क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको देशैभरी राजनीतिक वैचारिक प्रशिक्षण

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १६ वटै ब्युरोमा प्रशिक्षणको कार्यक्रम राखेकोछ । जस अन्तरगत अहिले ५, ७, ९, १० र ११ नम्बर ब्युरोका प्रशिक्षण सम्पन्न भएका छन् । गत जेष्ठ ६ देखि ८ सम्म काठमाडौंमा सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको दोस्रो पोलिटब्युरो बैठकले गरेका निर्णयहरूलाई कार्यान्वयन गर्न तथा गत मंसिरमा पार्टीको राष्ट्रिय एकता महाधिवेशनले पारित गरेका सिद्धान्त ,राजनीति , नीति , कार्यक्रममा स्पष्टताका लागि यो प्रशिक्षण आयोजना गरिएको पार्टी स्रोतले हाँकलाई जानकारी गराएको छ।

९ नम्बर व्युरो ( काठमाडौ उपत्यका)

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं . ब्यूरो को आयोजनामा बैचारिक , राजनीतिक प्रशिक्षण सम्पन्न भएकोछ।ब्यूरो सचिब चिन्तामणि पौडेलको अध्यक्षता, पार्टीका का.बा. महासचिव सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यता, स्थायी समिति सदस्य रामसिह श्रीसको बिशिस्ट आतिथ्यतामा उक्त प्रशिक्षण कार्यक्रम जेष्ठ १७ गते सम्पन्न भयो । ब्यूरो इन्चार्ज दिनेश शर्माको आतिथ्यता, ललितपुर सचिव जगदीस्वर महर्जन को स्वागत, पार्टीका केन्द्रिय सदस्य सुरेश तामाङको सन्चालनमा भएको कार्यक्रममा सहिद हरु प्रति १ मिनेट मौन धारण गरिएको थियो ।पार्टी नीति, कार्यक्रम र वर्तमान राजनीतिक परिस्थितिबारे गौरब, संगठन , विधान, नियमावली, आचार संहिता सहितमा राम सिह श्रीस र संगठनात्मक अनुशासन र ब्यूरोले गरेका निर्णय कार्यान्वयन र पार्टी परिचालन सम्बन्धी आवस्यक निर्देशन सहित दिनेश शर्माले प्रशिक्षण दिनु भएको थियो।

७ नं. व्युरो ( नवलपुर बाहेकको साविकको गण्डकी अन्चल )


क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ७ नम्बर ब्युरोको बैठक र प्रशिक्षण सम्पन्न भएको छ । जेष्ठ १७ गते शनिबार पोखरामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले राजनीतिक प्रशिक्षण दिनुभएको हो ।


प्रशिक्षणका क्रममा नेता सुदर्शनले पार्टीको एकता महाधिवेशनले पारित गरेको कार्यदिशा र समग्र राजनीतिक आन्दोलनको बारेमा प्रशिक्षण दिनुभएको थियो । पार्टीले २०८१ चैत्र ४ गतेदेखि सञ्चालन गरेको ४५ दिने जनसम्बन्ध बिस्तार अभियानबारे केही दिन अगाडि बसेको पोलिटब्युरोको बैठकले गरेको समीक्षा र स्थायी समितिको बैठकले लिएका निर्णयहरुको जानकारी गराइएको थियो ।
बैठक तथा प्रशिक्षण कार्यक्रममा पार्टीको समग्र गतिविधि माथि समीक्षा गर्दै आगामी कार्यक्रमको बारेमा व्यापक छलफल भएको र प्रशिक्षणको कार्यक्रममा पनि उत्साहपूर्ण उपस्थिति रहेको थियो । राजनीतिक प्रशिक्षण ब्यूरो इन्चार्ज गतिको अध्यक्षता र ब्यूरो सचिब निस्चलको सञ्चालनमा भएको थियो । ब्यूरो सचिवालय सदस्य रबिको स्वागतमा सम्पन्न भएको कार्यक्रमको जन्जिरले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

५ नम्बर व्युरो (साविकको लुम्बिनी अन्चल)

