
कुपोन्डोल,ललितपुर : क्रान्तिकारीले युवा संघ नेपालको प्रारम्भिक स्थानीय समिति गठन भएको छ । आइतबार ललितपुरको कुपोन्डोलमा भएको बैंठकले विजय लामाको संयोजकत्वमा ११ सदस्यीय प्रारम्भिक स्थानीय समिति गठन गरेको र सचिवमा कृष्ण लामालाई चयन गरेको क्रान्तिकारी युवा संघ नेपालले जनाएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संघ नेपाल ९ नम्बर व्यूरो अन्तर्गत ललितपुर जिल्ला गोदावरी नगरपालिका स्थित डकुछापको गठन गरेको जानकारी उक्त संगठनका संयोजक जिवितले दिएका छन् ।
बैठकमा क्रान्तिकारी युवा संघ नेपालका संयोजक जिवीत, सहसंयोजक निर्वाण र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ललितपुर जिल्ला इन्चार्ज दिपकको उपस्थित रहेका थिए ।