सन्तबहादुर नेपाली

क्रान्तिकारी कम्युनिस्ट पार्टीको सूचना, संचार तथा प्रकाशन विभागको बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टीको सूचना, संचार तथा प्रकाशन विभागको बैठक सम्पन्न

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सूचना, संचार तथा प्रकाशन विभागको बैठक विभागका प्रमुख हेमन्त प्रकाश ओली सुदर्शनको अध्यक्षतामा सम्पन्न भएको छ । २०८१ फागुन १७ गते सम्पन्न बैठकले गरेका निर्णय यस प्रकार रहेको पार्टी स्रोतले जनाएकोछ१. बैठकको प्रारम्भमा सहिदहरू प्रति एक मिनेट मौन धारण गरिएको थियो ।२. विभागका सदस्यहरूले सन्चार क्षेत्रको अनुभव आदान प्रदान गर्नुका साथै आगामी कार्यबारे आआफ्नो दृष्टिकोण पेश गरेकाथिए ।३. आगामी चैत्र १ गते देखि बैशाख १८ गते सम्म सन्चाल हुने पार्टीको जनसम्बन्ध विस्तार अभियानमा विभागबाट नियमित अभियानमा हिड्ने व्यक्तिहरूबारे ठेगान गरिएकोछ ।४. जनसम्बन्ध विस्तार अभियानलाई ध्यान दिएर केन्द्रमा सन्चार डेस्क निर्माण गर्ने र अभियानको प्रचार…
Read More
गोपा कुमारी भण्डारीप्रति श्रद्धाञ्जली

गोपा कुमारी भण्डारीप्रति श्रद्धाञ्जली

दाङ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति दाङले गोपा कुमारी भण्डारीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । गोपा कुमारी भण्डारी पार्टीको तुलसीपुर नगर समिति सदस्य गोमा भण्डारी बुढाथोकीको आमा तथा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य शशीराम बुढाथोकीको सासुआमा हुनुहुथ्यो । पार्टीका दाङ जिल्ला सेक्रेटरी इश्वरी गैरेले २०८१ फागुन १२ गते जारी वक्तव्य –“दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा न. ८ निवासी हाम्रो पार्टीको तुलसीपुर उपमहानगरपालिका नगर समिति सदस्य क. गोमा भण्डारी बुढाथोकीको ममतामयी आमा तथा पार्टीका केन्द्रीय वैकल्पिक सदस्य शशीराम बुढाथोकीको सासुआमा तुलसीपुर ७ गणेषपुर निवासी ८४ वर्षीय गोपा कुमारी भण्डारीको २०८१ फागुन ११ गते बेलुकी ६ बजे भएको दुःखद निधनले हाम्रो…
Read More
विषादिरहित उत्पादनमा जोड दिंदै अखिल नेपाल महासंघ (क्रान्तिकारी) को प्रदर्शन

विषादिरहित उत्पादनमा जोड दिंदै अखिल नेपाल महासंघ (क्रान्तिकारी) को प्रदर्शन

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको भातृ संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) जिल्ला संगठन समिति चितवनले “विषादीरहीत उत्पादनमा जोड दिउँ, क्यान्सर जस्तो प्राणघातक रोगबाट बचौं” भन्ने मूल नारा सहित विरोध ¥याली गरेको छ । बिहाीबार भरतपुर मालपोत चोकबाट सुरु भएको ¥याली जि.प्र.का., हस्पिटलरोड हुँदै चौविसकोटी पुगेर कोण सभा सम्पन्न गरेको छ । कोणसभालाई अखिल नेपाल किसान महासंघ जिल्ला संगठन समितिका अध्यक्ष प्रकाश खनालले राज्य निरीह भएका कारण आज जनताले सास्ती बेहोर्न परेको, भारतबाट आयातित विषादीयुक्त खाद्यन्न खान परेको कुरा बताए ।कार्यक्रमका प्रमुख वक्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट्व्यूरो सदस्य चन्द्रहरी सुवेदीले विषादीयुक्त खाद्यान्नका कारण आम सर्वसाधारण जनता क्यान्सर पीडित…
Read More
सहिद परिवार अभिनन्दन तथा बनबाटिका उद्घाटन