२०८२ जेठ १६ गते, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ५ नम्बर व्यूरोको प्रशिक्षण सम्पन्न भएको छ। ब्यूरो अन्तरगतका केन्द्रीय सदस्यहरु, केन्द्रीय सल्लाहकारहरु र जिल्ला सचिवालय सदस्य सम्मको उपस्थिति रहेको उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन स्थायी समिति सदस्य असिमले गर्नु भएको थियो। ब्यूरो ईन्चार्ज प्रमोदको आतिथ्यता रहेको कार्यक्रममा शुभकामना मन्तव्य केन्द्रीय सल्लाहकार सदस्य संजीव कुमारले दिनुभएको थियो।
प्रशिक्षण कार्यक्रम असिमले पार्टीको नीति तथा कार्यक्रम र पार्टीको राजनीतिक प्रतिवेदन र देशको तात्कालिक राजनीतिक परिस्थिति, पिबिएम तथा ५ नम्बर व्यूरो ईन्चार्ज प्रमोदले पार्टीको विधान र संगठनात्मक प्रस्तावको बारेमा प्रशिक्षण दिनुभएको थियो भने व्यूरो सचिव सुबोधले पार्टीको संगठनात्मक नियमावलीहरु, आचार संहिताको बारेमा प्रशिक्षण दिनुभएको थियो।

एक दिन सम्म चलेको प्रशिक्षण कार्यक्रमको सञ्चालन संकल्प, अध्यक्षता ब्यूरो सचिव सुवोधले गर्नु भएको थियो भने स्वागत मन्तब्य रमेशले राख्नु भएको थियो।

१० नम्बर ब्युरो ( काभ्रे, सिन्धुली,रामेछाप,दोलखा,सिन्धुपाल्चोक )


गत राष्ट्रिय एकता महाधिवेशनबाट पारित दस्तावेजबारे प्रमुख प्रशिक्षक क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कँडेल प्रतिकले प्रशिक्षण दिनि भएको थियो । विधान, संगठनात्मक सिद्धान्त र केन्द्रीय समितिको दोश्रो पूर्ण बैठकबाट पारित संगठनात्मक नियमावली बारे
१० नम्बर ब्युरो ईन्चार्ज प्रवेशले – पी.वी. बैठकबाट पारित दस्तावेज र निर्णयबारे ,केन्द्रीय समितिको दोश्रो पुर्ण बैठकबाट पारित आर्थिक नियमावली र पार्टी सदस्यका लागि आचारसंहिता बारे प्रशिक्षण दिनु भएको थियो।
ईन्चार्ज प्रवेशले प्रस्तुत गरेको “आगामी कामबारे प्रस्ताव“ बैठकले पारित गरेको थियो । पारित प्रस्तावमा जेष्ठ महिना भरि जिल्ला बैठक बस्ने ,
जेष्ठ १० गते सम्म सिन्धुपाल्चोक जिल्लाको पार्टी सम्मेलन गर्ने आगामी माघ सम्म जनवर्गीय मोर्चाहरूको भेला ,सम्मेलन गर्ने ,तीन चरणमा संघर्षको कार्यक्रम गर्ने जसमा पहिलो चरणमा स्थानीय समस्या अध्ययनगर्ने , दोस्रो चरणमा भण्डाफोर कार्यक्रम चलाउने र तेस्रो चरणमा जनताको सहयोगमा जनकारबाही अभियान समेत गर्ने भनिएकोछ ।
प्रशिक्षण कार्यक्रमको संचालन जीवन (के.स. तथा सिन्धुली जिल्ला सचिव), अध्यक्षता बैकल्पिक पोलिट्व्युरो सदस्य तथा १० नं. क्षेत्रीय ब्यूरो सचिव विकासले गर्नु भएको थियो ।

११ नम्बर ब्युरो ( नवलपुर, चितवन,मकवानपुर )

