दिनेश शर्मा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा राष्ट्रिय स्वाधीनताको लागि संयुक्त मोर्चा निर्माण गर्न आधारहरु प्रस्तुत

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा राष्ट्रिय स्वाधीनताको लागि संयुक्त मोर्चा निर्माण गर्न आधारहरु प्रस्तुत

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रिय स्वाधीनताको लागि संयुक्त मोर्चा निर्माण गर्न आधारहरु प्रस्तुत गरेको छ । २०८३ श्रावण २६ र २७ गते सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समिति अन्तर्गतको राजनीतिक परिषदको चौथो बैठकले अन्य देशभक्त ,जनतान्त्रिक तथा वामपन्थी शक्ति ,समूह र व्यक्तिहरुसित मिलेर संयुक्त मोर्चा निर्माण गर्न आधारहरु प्रस्तावित गर्ने निर्णय गरेको हो । तत् सम्बन्धमा जानकारी गराउन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८३ साउन २९ गते एक प्रेस –विज्ञप्ति जारी गर्नु भएको हो । वक्तव्यको पूर्ण पाठ यस प्रकार छ – “यही श्रावण २६ र २७ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समिति अन्तर्गत राजनीतिक…
Read More
क्रान्तिकारी प्रेस संगठनको जुम बैठक सम्पन्न

क्रान्तिकारी प्रेस संगठनको जुम बैठक सम्पन्न

विगतका गतिविधिको समीक्षा गर्दै भावी योजना प्रभावकारी रूपमा अघि बढाउने निष्कर्ष सागर श्रेष्ठ/काठमाडौं : क्रान्तिकारी प्रेस संगठनको जुममार्फत भर्चुअल बैठक सम्पन्न भएको छ। संगठनका संयाेजक नारायण पंगेनीको अध्यक्षतामा सम्पन्न बैठकमा संगठनका गतिविधि, विगतमा सञ्चालन गरिएका कार्यक्रम तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल भएको थियो। बैठकलाई संगठनका नेतृत्वदायी व्यक्तित्व हुकुम सिंह र इन्द्र राउतले सम्बोधन गर्नुभएको थियो। सम्बोधनका क्रममा उहाँहरूले संगठनलाई थप सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउँदै पत्रकार तथा सञ्चारकर्मीका पेशागत तथा सांगठनिक विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो। बैठकमा सहभागी विभिन्न पदाधिकारी तथा सदस्यहरूले संगठनले विगतमा सञ्चालन गरेका गतिविधिको समीक्षा गर्दै आफ्ना अनुभव, सुझाव र धारणा प्रस्तुत गरेका थिए।…
Read More
क्रान्तिकारी युवा संघ नेपालले निगमका कार्यकारी निर्देशकलाई बुझायाे ज्ञापनपत्र

क्रान्तिकारी युवा संघ नेपालले निगमका कार्यकारी निर्देशकलाई बुझायाे ज्ञापनपत्र

काठमाडाैँ : सिपि गजुरेल गाैरव नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे साहायक संगठन क्रान्तिकारी युवा संघ नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन र खाना पकाउने ग्यास सहज बनाउन माग गर्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक लाई ज्ञापन पत्र बुझाएको छ । २०८३ साउन २२ गते संघका संयोजक दोर्जी शेर्पा, झनक श्रेष्ठ र गोबिन्द काफ्ले सहितको प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा जनताको ढाड सेक्नेगरी गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन र खाना पकाउने ग्यास सहज बनाउन जोडदार माग गरिएको छ । ज्ञापन पत्रमा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय, सिंहदरबार, काठमाडौं लाई समेत बोधार्थ गराइएको छ…
Read More
यस्तो छ साउन २० मा हुलाकमार्फत् प्रधानमन्त्री बालेन्द्र साहलाई पठाइएको ज्ञापन पत्र

यस्तो छ साउन २० मा हुलाकमार्फत् प्रधानमन्त्री बालेन्द्र साहलाई पठाइएको ज्ञापन पत्र