सहिद परिवार अभिनन्दन तथा बनबाटिका उद्घाटन

दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्ला समितिले सहिद सप्ताह कार्यक्रम तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ कन्ज्वार दाङमा भब्यताका साथ बिहीबार सम्पन्न गरेको छ । आज कन्ज्वारमा आयोजित कार्यक्रममा सहिद स्मृति बनबाटिकाको उद्घाटन गर्नुका साथै जनयुद्धका क्रममा सहिद भएका सहिदहरूका परिवारजन तथा बेपत्ता घाइते अपाङ्गताहरूको एकसाथ सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । पार्टीको दाङ जिल्ला सेक्रेटरी ईश्वरीप्रसाद गैरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य श्यामबहादुर बोहराले सहिद परिवार तथा घाइते अपाङ्गहरूलाई सम्मान गर्नुभएको थियो । प्रमुख अतिथि बोहराले सहिदहरू प्रति उच्च सम्मान प्रकट गर्दै सहिदले देखाएको अधुरो सपना पुरा गर्न पार्टी जोडदारले…
Read More
जनयुद्धका सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रम

जनयुद्धका सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रम

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नवलपरासीमा जनयुद्धका सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रम साेमबार देखि शुरु गरेको छ ।बुधवार पार्टीको बर्दघाट नगर संगठन समिति र सुस्ता गाउँ संगठन समितिले छुट्टाछुट्टै रुपमा सहिद तथा बेपत्ता परिवारका घरदैलोमा कोशेली सहित पुगेर भेटघाट शुरु गरेका हुन् ।सो अवसरमा सहिद तथा बेपत्ता परिवारका सदस्यहरुले सहिदको सपना पूरा गर्न जनयुद्ध लडेर आएको पंक्ति नलागेर सहिदको अपमान भएको भन्दै गुनासो गरेका थिए । कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले क्रान्तिकारीहरु बीच एकता गरेर जनयुद्धका सहिदको सपना पूरा गर्न आफूहरु निरन्तर लागिरहेको उल्लेख गर्दै संसदवादीहरुको कुनै पनि भम्रमा नपर्न आग्रह गर्नुभएको बर्दघाट…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टीकाे यस्ता छन् ताजा समसामयिक विषयमा निर्णयहरू

क्रान्तिकारी कम्युनिष्ट पार्टीकाे यस्ता छन् ताजा समसामयिक विषयमा निर्णयहरू

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल राजतन्त्र फर्काउन गरिने कुनै पनि प्रयासका विरुद्धमा रहेको जनाएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवहाक महासचिव गौरवले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । देशको समसामयिक विषयमा निर्णय लिन फागुन १२ गते बसेको पिवीको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै पार्टीको सो धारणा सार्वजनिक गरिएको हो । बैठकले समसामयिक घटनाहरु सम्बन्धी विभिन्न निर्णयहरु लिएको छ । जसमध्ये गत फागुन ७ गते “प्रजातन्त्र दिवस”मा पूर्वराजा ज्ञानेन्द्र शाहले “हामीलाई साथदिन सबै देशवासीलाई आह्वान गर्दछौं” भन्दै देशवासीका नाममा दिएको भिडियो सन्देशप्रति पार्टीको ध्यान गम्भीर रुपमा आकर्षित भएको र पूर्व राजामा यसरी बोल्ने आँट आउनुमा…
Read More
जनसम्बन्ध विस्तार अभियान

जनसम्बन्ध विस्तार अभियान

१) भूमिका :हामीले हामी स्वयं रहेका कम्युनिष्ट पार्टीहरुमा संशोधनवादीहरु हावी भएपछि त्यस्ता पार्र्टीबाट विद्रोहगरी क्रान्तिकारी कम्युनिष्ट पार्र्टी नेपालको निर्माण गरेका छौं । आज एकतातिर केही नेताहरूको विचलन रविश्वासघातले गर्दा जनताको कम्युनिष्ट आन्दोलनप्रति नै अविश्वास बढिरहेको छ भने अर्कोतिर हाम्रो देशमा नैजनता कम्युनिस्टप्रति सबभन्दा बढी आकर्षित रहिरहेका छन्। हाम्रो पार्र्टी विद्रोही कान्तिकारीहरुबाट बनेको हुँदायसका जराहरु जनजमिनमा बलियोसँग गाडिन पाएका छैनन्। त्यसकारण राष्ट्रिय एकता महाधिवेशनबाट बनेकोपार्र्टी, यसको कार्यक्रम र कार्यदिशा जनतामाझ स्थापित गर्न हामीलाई जनसम्बन्ध विस्तार अभियानकोआवश्यकता परेको छ ।दोश्रो कुरा, हामीले विचारधारात्मक तथा राजनीतिक कार्यदिशालाई नयाँ उचाईमा विकास गरेका छौं ।हामी विचारधारात्मक कार्यदिशा माक्र्सवाद–लेनिनवाद–माओवादमाथि बहस गरेर माओका योगदानहरु सार्वभौमछन्भन्ने बुझाईको एकरुपतामा…
Read More
माघ १९ को सम्झना

