विद्यार्थी दिवश र आगामी विद्यार्थी आन्दोलनको कार्यदिशा

प्रतिभा पौडेल

विद्यार्थीहरुआन्दोलनले नेपालको राजनीतिक परिवर्तनमा अतुलनीय योगदान गरेको सर्वविदितै छ । नेपालमा चलेका शान्तिपुर्ण तथा सशस्त्र आन्दोलनमा थुप्रै विद्यार्र्थीले रगत बगाएका छन । वास्तवमा विद्यार्र्थी आन्दोलनले नेपालको परिवर्तनमा अग्रमोर्चामा रहेर आन्दोलनमा निर्णायक भुमिका खेल्दै आएको छ ।राजनीतिक दलहरू प्रतिबन्धित रहेका बेला विद्यार्र्थी संगठनहरूले सत्ता प्रणालीलाई चुनौती दिने काम गर्थे। उनीहरूले जनताको हक र अधिकार प्राप्तिका लागि अग्रणी भूमिका निर्वाह गर्थे। राणा शासनको अन्त्यमा सक्रिय विद्यार्र्थी आन्दोलन, पञ्चायती व्यवस्थामा झन् प्रभावशाली शक्ति बनेको थियो। तर गणतन्त्रको आगमनपछि विद्यार्र्थी आन्दोलन केवल ओझेलमा परेको छैन, आलोचनाको विषय पनि बनेको छ ।

२०१७ साल पौष १ गतेको शाही ‘कू’ ले जनताका सीमित अधिकारलाई कुण्ठित गर्याे । फेड्रेशन भूमिगत हुन बाध्य भयो । संर्घषशील विद्यार्थीहरु चुपचाप रहन सकेनन् । २०१८ मा फेडरेशनको बैठक बसी स्ववियूको नारालाई अगाडि ल््याउने निर्णय भयो । २०२१ सालमा उपत्यकाव्यापी अन्तरकलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनले असमान सन्धिहरुको विरोध, गोर्खा भर्तिकेन्द्रको खारेजीको माग, बन्दी विद्यार्र्थीहरुको रिहाई तथा स्ववियूको पूनर्वहालीजस्ता मागहरु राख्दै निर्णयहरु पायरत गर्याे । सम्मेलन भएको खुशीयालीमा जेठ १गते विद्यार्थीहरुले विशाल जुलुश निकाले । उक्त प्रर्दशनमा सरकारले दमन गर्याे । आक्रमणको विरोधमा उपत्यकाव्यापी हड्ताल भयो र सरकार विद्यार्थीहरुसँग सम्झौता गर्न बाध्य भयो । यही विजय भएको दिनलाई आज विद्यार्थी संघ,संगठनले एकता र विजयको दिनको रुपमा तथा संगठन स्थापनाको रुपमा मनाउँदै आएका छन् ।

विद्यार्थी आन्दोलन खास गरेर तपशिलका मागहरु राखेर शुरु भएको थियो
गोर्खा भर्ती केन्द्र पूर्णतः खारेज गर्नुपर्ने ।
– सबै राष्टघाती असमान सन्धिहरूको खारेज गर्नुपर्ने ।
– स्ववियू खोल्न पाउने अधिकारको बहाली गर्नुपर्ने।
– सम्पूर्ण बन्दी विद्यार्थीहरू विनासर्त रिहा गर्नुपर्ने ।
पाँच दिनसम्म चलेर सम्मेलन भव्यताका साथ सम्पन्न भएको खुशीयालीको विजयभावमा जेठ१गते विद्यार्थीहरूको विशाल जुलुस प्रदर्शन भयो । भर्खरै चक्चकीएको अवस्थामा पुगेको पंचायती सत्ताले विद्यार्थी जुलुसमाथि व्यापक दमन गर्यो । पंचायती प्रहरीसँग आन्दोलनकारी विद्यार्थीहरूको व्यापक भीडन्त हुँदा कैयौं विद्यार्थी र प्रहरीहरू घाइते भएभने १५० भन्दा बढी विद्यार्थीहरू गिरफ्तार भए । त्यसपछि उपत्यकाव्यापी आम हड्ताल सुरू भयो । फलस्वरूप स्ववियू खोल्न पाउने अधिकार वहाली र बन्दी विद्यार्थी रिहाइसहित अन्य कतिपय माग पूरा गर्न पंचायती सत्ता बाध्य भयो । यसरी विद्यार्थीको एकताको बलमा आन्दोलनको जीत भएकोले हरेक वर्ष जेठ १गतेलाई विद्यार्थी दिवस (एकता र विजय दिवश) को रूपमा मनाउने गरिएको छ ।

