महत्वपूर्ण निर्णय गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्युराेकाे चाैथाे पूर्ण बैठक सम्पन्न

कुपण्डाेल, ललितपुर : महत्वपूर्ण निर्णय गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युरोको चाैथाे पूर्ण बैठक सम्पन्न भएको छ।

ब्युरो सचिब चिन्तामणि पौडेलको अध्यक्षता तथा सञ्चालनमा पार्टीका कार्यबाहक महासचिव सिपि गजुरेल (गौरव)को विशेष उपस्थिति, पार्टीका पोलिट ब्युरो सदस्य तथा ९ ब्युरो इन्चार्ज दिनेश शर्माको उपस्थितिमा उक्त बैठक २०८२ जेठ १८ गते आइतबार महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएकाे जानकारी ब्युराे कार्यालय सचिव प्रज्वलले दिनुभयाे ।

बैठकमा अध्यक्ष प्रवाहले पार्टी पीबि र स्थायी समितिद्वारा २०८२ जेठ १३ गते प्रेसित गरिएको परिपत्रहरु वाचन गर्नुभएकाे थियाे ।

कार्यक्रममा सहिदहरुप्रति १ मिनेट श्रद्धाञ्जली अर्पण गरेको थियो भने पार्टीका का.बा. महासचिव कमरेड गौरव र पोलिट ब्युरो सदस्य एवं ९ नम्बर ब्युरो इन्चार्ज कमरेड सागरद्वारा परिपत्रको ब्याख्यासहित रिपोर्टिङ्गमा उठेका कतिपय विषयहरुप्रति स्पष्ट पार्नुका साथै तात्कालीन राजनीतिक
परिस्थिति र पार्टीका भावी योजना सम्बन्धी विषयमा भाव सम्प्रेषण गर्नुभएकाे थियाे ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?