माघ १९ को सम्झना

लेखकः रामबहादुर बुढा २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन ल्याएको दिन थियो । राजा ज्ञानेन्द्रको त्यो कठोर प्रतिगामी कदम थियो । त्यसो त राजा ज्ञानेन्द्रले २०५९ असोज १८ गते नै प्रधानमन्त्री शेर बहादुर देउवालाई असक्षम प्रधानमन्त्री भनेर असंवैधानिक ढङ्गले पदबाट बर्खास्त गरेका थिए । असोज १८ को राजाको त्यो कदमलाई प्रतिगमनको संज्ञा दिँदै राजनीतिक दलहरू आन्दोलनमा थिए । असोज १८ पछि राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीका लागि दरखास्त आह्वान गरेका थिए । नेकपा (एमाले) का महासचिव माधव नेपालले दरखास्त दिएका थिए भने नेपाली काङ्ग्रेसका गिरिजा प्रशाद कोइरालाले त्यसलाई प्रजातन्त्रको उपहास भनेका थिए । असोज १८ पछि लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री…
Read More
महासचिव मोहन वैद्य ‘किरण’ अस्पतालबाट डिस्चार्ज

महासचिव मोहन वैद्य ‘किरण’ अस्पतालबाट डिस्चार्ज

माेहन वैद्य 'किरण', महासचिव, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पुस १ गतेदेखि सघन उपचारमा रहनुभएका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण स्वास्थ्यमा सुधार भई अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । उहाँ माघ १४ गते साँझ अस्पतालबाट डिस्चार्ज हुनुभएको पार्टीका कार्यवाहक महासचिव गौरवले एक वक्तव्यमार्फत् जानकारी गराउनु भएको छ । स्वास प्रश्वासको दीर्घरोगी उहाँ निमोनियाबाट समेत संक्रमित हुनुहुन्थ्यो । उहाँको उपचारमा संलग्न डा. निरज बम, शिक्षण अस्पताल महाराजगजका स्वासप्रश्वास विभागका प्रमुख डा. सन्त कुमार दास, सघन उपचार कक्षका डाक्टर प्रमेश श्रेष्ठ तथा डा. सुवाश आचार्य सहित अन्य डाक्टरहरु र परिचारिकाहरुको अथक प्रयास र…
Read More
भूमिसम्बन्धी अध्यादेश खारेज गर्न ६ किसान संगठनकाे जोडदार माग

भूमिसम्बन्धी अध्यादेश खारेज गर्न ६ किसान संगठनकाे जोडदार माग

काठमाडौं : सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेश तत्काल खारेज गर्न ६ किसान संगठनहरुले जोडदार माग गरेका छन् । किसान हक हित तथा अधिकारकोलागि क्रियाशील वाम राजनीतिक सम्बद्ध किसान संगठनहरुले सरकारले जारी गरेको अध्यादेशमा किसान,भूमिहीन ,गरिब, दलित तथा सुकुम्बासी विरोधी र दलाल तथा भूमाफियाहरुको सेवा गर्ने खालको प्रावधान रहेको भन्दै अध्यादेश तत्काल खारेज गर्न माग गरेका हुन् । काठमाण्डौ अनामनगरस्थित संवाद डवलीमा पत्रकार सम्मेलनको आयोजना गर्दै किसान संगठनका नेताहरुले आफूहरुले विगतमा राखेको मागहरुको सरकारले बेवास्ता गरेको जनाए र भूमि सम्बन्धी अध्यादेशमा रहेका गलत प्रावधानहरुको विरोधका साथै आफूहरुले विगतमा सरकारलाई बुझाएको ६५ बुँदे मागको सुनुवाईको लागि संघर्षमा उत्रने चेतावनी समेत दिए ।…
Read More