(अखिल नेपाल आदिवासी जनजाति महासंघले हुलाकमार्फत् प्रधानमन्त्री बालेन्द्र साहलाई बुझाएको ज्ञापन पत्र) श्री सम्मानीय प्रधानमन्त्री ज्यू,नेपाल सरकार, सिंहदरवार काठमाडौं । विषय : ज्ञापन पत्र । महोदय,उपरोक्त सम्बन्धमा हाम्रो गौरवशाली संगठन अखिल नेपाल आदिवासी जनजाति महासंघको तर्फबाट नेपालका उत्पीडित आदिवासी जनजाति संबन्धी तथा अन्य समसामयिक माग तथा मुद्दाहरुबारे नेपाल सरकारलाई गंभीर प्रकारले ध्यानाकर्षण गराउन र पूरा गर्न सम्मानीय प्रधानमन्त्री ज्यूमा यो ज्ञापन पत्र पेस गर्न चाहन्छौंँ । हाम्रा मागहरु यस प्रकार रहेका छन् ः १. विश्व आदिवासी दिवस विश्वकै उत्पीडित तथा पहिचानजनित मानव समुदायका उत्पीडनका विरुद्ध समानता र तिनका पहिचानजन्य हक, हित र अधिकार संरक्षण, सम्वर्धन र स्थापित गर्नका लागि अगष्ट…
Read More
देशभरी भ्रष्टाचार विरुद्ध अभियानको प्रारम्भ

देशभरी भ्रष्टाचार विरुद्ध अभियानको प्रारम्भ

काठमाडौ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले असार ५ गते देखि भ्रष्टाचार विरुद्ध अभियानको प्राम्भ गरेको छ । जुलुस ,सभा,कोण सभा, ज्ञापन पत्र प्रस्तुत गर्दै अभियानको प्रारम्भ गरिएको हो । बाँकेक्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बाँकेमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई ज्ञापनपत्र बुझाएको छ । केन्द्रीय पर्चा, ३ नम्बर व्यूरोले तयार पारेको २१ बुँदे भ्रष्टाचार हुने क्षेत्र तोकेको पर्चासहित जिल्ला सेक्रेटेरी गुणानिधि आचार्यले हस्ताक्षर गरेको ज्ञापनपत्र सिडिओलाई बुझाइएको हो ।ज्ञापनपत्र बुझाइसकेपछि भेरी अस्पताल चोकमा कोणसभा गरिएको थियो । कोणसभामा प्रमुख वक्ता पार्टीका बैकल्पिक पोलिटव्युरो सदस्य तथा ३ नम्बर ब्युरो सचिव दीपक शाही हुनुहुन्थ्यो । कोणसभामा पार्टी जिल्ला सेक्रेटरी आचार्यले पनि सम्बोधन गर्नु भएको…
Read More
क्रान्तिकारी विकल्पको रुपमा जनगणतन्त्रको योजना अगाडि सार्नु पर्दछः ईश्वर तिमिल्सिना

क्रान्तिकारी विकल्पको रुपमा जनगणतन्त्रको योजना अगाडि सार्नु पर्दछः ईश्वर तिमिल्सिना

ईश्वर तिमिल्सिना संयोजक क्रान्तिकारी टे«ड युनियन महासंघ नेपाल, केन्द्रीय संगठन समित १. ईश्वर जी ,तपाईको राजनीतिक यात्रा कसरी सुरु भएको थियो ?– अत्यधिक बहुमत प्राप्त गरेर निर्वाचित भएको विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको कांग्रेस सरकारलाई विस्थापित गरेर राजा महेन्द्रद्वारा अगाडि सारिएको निरंकुश पन्चायती व्यवस्थाको उत्तरार्धतिर प्रजातान्त्रिक व्यवस्थाको जन अपेक्षा चुलिएको बेला बन्द कोठा भित्र उन्मुक्तिका आकांक्षा व्यक्त हुदै गरेको समयमा म वयस्क हुँदै थिएँ । त्यही २०४५ को सेरोफेरोमा विकसित हुँदै गरेको राजनीतिक परिवर्तनको पूर्व सन्ध्यामा म बाम राजनीतिको सम्पर्कमा जोडिन पुगेँ । २०४६ सालको निरंकुशता विरोधी आन्दोलनमा परिवर्तनकारी शक्तिहरुको उत्साही गर्जनले ममा पनि हौसला थपिदै गयो । आन्दोलनले आंशिक सफलता प्राप्त…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको देशैभरी राजनीतिक वैचारिक प्रशिक्षण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको देशैभरी राजनीतिक वैचारिक प्रशिक्षण

