपाईएमा तत्काल जिल्ला प्रशासन कार्यालय काठमाडौबाट जारी गरिएको गुनासो क्यूआरमा क्यूआर गरी गुनासो टिपाउन सकिने जानकारी समेत दिनु भएको छ ।
त्यस्ता व्यक्तिहरुलाई तत्कार कारवाही गरिने जानकारी प्रमुखले दिनु भएको छ र आम सर्वसाधारणलाई सचेत रहन समेत अनुरोध गर्नु भएको छ ।