लामो बिरासत बोकेको विद्यार्थी आन्दोलन आज कमजोर अबस्थामा छ । विगतमा विद्यार्थी आन्दोलनले जुन प्रकारले राजनीतिक तथा शैक्षिक मुद्दाहरुमा आन्दोलनको सृष्टि गद्थ्र्यो, आज त्यो अवस्था देखिन्न । मातृपार्टी सत्तामा गए सत्ताधारी बन्ने र सडकमा भए सडकधारी बन्ने भ्रस्टीकृत प्रवृति आज विद्यार्थी आन्दोलन देखा परेको छ ।विद्यार्थी आन्दोलनले आजको युग सापेक्ष सन्दर्भमा शैक्षिक आन्दोलनको रुपमा अगाडि बढाउनु पर्ने अवस्था छ ।

आज देशमा भ्रष्टाचार बढेको छ, महङ्गी कालोबजारी चलेकै छ, घुसखोर देखि सुदखोरहरुसम्मले देशलाई चुसिरहेका छन, शैक्षिक माफियाहरुले झनझन नयाँ ढङ्गले शैक्षिक लुट मच्चाइरहेका छन । दलालहरुको हातमा शिक्षाको साचो सुम्पिएको छ ।शैक्षिक निजीकरण र व्यापारीकरणले शिक्षा क्षेत्र नवधनाड्यहरुको नाफा कमाउने धन्दा बनेको छ ।यो अवस्थामा शैक्षिक निजीकरण र व्यापारीकरणको अन्त्य गर्दै जीवन उपयोगी शिक्षा लागू गर्नु पर्ने आजको अनिवार्य आवश्यकता हो ।

वर्तमान अवस्थामा नेपालको शिक्षा जुन हामीले अध्ययन गरिरहेका छौं, यो शिक्षा केबल बेरोजगार उत्पादन गर्नमा नै सीमित छ ।१७÷१८औंशताब्दीका कोरा काल्पनिक घटनाहरूको मिश्रणलाई पाठ्यक्रमलाई समावेस गरेर निर्माण गरिएको यसप्रकारको अब्यबहारिक शिक्षाले मानवजीवनलाई अन्धकारमा नै रोमलिरहेको छ । शैक्षिक प्रमाणपत्रहरूलाई बाकसमा राखेर बस्नु बाहेक आज यो शिक्षाको कुनै महत्व देखिंदैन ।
नेपाल कृषि प्रधान देश हो तर नेपालमा कृषि सम्बन्धी कुनै प्रकारको पाठ्यक्रम नै बनाईएको छैन । सामन्ती, दलाल
तथा नोकरशाहको हातमा नै सम्पूर्ण राज्य ब्यवस्था कायम छ। गणतन्त्रको स्थापना भए पनि समग्र शासन ब्यवस्थामा सामन्तवादी पद्धति, चिन्तन र संस्कृति कायम छ ।एकातिर साम्राज्वादीहरू नेपाललाई राजनीतिक अपराधको क्रिडास्थल बनाउनको लागि लगातार उनीहरूको शक्ति लगाईरहेका छन भने अर्को तर्फ सरकार तिनै साम्राज्यवादीहरूको मुख्यईसरामा देशका शैक्षिक संस्थाहरू लाई सामुदायिककरणको नाममा निजीकरण गरेर जनतालाई शिक्षा दिने जिम्मेवारीबाट भागेको छ ।

विश्वविद्यालयहरूमा एकमुष्ट शुल्क प्रणाली, माविहरूमा महंगो शुल्क, सरकारी क्याम्पसहरूबाट प्रमाणपत्र तहको विस्थापन, नाफाखोर निजी शिक्षण संस्थाहरूलाई सरकारी प्रोत्साहन जस्ता समस्याहरूबाट देशको शैक्षिक समस्या झन विकराल बनिरहेको अवस्था छ ।

शिक्षा सबैको अधिकार हो भन्ने मुल्य मान्यताका विरूद्ध शिक्षालाई पैसा कमाउने स्रोतका रूपमा प्रयोग गरिएको छ ।देशमा खोलिएका बोर्डिङ स्कुलहरूले चर्को शुल्क सहित शिक्षाको टेन्ड्रआव्हान गरेर शिक्षामा चर्को प्रकारको वर्ग
बिभाजनको रेखा कोरिरहेका छन तर सरकारले कुनै नीति नियमको कार्यान्वयन गर्न सक्दैन । एकातिर मानिसको दैनिक जीवनसँग असम्बन्धित शिक्षा छ भने अर्को तर्फ सरकार पनि यी शैक्षिक समस्याहरूबाट टाढा छ ।देशका सम्पूर्ण नागरिकको भविष्य यही प्रकारको निराशावादी शिक्षासंग जोडिएकोले, दैनिक २ हजार भन्दा बढी मानिसहरू बिदेशिन बाध्य छन । शिक्षा आर्जन गरेर बिदेशिन बाध्य बनाउने यो बुर्जुवा शिक्षाको कुनै ब्यबहारिक महत्व र अर्थ नभएकोमा शंका छैन तर विद्यार्थीहरू यही प्रकारको शिक्षा लिन
बाध्य छन । नेपालको कृषि, खनिज, जलसम्पदा, वनजंगल, उधोग,
कलकारखाना आदिसँग कुनै मेल नखाने, निरासावादी, व्यक्तिवादी, जातीय , भाषिक तथा धार्मिक विभेद कायम गरिएको वर्तमान
जनविरोधी शिक्षाका विरूद्ध बिशाल शैक्षिक आन्दोलनको सृजना गरेर
यसको अन्त्यमा लाग्नु पर्ने आजको मुख्य शैक्षिक आवश्यकता बनेको छ।