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १६ वटै ब्युरोमा प्रशिक्षणको कार्यक्रम राखेकोछ । जस अन्तरगत अहिले ५, ७, ९, १० र ११ नम्बर ब्युरोका प्रशिक्षण सम्पन्न भएका छन् । गत जेष्ठ ६ देखि ८ सम्म काठमाडौंमा सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको दोस्रो पोलिटब्युरो बैठकले गरेका निर्णयहरूलाई कार्यान्वयन गर्न तथा गत मंसिरमा पार्टीको राष्ट्रिय एकता महाधिवेशनले पारित गरेका सिद्धान्त ,राजनीति , नीति , कार्यक्रममा स्पष्टताका लागि यो प्रशिक्षण आयोजना गरिएको पार्टी स्रोतले हाँकलाई जानकारी गराएको छ। ९ नम्बर व्युरो ( काठमाडौ उपत्यका) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं . ब्यूरो को आयोजनामा बैचारिक , राजनीतिक प्रशिक्षण सम्पन्न भएकोछ।ब्यूरो सचिब चिन्तामणि पौडेलको अध्यक्षता,…
Read More
महत्वपूर्ण निर्णय गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्युराेकाे चाैथाे पूर्ण बैठक सम्पन्न

महत्वपूर्ण निर्णय गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्युराेकाे चाैथाे पूर्ण बैठक सम्पन्न

कुपण्डाेल, ललितपुर : महत्वपूर्ण निर्णय गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युरोको चाैथाे पूर्ण बैठक सम्पन्न भएको छ। ब्युरो सचिब चिन्तामणि पौडेलको अध्यक्षता तथा सञ्चालनमा पार्टीका कार्यबाहक महासचिव सिपि गजुरेल (गौरव)को विशेष उपस्थिति, पार्टीका पोलिट ब्युरो सदस्य तथा ९ ब्युरो इन्चार्ज दिनेश शर्माको उपस्थितिमा उक्त बैठक २०८२ जेठ १८ गते आइतबार महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएकाे जानकारी ब्युराे कार्यालय सचिव प्रज्वलले दिनुभयाे । बैठकमा अध्यक्ष प्रवाहले पार्टी पीबि र स्थायी समितिद्वारा २०८२ जेठ १३ गते प्रेसित गरिएको परिपत्रहरु वाचन गर्नुभएकाे थियाे । कार्यक्रममा सहिदहरुप्रति १ मिनेट श्रद्धाञ्जली अर्पण गरेको थियो भने पार्टीका का.बा. महासचिव कमरेड गौरव र पोलिट ब्युरो…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भ्रष्टाचारका विरुद्ध अभियान चलाउने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भ्रष्टाचारका विरुद्ध अभियान चलाउने

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पोलिटव्यूरोको दोस्रोे पूर्ण बैठक ०८२ जेठ ६ देखि ८ गते सम्म पार्टीका कार्यवाहक महासचिव गौरवको अध्यक्षतामा बसेको छ । बैठकले कार्यवाहक महासचिव गौरवले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ । बैठकले गत ०८१ चैत्र ४ गतेदेखि ०८२ वैशाख १८ गतेसम्म सञ्चालित जनसम्बन्ध विस्तार अभियानको विस्तृत समीक्षा गरेको छ । जनगणतन्त्रलाई विद्यमान संकटको विकल्पका रुपमा सहकार्यका निमित्त वातावरण बनाउन देशमा छरिएर रहेका विभिन्न क्रान्तिकारी समूह, व्यक्तित्वहरु सित भेटघाट, छलफल गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको छ । भ्रष्टाचारका विरुद्ध अभियान सन्चालन गर्ने बैठकले निर्णय गरेको छ । बैठक पछि पार्टीका कार्यवाहक महासचिव गौरवले २०८२…
Read More
भद्रकुमारी चौलागाईंको हार्दिक श्रद्धाञ्जली कार्यक्रम  सम्पन्न

भद्रकुमारी चौलागाईंको हार्दिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

पाँचखाल : काभ्रे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट्ब्युरो सदस्य क. दिनेश शर्मा सागरको आमा हामी सबैको आमा भद्रकुमारी चौलागाईंको सम्झनामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे जिल्लाको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भयो। चौलागाईं निबास पाँचखालमा सम्पन्न श्रद्धाञ्जली सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबहाक महासचिव क.सिपि गजुरेलले मृतक भद्रकुमारी चौलागाइको फोटोमा माल्यार्पन गरि श्रद्धाञ्जली ब्यत्त गरेका हुन । श्रद्धाञ्जली सभामा बोल्दै कार्यबाहक महासचिव गजुरेलले जनयुद्धकालमा महान योद्धा जन्माउने आमा हामी सबैको आमा भद्रकुमारी चौलागाईंको हातबाट आफुले जनयुद्ध ताका खाना खएको र कम्रेड दिनेश शर्मा जस्तो महान योद्धा जन्माएर चौलागाईं परिवारले कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएको बताउनु भयो। कार्यक्रममा पार्टीको स्थाइ समिति सदस्य…
Read More