क्रान्तिकारी संयुक्त मोर्चा नेपालको पुनर्गठन

काठमाडाैँ : क्रान्तिकारी संयुक्त मोर्चा नेपालको पुनर्गठन भएको छ । क्रान्तिकारी संयुक्त मोर्चा नेपालका संयोजक सिपी गजुरेलले फागुन २२ गते एक प्रेस वक्तव्य प्रकाशित गर्दै सो कुराको जानकारी गराउनु भएको छ । समिति पुनर्गगठन पश्चात बुधबार बसेकाे बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको वक्तव्यमा जनाइएको छ । वक्तव्यको पूर्ण पाठ यस प्रकार छ ।–

“क्रान्तिकारी संयुक्त मोर्चा नेपालको गठन वि.सं. २०८०साल चैत्र१७ गतेका दिन काठमाण्डौंमा भएकोथियो। क्रान्तिकारी संयुक्त मोर्चा नेपालको गठन निम्न लिखित मूल उद्देश्यका साथ भएको थियो।नेपालको राष्ट्रिय स्वाधिनताको रक्षा, जनतन्त्रिक हक अधिकारवादी प्रश्न र नेपाली जनताको दैनिक जीवनका समस्याको समाधान गर्दै संघीय जनगणतन्त्रको स्थापनाका निमित्त नेपाली समाजको आमूल परिवर्तन गर्ने कार्यभार पूरा गर्नकालागि एक क्रान्तिकारी संयुक्त मोर्चाको निर्माणगर्ने; विद्यमान असमान र शोषणमूलक आर्थिक–सामाजिक संरचना, विभेदपूर्ण सांस्कृतिक, धार्मिक, लैङ्गीक, जातीय र क्षेत्रीय अवस्थाको अन्त्य गरी समतामूलक समाज निर्माणकालागि संघर्षगर्ने;देशमा विद्यमान दलाल, नोकरशाही पूंजीपति वर्ग र सामन्त वर्गको सत्ताको अन्त्यगरी नयाँ जनवादी सत्ताको स्थापनाको पक्षपोषणगर्ने; नेपालको राष्ट्रियता (राष्ट्रीयस्वाधीनता), जनतन्त्र र जनजीविका सम्वन्धि तत्कालिक समस्याहरुका समाधानकालागि समेत संघर्षगर्ने; माक्र्सवाद–लेनिनवाद–माओवादप्रति समर्थनकासाथै सबैखाले प्रतिकृयावादी र अवसरवादीहरुको विरुद्ध संघर्षगर्दै क्रान्तिकारी शक्तिहरुसँग संयुक्तमोर्चा र कार्यगत एकतागरी अघिबढ्ने; कथित दोस्रो संविधानसभाव्दारा बनाईएको लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्था सहितको संविधान प्रतिकृयावादी भएकाले यसको खारेजीको लागि संघर्ष गर्दै संघीय जनगणतन्त्र नेपालको स्थापनागर्ने; जनसंघर्ष र जनसत्ताको समेत साधनका रुपमा एक क्रान्तिकारी संयुक्त मोर्चाको निर्माण आवश्यक भएकाले त्यस प्रयोजनकालागि क्रान्तिकारी संयुक्तमोर्चा, नेपालको गठन गर्ने।क्रान्तिकारी संयुक्त मोर्चाको गठन पश्चात यसका गतिविधिहरुलाई तदारुकताका साथ अगाडी बढाउने कार्य हुन सकेको थिएन।त्यसकालागि यस मोर्चामा सामेल भएका फुटपरस्त तत्वहरु बाधाका रुपमा रहेका थिए। त्यसकारण यसमोर्चाको सांगठनिक पुनर्गठन गर्न अत्यावश्यक भएको थियो।सा ेप्रयोजनका लागि यही२०८१साल फाल्गुण२१गतेका दिन काठमाण्डौंमा तत्कालीन संयोजक क. सीपीगजुलेरको अध्यक्षतामा एकभेला सम्पन्न गरी २१ सदस्यीय केन्द्रीय समितिको निर्माण भएको छ।जस्माअध्यक्षः क. सीपीगजुरेल, उपाध्यक्षः क. सन्तबहादुरनेपाली,महासचिवःक.परिथापा,सचिवःक.दिनेशशर्मा र कोषाध्यक्षः क. भिम चापागाईं रहेको ५सदस्सीय पदाधिकारीहरुको चयन भएकोछ। साथै पदाधिकारी सहित क. पवनमान श्रेष्ठ क. लालबहादुर जाग्री रहेको ७ सदस्सीय सचिवालय पनि चयन भएकोछ।त्यसैगरी केन्द्रीय सदस्यहरुमा क. बालकृष्णओली, क. दिपकशाही, क. भिमचौलागाईं, क. संजयसिंह, क. शिवश्रेष्ठ, क. सूर्यबहादुर तिमल्सिना, क. मनुवि.क क.कर्णबहादुरथापा, क. युवराज न्यौपाने, क. बलिभद्रशमा र मानबहादुरथापा चयन हुनुभएको छ।

भेलाले तत्कालीन सचिव क.परिथापाद्वारा प्रस्तुत गरिएको मस्यौदा विधानलाई आवश्यक परिमार्जन सहितटुंग्याउने गरी पारित गरेकोछ।हाललार्इ जिल्ला स्तरमा संगठन निर्माणको कामलाई अगाडीबढाउन ेनिर्णय भएकोछ। जिल्लास्तरीय संगठन निर्माणको कामयहि२०८१चैत्र१देखि२०८२ वैशाख१५सम्मसन्चालन हुने “जनसम्बन्ध विस्तार अभियान” को दौरानमा सम्पन्न गरिनेछ ।भेलाले संगठनका नीति विपरित कृयाकलाप गरि पलायन भएकाले सदस्यहरु धर्मेन्द्र बास्तोला, दिपकचलाउने, हरिकृष्णगजुरेल, मिलनराइ, हरिशभट्ट, दर्शननेपाली, कमलबुढा, जितेन्द्रदाहाल
र इन्दिरा अधिकारीलाई केन्द्रीय समितिबाट निष्कासन गरेकोछ।क्रान्तिकारी संयुक्त मोर्चा नेपालले आफ्नाआगामी नीति तथा कार्यक्रमहरु आवश्यकता अनुसार सार्वजनिक गर्दै जानेछ।”

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?