क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले भदौ १७ गते देशव्यापी विरोध कार्यक्रम गर्ने

काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आयोजनामा २०८१ भदौ १७ गते देशव्यापी विरोध कार्यक्रम हुने भएको छ । राष्ट्रियता ,जनतन्त्र र जनजीविकाको पक्षमा तथा देशमा व्याप्त महंगी ,भ्रष्टाचार वेरोजगारी तमाम प्रकारका वर्तमान अवस्थामा देखिएका वेथितिको विरोधमा क्रान्तिकारी कम्युनिष्ट पार्टीले कार्यक्रम गर्ने भएको हो ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको तीन न. प्रदेश अन्र्तगत काठमाण्डौ, भक्तपुर र ललितपुरको संयुक्त आयोजनामा १७ गते १२ बजे रत्नपार्कको शान्तिवाटिकामा जम्मा भई जुलुसको कार्यक्रम गर्ने पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले हाँक टुडेलाई जानकारी दिए । जुलुस रत्नपार्कबाट शुरु भएर शहिदगेट ,न्यूरोड हुँदै जनवहालमा पुगेर सभामा परिणत हुने र सभामा प्रवक्ता तथा तीन न. प्रदेश इञ्चार्ज सहित केन्द्रीय तथा जिल्लास्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि प्रवक्ताले जानकारी दिए । बाँकी जिल्लाहरुमा भने आ आ–आफ्नै तरिकाले सभा कोण सभाहरु हुनेछ । त्यसमा सभामा केन्द्र तथा जिल्लास्तरका नेताहरुले सम्बोधन गर्ने छन् ।

प्रदेश न ४ अन्र्तगत कास्की , वाग्लुङ ,नवलपुरमा सभा गर्ने निर्णय रहेको छ ।नवलपुरमा इन्चार्ज हरिभक्त कंडेल ,कास्कीमा केशबहादुर परियार , वाग्लुङमा रेशम गिरी र जिल्ला नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै तनहुँमा आकाश गौतम र जिल्ला नेताहरुले सम्बोधन गर्नेकार्यक्रम रहेको इज्चार्ज हरिभक्त कंडेलले हाँक टुडेलाई जानकारी दिए । साथै अरु जिल्लाहरुमा पनि मशाल, जुलुस कोण सभा गर्ने तयारी भैरहेको छ ।र जिल्ला इञ्चार्ज सह इञ्चार्जहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै १ नं प्रदेशमा सबै जिल्लाहरुलाई १७ गतेको कार्यक्रमलाई प्रभावकारी तरिकाले सफल पार्ने निर्णय भएको इन्चार्ज सुरेन्द्र भण्डारीले जानकारी दिएका छन् ।

प्रदेश न.२ मा पनि आ–फ्नो तरिकाले कार्यक्रम गर्ने तयारी भैरहेको छ । एकै दिन सम्भव नभएमा फरक फरक दिनमा भएपनि विरोध कार्यक्रम गर्ने तयारी भएको त्यहाँबाट प्रदेश इन्चार्ज दिनेश शर्माले जानकारी गराए ।
६ नं प्रदेशमा पनि विरोध कार्यक्रमको व्यापक तैयारी भैरहेको त्यहाँका इन्चार्ज प्रेम सुवेदीले जानकारी गराए ।उनका अनुसार प्रदेश समितिको बैठक भदौ २०८१ भदौ सात र आठ गते बसेर विरोध कार्यक्रमलाई सफल बनाउने निर्णय भएको छ । बाँकेमा संयोजक दीपक शाही , बर्दियामा संयोजक प्रेम थापा , दैलेखको दुल्लु , सुर्खेतको विरेन्द्रनगर र बाँकेको नेपालगञ्ज र जाजरकोटमा विरोध कार्यक्रम हुँदैछ ।

त्यस्तै गरी ५ नं प्रदेशमा सबै जिल्लाहरुमा विरोध कार्यक्रम हुने भएको छ । सबैजिल्लाहरुले एक एक ओटा कार्यक्रम अनिवार्य गर्ने निर्णय भएको प्रदेश इञ्चार्ज कृष्णराज पौडेलले जानकारी गराए । ७ नं प्रदेशमा १५ गते कञ्चनपुरको जैदीमा सभाको कार्यक्रम रहेको छ । कार्यक्रममा प्रदेश इञ्चार्ज लालबहादुर जाग्री सहित प्रदेश संयोजक सह संयोजकले संबोधन गर्ने कार्यक्रम रहेको इन्चार्ज लालबहादुर जाग्रीले जानकारी दिए ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले यो विरोध सभालाई सफल पार्नको लागि सबै नेता कार्यकर्तालाई अनुरोध गर्नुुका साथै सबै जनताहरुलाई सहभागी भई विद्यमान विकृति ,विसंगतिको विरोधमा लाग्न अनुरोध गरेको छ ।

वर्तमानअवस्थामा देश निकै अपठ्यारो स्थितिमा रहेको छ ।देशमा दैनिक जनजीविकाको समस्या देखि लिएर दलाल संसदीय व्यवस्थाले जनताको ढाड सेकेको छ । वेरोजगारीको मारमा युवाहरु परेका छन् । पर्यावरणीय संकट दिनानुदिन गहिरिँदो छ । बाढी ,पहिरो, डुबान जस्ता समस्याहरुले जनता पीडित रहेका छन् । जनताको समस्या समाधान गर्न भन्दा पनि सत्तामा रहेका राजनीतिक दलहरु भागबन्डा गफमा र सत्ता परिवर्तनको खेलमा मस्त रहेका छन् । व्यवस्थाले सिर्जेका समस्याहरु यही व्यवस्थामा पूरा गर्न सकिन्छ भन्दै सपना बाँडिरहेका छन् । राष्ट्रियता ,जनतन्त्र र जनजीविकाको समस्या हट्न सकेको छैन ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?