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ११ नं. व्यूरोको बैठक तथा प्रशिक्षणपछि २०८२ जेठ १६ र १७ गते चितवनमा सम्पन्न भयो । जेठ १६ गते व्यूरोको बैठक बसी संगठन, संघर्ष र आर्थिक रुपमा महत्वपूर्ण निर्णय लिइयो । गत २०८१ चैत्र ४ देखि वैशाख १८ गते सम्म संचालित डेढ महिने जनसम्बन्ध विस्तार अभियानले तयार पारेको संगठन विस्तारको जगमा टेकेर मुख्यतः जनवर्ग, मोर्चा र जातीय, क्षेत्रीय संगठनको विस्तार गर्ने, पार्टीलाई सुदृढीकरण एवं शुद्धिकरण गर्ने, संघर्षमा देशमा व्याप्त भ्रष्टाचारको विरुद्धमा प्रचारात्मक आन्दोलनात्मक र क्रियात्मक संघर्ष गर्ने, २०८२ असार ५ गते व्यूरो भरी भ्रष्टाचार विरोधी अभियानको उद्घाटन गर्ने, आर्थिक, लेवि, कोटा व्यवस्थित गर्ने, शुभचिन्तक समर्थकहरुबाट सहयोग संकलन गर्ने, जिल्लाहरुले उत्पादनमूलक कार्यको थालनी गर्ने जस्ता निर्णय लिएको छ ।


त्यसैगरी जेठ १७ गते व्यूरो अन्तर्गतका जिल्ला सचिवालय सदस्यहरु लगायत सक्रिय क्रियाशील अगुवा जिल्ला सदस्यहरुलाई बोलाई १ दिने प्रशिक्षण सम्पन्न गरिएको छ । प्रशिक्षणको मुख्य प्रशिक्षक पार्टीका स्थायी समिति सदस्य कुमुद हुनुहुन्थ्यो ।उहाँले, पार्टी अनुशासनमा जोड दिंदै, पार्टी काममा विधानमा मार्ग निर्देशनको रुपमा लिंदै, विधानको राम्रो अध्ययन गर्ने, पार्टी केन्द्रबाट तयार पारिएका पार्टी आचारसंहिता, आर्थिक नियमावली, सांगठनिक नियमावली वाचन गरेर सुनाउने काम पश्चात् सोही अनुसार आचरण गर्ने, गराउने, पालन गर्ने गराउने बारे निर्देशन दिनुभयो । ततपश्चात् व्यूरो इन्चार्ज अटलले मंसिर १३–२३ मा सम्पन्न एकता महाधिवेशनले पारित राजनैतिक प्रतिवेदन हालै जेठ ६–८ गते सम्पन्न पोलिटव्यूरोले पारित राजनैतिक प्रस्ताव तथा परिपत्रहरुको व्याख्या विषयमा प्रशिक्षण दिनु भयो ।
प्रशिक्षणमा अटलले वर्तमान यथास्थितिवादी संविधान र व्यवस्था नांगिएको, सरकार भ्रष्ट भएको अग्रगामीहरुको लागि पूरै मैदान खाली भएकोले पार्टीको राजनैतिक कार्यदिशा, सामरिक कार्यदिशा अनुसार अगाडि बढ्नु पर्ने, नयाँ जनवादी क्रान्तिको खुड्किलो पूरा गर्दै वैज्ञानिक समाजवादमा जाने राजनीतिलाई केन्द्रमा राखेर आन्दोलन गर्नासाथ प्रतिगमनकारी, पश्चगामी राजावादीहरु यथास्थितिवादीहरुसँग आत्मसमर्पण गर्ने तथा यथास्थितिवादी कम्युनिस्ट नामधारी माओवादी केन्द्र र एमालेमा फुट हुने र त्यहाँ भएका क्रान्तिकारीहरु अग्रगामी धारामा जोडिने हुन्छ । त्यसको लागि धैर्यतापूर्वक नआत्तिकन निरन्तर गतिशील रुपमा अगाडि बढ्नु पर्छ भन्ने कुरा राख्नुभयो ।
पार्टी केन्द्रीय सदस्य जगतले स्वागत गर्नुभएको थियो । पार्टी केन्द्रीय सदस्य विकासले संचालन गर्नु भएको उक्त प्रशिक्षण कार्यक्रमको अध्यक्षता गर्नुभएको व्यूरो सचिव अनुकुलले प्रशिक्षण र बैठकद्वारा पारित नीति र निर्णय फिल्डमा लागु गरौं म पनि लागु गर्ने प्रतिबद्धता व्यक्त गर्दछु भन्दै कार्यक्रमको समापन गर्नुभयो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?