इश्वर तिमिल्सिनाकाे संयाेजकत्वमा ७३ सदस्यीय किमिटि निर्वाचित
काठमाडौं : नेपाली मजदुर आन्दोलनको अग्रदस्ता, जनवादी– समाजवादी क्रान्तिको मुल प्रवाह क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको अंग रहेका दुई मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का बिच एकता अधिवेशन सम्पन्न भएकाे छ ।
२०८१ श्रावण २५ गते ललितपुरको कुपोन्डोलमा भएको उक्त अधिवेशन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय संयोजक दिनेश शर्माको अध्यक्षतामा एवं अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का संयोजक गुणनिधी आचार्यको सन्चालनमा भएको अधिवेशनलाई रंगबिर दोङले स्वागत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा पार्टीका कार्यालय सदस्यहरु हेमन्त प्रकाश ओली, चिन्तामणी शर्मा, अर्थशास्त्री समेत रहनु भएका किसान संयोजक सिताराम तामाङले शुभकामना मन्तव्य राख्नु भयो । त्यसैगरी महिला संगठनबाट शारदा महत, विद्यार्थीबाट महेश श्रेष्ठ, पुर्व विद्यार्थी नेता पेशल दाहाल र व्यवसायी संगठनबाट जितेन्द्र दाहालले बधाई एवं शुभकामना मन्तव्य राख्नु भएको थियो ।
बैठकले ३ सदस्य पछि थप्ने गरी ७० सदसीय किमिटिकाे नाम समेेत सार्वजनिक गरिएकाे छ । जसमा १)ईश्वर तिमिल्सिना २)गुणनिधी आचार्य ३)रंगविर दोङ ४) टेकहरी न्यौपाने५) वालकृष्ण सिटौला ६)बिष्णु चौधरी ७) बद्री पासवान ८)नन्दु झा ९)ईश्वर ढुङ्गेल १०)नरेन्द्र बन्जाडे ११)जमालुद्दिन अन्सारी १२)भिमलाल काफ्ले १३) ज्योति नारायण सुवेदी १४)हिमलाल वाग्ले १५)अर्जुन बोगटी १६)युवराज थापा १७)नरेन्द्र बिश्वकर्मा १८)राम कुमार दोङ १९)उमेश लामा २०) राजु लामा २१)देवि गौली २२)लक्ष्मी राम दङ्गाल २३)छितिज गैरे २४) रत्न पराजुली २५)बरुण चौधरी २६)जुगेश्वर पासवान २७)फौजदार दास २८)गोपि भण्डारी २९)दीप खड्का ३०) रामहरि धिताल ३१)रामबाबु साह ३२)भिम खनाल ३३)जवाहर यादव ३४)वेदराज दियाली ३५)दिनेश घिमिरे ३६)मदन लामा ३७)कुमारी थापा मगर ३८)नवराज दाहाल ३९)शेरबहादुर मगर ४०)सुन्दर श्रेष्ठ ४१)पुर्ण लामा ४२) लीलामणि न्यौपाने ४३) भुवन थापा ४४)निमा लामा ४५) सुनिल सिलावाल ४६) मुक्तिनाथ चन्द ४७)गोमा आचार्य ४८)विनोद लामा ४९)रुद्र राई ५०)बैकुण्ठ घिमिरे ५१) नवीन बुढाथोकी ५२)राजन दाहाल ५३) मिलन श्रेष्ठ ५४)अशोक बोगटी ५५)बिष्णु कार्की ५६)श्याम राई ५७)राम प्रसाद आचार्य ५८)तिलक बुढा मगर ५९) दयराम खनाल ६०) नोदराज रुचाल ६१)गोपाल नेपाली ६२)ओबिराम जि.एम. ६३)कृष्ण के. सि.६४)रोम मरासिनी ६५)ज्ञानबहदुर खत्री ६६)रामदत्त जोशी ६७)कुमार घिसिङ ६८) राजन तिमिल्सिना ६९)राजकुमार खड्का ७०)कुमार कार्की रहेका छन् ।
