सहकारी मिटरव्याज वैङक-तलधुवित्त पीडितसँग क्रान्तिकारी कम्युनिष्ट पार्टीकाे छलफल सम्पन्न

गुलरिया, बर्दिया : क्रान्तिकारी कम्युनिष्ट पार्टी वर्दियाको समन्वयमा हिजो गुलरियामा सहकारी, मिटरव्याज लधुवित्त तथा वैङ्क पिडितहरु सँग क्रान्तिकारी कम्युनिष्ट पार्टीका ३ न.व्युरो इञ्चार्ज लालवहादुर जाग्री प्रतिविम्व सहितका नेताहरुले भेटघाट गरी उनीहरुका समस्याका वारे एक छलफल कार्यक्रम सम्पन्न भएको छ।

सहभागीहरुले आफुले लिएको ऋणको साँवा व्याज तिरिसक्दा पनि आफ्नो दृष्टिवन्धक गरी दिएको जग्गा साहुले फिर्ता नगरेको, दृष्टिवन्धक भनि कागजमा सहिछाप गराए पनि मालपोतका लेखापढी व्यवसायी कर्मचारी र साहुको मिलोमतोमा जग्गा राजिनामा गरिलिई साहुको ऋण चुक्ता गरिसक्दा पनि साहुले आफ्नो जग्गा तेस्रो पक्ष लाई विक्रि गरिसकेको तेस्रोपक्षले अदालत प्रहरी प्रशासनको सहयोगमा आफुलाई आफ्नै घरजग्गा वाट निकालेको एक सहभागीले बिम्व अनलाईन लाई वताएका छन।

वैङकमा धितो राखि लिएको ऋणको सावाँ व्याजको किस्ता व्यापार विग्रिएर तिर्न नसके पछि वैङकले आफ्नो ऋण असुलीका लागी ऋण असुली न्यायधिकरणमा मुद्दा गर्नुपर्नेमा सो नगरी सोझै घरजग्गा लिलाम गरी घरवार विहिन वनाएको छलफलका एक सहभागीले वताएका छन।लधुवित्त वाट लिएको ऋणको सावाँ व्याज तिरिसक्दा पनि घितो फुकुवा नगरेको र वचत जम्मा गरेको पासवुक पनि लधुवित्तले थुचेर लिएको हुदा हिसाव के कति भयो एकिन भन्न नसकिने अर्का सहभागीले वताए।

वर्दिया जिल्लामा पाँच सय भन्दा वढी सहकारी लधुवित्त मिटरव्याजी पिडित रहेको उनीहरु मध्ये असि जना जतिले न्याय पाएपनि वाँकी पिडितले न्याय पाउन नसकेको हुदा सँघर्षको विकल्प नभएको वर्दियाको पिडित सँघका अध्यक्ष राजु वनियाले छलफलको क्रममा वताएका छन।

अधिकाश लधुवित्त सहकारी वैङ्क तथा मिटरव्याजका सञ्चालक अमेरिकन भारतिय व्यापारी र क्राँगेस एमाले माओवादी केन्द्र राप्रपा तथा मदेशवादी दलका नेता कार्यकर्ता भएकोले उनीहरुलाई स्थानिय जनप्रतिनिधि प्रहरी प्रशासन अदालतका कर्मचारीको साथ सहयोग रहेको छ। यो व्यवस्थाले नै दलाल माफिया सुतखोरको सँरक्षण गर्ने भएको हुदा न्यायका लागी दलाल सँसदिय व्यवस्थाका विरुध्द नै सघर्ष गर्नुपर्छ। राजतत्र पुनः स्थापना गर्न हिडेको दुर्गा प्रसाइको राजनितिका स्थानिय प्रतिनिधि यिनै मिटरव्याजी सहकारी सञ्चालक भएकोहुदा दुर्गा प्रशाइले पिडित लाई न्याय दिन सक्दैन इञ्चार्ज जाग्रीले छलफलको क्रममा वताएका छन। न्यायका लागी क्रान्तिकारी राजनिति वोक्ने सँगठन सँग जोडिनु पर्छ न्यायको आन्दोलनमा पार्टीको सहयोग साथ रहने छ उहाँले भन्नुभयो।

सहित विचार नेतृत्व र राजनितिले मात्र यो समस्या समाधान गर्न सकिने कुरा पार्टी सिसिएम विपिन रोकायाले छलफलको क्रममा वताएको छन।छलफल कार्यक्रमको समन्वय तथा सञ्चालन वर्दिया सेक्रेटी विनयले गर्नुभएको थियो।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?