
मानवताको कलंक जातपात र छुवाछुत विभेद हुन्
हाम्रो देशका दलित भनिएका र बनाईएकाहरु प्राविधिक हुन् । उनीहरु प्रविधिलाई प्रस्फुटन गरी त्यसमा कला भरेर, पसिना छरेर, पसिना पोखेर सामानहरु उत्पादन गर्ने र समाजलाई अगाडि बढाउने कामको नेतृत्व र काम गर्दै आएका समाजको उच्च ज्ञानका धनी मानिसहरु हुन् । जुनसुकै अवस्थामा आफूले जानेको प्रविधिको प्रयोग गरेर सीपको समाजमा योगदान दिएका मान्छेहरुलाई यो समाजले सक्दो शोषणमा पारेर राख्यो । समाजले तल्लो जाति भनेर अछुत बनायो । उनीहरुलाई समाजबाट बहिस्कार गर्ने, उनीहरुलाई अस्वीकार गर्ने गर्दै आयो। उनीहरुलाई मात्र होईन उनका छोराछोरी शाखा सन्तान समेतलाई अछुत बनाएर राख्यो । समाजमा सिर्जनाको काम गर्नेहरुलाई समाजले अछुत बनायो । समाज तथा राज्यले उनीहरुलाई सँधै…