सो अधिवेशनले गरेका निर्णयहरूलाई नवनिर्वाचित संयाेजक इश्वर तिमिल्सिनाले एक प्रेस वक्तव्य मार्फत् सार्वजनिक गर्नुभएकाे छ ।
जुन निम्न अनुसार रहेकाे छ :
‘१) अधिवेशनको सुरुमा मजदुर आन्दोलन एवं नेपाली समाजको परिवर्तनका निम्ति आफ्नो जीवन दिने महान सहिदहरु प्रति एक मिनेट मौन धारण गरियो ।
२) अधिवेशनमा ईश्वर तिमिल्सिनाद्वारा विधान– प्रतिवेदन प्रस्तुत गरियो जस अनुसार संगठनको नाम क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल राख्ने लगायत नीति, योजना र कार्यक्रम सर्व सम्मतिमा पास गरियो ।
३) दिनेश शर्माद्वारा प्रस्तुत ७३ सदस्यीय केन्द्रीय संगठन समिति चयन गर्ने प्रस्ताव पारित गर्याे । जस अनुसार ईश्वर तिमिल्सिना संयोजक र गुणनिधी आचार्य सह–संयोजक सहित ५ सदस्यीय कार्यालय र २३ सदस्यीय सचिवालय रहेको छ ।
४) कार्यविभाजन अनुसार प्रदेश नं. १ इन्चार्ज रंगबिर दोङ, संयोजक बिष्णु चौधरी, सह–संयोजक बद्री पासवान, प्रदेश नं. २ इन्चार्ज नन्दु झा, संयोजक ईश्वरराज ढुंगेल, प्रदेश नं. ३ इन्चार्ज एवं संयोजक बालकृष्ण सिटौला, प्रदेश नं. ४ इन्चार्ज टेकहरी न्यौपाने, संयोजक ज्योति नारायण सुवेदी, प्रदेश नं. ५ संयोजक नरेन्द्र बन्जाडे, प्रदेश नं. ६ इन्चार्ज एवं संयोजक गुणनिधी आचार्य र प्रदेश नं. ७ इन्चार्ज गुणनिधि संयोजक नरेन्द्र बिश्वकर्मा तोकिएको छ ।
५) आगामी ३ महिनाका ठोस गरिएको कार्ययोजना निम्न प्रकार रहेको छ । १) प्रदेश र जिल्ला तहमा एकता भेलाहरु गर्ने, २) आवस्यक विभागहरु गठन गर्ने, ३) सदस्यता वितरणका साथै इकाई समितिहरु निर्माण गर्ने, ४) प्रचारात्मक संघर्षका साथै मुखपत्र प्रकाशित गर्ने लगायत छन् ।
अन्तमा दक्षिणपंथी संसोधनवादी प्रदुषित हावा तिब्र गतिमा चलिरहेको वर्तमान अबस्थामा क्रान्तिकारी कम्युनिस्टहरुका बिचमा चलिरहेको एकता एवं ध्रुविकरण प्रक्रियाले पार्टी बाहिरका प्रतिक्रियावादी तत्वहरु र संगठनभित्र विद्यमान रहने अर्थवादी, ट्रेड युनियनवादी, अराजकतावादी, अवसरवादी, गुटवादी, फुटपरस्त प्रवृत्तिहरुलाई बिचलित तुल्याउन सक्ने र त्यस प्रकारका तत्वहरुबाट भ्रम सिर्जना गर्न सक्ने सम्भावना प्रती विषेश ध्यान दिदै हरेक इमानदार सदस्यहरुलाई अविचलित रुपमा क्रान्तिकारी मजदुर आन्दोलनको झण्डा वरिपरि दृढता पुर्वक उभिन अपिल गरेको छ ।’