पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको अनलाइन पोर्टल सार्वजनिक
कम्युनिस्ट नेताहरूले दिए एउटै मार्क्सवादी शिक्षामा जोड काठमाडौँ : पुष्पलाल मार्क्सवादी विश्वविद्यालयले आफ्नो डिजिटल साइट सार्वजनिक गरेको छ । नेपालमा क्रियाशील सम्पूर्ण गैरसंसदीय र संसद्वादी कम्युनिस्ट/वामपन्थी पार्टीका नेताहरू सहभागी गराएर सहिद तथा बेपत्ता योद्धाका परिवारजनका हातबाट पुष्पलाल मार्क्सिस्ट युनिभर्सिटी डटकम नामको अनलाइन आरम्भ गरिएको जानकारी विश्वविद्यालयले दिएको छ । विश्वविद्यालयले एउटै मालेमावादी शिक्षा प्रदान गर्ने र मार्क्सवादी दर्शन र विचारको प्रवर्द्धन गर्ने लक्ष्य राखेको बताइएको छ । अनलाइन सार्वजनिकीकरण तथा नेपालको वामपन्थी आन्दोलनको अवस्था र यसको दिशा विषयक कार्यक्रममा जनयुद्ध आरम्भकर्तामध्येका एक नेता हरिबोल गजुरेल ‘शीतलकुमार’, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, नेकपा एमालेका पूर्वउपाध्यक्ष युवराज ज्ञवाली, नेपाली…