यो अवस्थामा शैक्षिक निजीकरण र व्यापारीकरणको अन्त्य गर्दै जीवन उपयोगी शिक्षा लागू गर्नु पर्ने आजको अनिवार्य आवश्यकता हो । हामीले ५८ औं विद्यार्थी दिवस मनाइरहदा यी समस्याहरुको समाधानको लागि एककदम अगाडिबढदैआन्दालेनमा जानुको विकल्प छैन ।
आजको अवस्थामा विद्यार्थी आन्दोलन विगतको जस्तो संगठित र शशक्त छैन । विद्यार्थीहरुका समस्याहरु र शैक्षिक विथितीहरु भने हिजोको अवस्थाको जस्तै जिवित छन । शिक्षामा निजीकरण र व्यापारीकरणले थप प्राथमिकाता पाएको छ्। सामुदायिक विद्यालयहरुप्रती राज्य उदासिन देखिन्छ । शिक्षकहरुका सामान्य मागहरु आङ्शिक रुपमा सम्बोधन गर्न २९ दिन लगाउनुले सरकार शिक्षामा निजीकरणलाई नै प्रथामिकता दिएको छ भन्ने बुझिन्छ । त्यो स्थितिमा विद्यार्थी आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउनु आजको आवश्यकता भएको छ ।

विश्वविद्यालय देखि स्कुलसम्म शिक्षामा संरचनागत सुधार मात्र होइन, पाठ्यक्रममा नै परिवर्तन गर्नुपर्दछ । पाठ्यक्रममा नेपाली परिवर्तनको ईतिहास नभएकै कारण आज नयाँ विद्यार्थीहरु उक्त ज्ञानवाट वन्चित छन । त्यही आधारमा प्रतिगमनले टाउको उठाउन खोजिरहेको छ । तर राज्यको ध्यान शिक्षा क्षेत्रको संरचनातम्क र गुणात्मक सुधार भन्दा टालटुले समाधानमा अड्किएको छ ।

आज विद्यालय तह पास गरेपछि विद्यार्थीहरु विदेश जाने मानसिकता तयार गरिसकेका हुन्छन । हाम्रो शिक्षाले स्वदेशमा नै संभावना छ भनेर देखाउने काम गरेको छैन । शिक्षामा व्यवहारिक ज्ञानको अभाव छ । यसमा सुधार भन्दा पनि आमूल परिवर्तनको आवश्यकता छ । प्रविधि मैत्री शिक्षा नहुदा विश्ववजारमा प्रतिस्पर्धा गर्नबाट वन्चित हुनु परेको छ । त्यो अवस्थामा आजको विद्यार्थी आन्दोलन शिक्षा क्षेत्रको आमूल परिवर्तनमा केन्द्रीत हुन आवश्यक छ ।

आज ६० औं विद्यार्र्र्थी दिवस ।जेष्ठ १ लाई नेपाली विद्यार्र्थी आन्दोलनको ऐतिहासिक दिनका रुपमा स्मरण गरिन्छ । नेपालको राजनीतिक, सामाजिक र शैक्षिक परिवर्तनमा विद्यार्र्थी आन्दोलनले खेलेको अग्रणी भूमिकालाई शिरोधार्य गर्दै आजको शैक्षिक वेथितिहरुको समाधानमा विद्यार्थी आन्दोलनलाई केन्द्रीत गर्नुपर्दछ । शिक्षाको क्षेत्रमा चरम लापरबाही छ । विश्वविद्यालयदेखि स्कुलहरुसम्म सामान्य शैक्षिक समस्याहरु जस्ताको त्यस्तै छन । नतिजा प्रकाशनमा समस्या छ, शैक्षिक गुणस्तर त नेपालको आम समस्या नै हो । शिक्षा प्रणाली वेरोजगार उत्पादन गर्ने कारखाना जस्तो भएको छ । निजि क्षेत्रलाई शिक्षालाई पैसा कमाउने साधन स्रोत भएको छ । राज्यले त्यसलाई स्वीकृत दिएको छ । शिक्षा जिवनसङ्ग जोडिनुपर्ने हो, हाम्रो शिक्षा त जीवनलाई गति दिने भन्दा गतिहीन बनाउने छ । शिक्षामा पाठ्यक्रम मात्र होइन, संरचनमा नै सुधार गर्नुपर्दछ । त्यो दिशातर्फ नयाँ ढङ्गले नयाँ पुस्तालाई विद्यार्र्थी आन्दोलनको गोरेटोमा समेट्नुपर्दछ र आजको शैक्षिक समस्याहरुको समाधानमा विद्यार्र्थी आन्दोलन केन्द्रित हुनु पर्दछ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?