Blog

प्रतिरोध स्वरुप इरानले यस्तो गर्दैछ तयारी

प्रतिरोध स्वरुप इरानले यस्तो गर्दैछ तयारी

काठमाडौं : अमेरिकाले इजरायलको युद्धमा सहभागिता जनाए इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैनिक अड्डाहरूमा आक्रमण गर्ने तयारी गरेको छ ।  अमेरिकाले हस्तक्षेप गरे उसका सैन्य अड्डाहरूमा इरानले आक्रमण गर्न मिसाइल र अन्य सैन्य उपकरणहरू तयार गरेको अमेरिकी अधिकारीहरूले हालैको गुप्तचर प्रतिवेदनहरूको विश्लेषण पछि बताएका छन् ।  अमेरिकाले युरोपमा तीन दर्जनभन्दा बढी इन्धन आपूर्ति विमानहरू पठाएको छ । अमेरिकी अड्डाहरूको सुरक्षामा तैनाथ लडाकू जेटहरूलाई सहयोग र इरानी परमाणु सुविधाहरूमा सम्भावित बमवर्षक विमानहरूको उडान सीमा बढाउन प्रयोग हुनसक्ने न्यूयोर्क टाइम्सले जनाएको छ । इजरायलले ह्वाइट हाउसलाई इरानसँगको द्वन्द्वमा हस्तक्षेप गर्न दबाब दिँदै गरेको अवस्थामा अमेरिकी अधिकारीहरूमा विस्तृत युद्धको आशंका बढ्दै गएको छ । …
Read More
असार ५ गतेदेखि देशव्यापी ‘भ्रष्टाचारविरोधी अभियान’ सफल पार्न जनसमुदायमा अपिल

असार ५ गतेदेखि देशव्यापी ‘भ्रष्टाचारविरोधी अभियान’ सफल पार्न जनसमुदायमा अपिल

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले हालै एक अपिल जारी गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गत पीबीे बैठकको निर्णय अनुसार २०८२ साल असार ५ गतेदेखि देशव्यापी रुपमा भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्न गइरहेको छ । यस भ्रष्टाचार विरोधी अभियानमा सहभागी हुन सम्पूर्ण न्यायप्रेमी जनसमुदायसँग हार्दिक अपिल गरेको छ ।यस्तो छ अपिलको पूर्णपाठ ः “हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गत पीबीे बैठकको निर्णय अनुसार २०८२ साल असार ५ गतेदेखि देशव्यापी रुपमा भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्न गइरहेको छ । यस भ्रष्टाचार विरोधी अभियानमा सहभागी हुन हामी सम्पूर्ण न्यायप्रेमी जनसमुदायसँग हार्दिक अनुरोध गर्दछौं । भ्रष्टाचार विरोधी अभियान किन ?हाम्रो…
Read More
‘संघीय जनगणतन्त्र स्थापना गरेर मात्र क.प्रतापको सपना साकार हुन्छ’

‘संघीय जनगणतन्त्र स्थापना गरेर मात्र क.प्रतापको सपना साकार हुन्छ’

दोलखा : जनयुद्धका महान सहिद रित बबहादुर खडका (क. प्रताप)को २४ औं स्मृति दिवस क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, दोलखा जिल्ला समितिको आयोजनामा चरिकोटमा भव्य रुपमा सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्य तथा १० नं. ब्यूरोका इन्चार्ज प्रवेशको प्रमुख आतिथ्यतामा सम्पन्न भएको स्मृति दिवसको अध्यक्षता तथा सञ्चालन जिल्ला सचिव अभियानले गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रवेशले नयाँ जनवादी राज्यसत्ता स्थापनाको आन्दोलनमा उहाँको शहादतले अपुरणीय क्षति पुगेको र नेपाली क्रान्तिले एक नक्षत्र एवम कुशल संगठक गुमाउनु परेको स्मरण गर्नु भयो । नयाँ जनवादी राज्यसत्ता स्थापनाका निम्ति जनयुद्धका क्रममा प्रतापसहित जनताका होनहार सन्ततिले प्राणोत्सर्ग गरेको चर्चा गर्दै…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पतालबाट डिस्चार्ज

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पतालबाट डिस्चार्ज

कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले दिए सबैलाइ धन्यवाद काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गत जेठ १८ गतेदेखि महाराजगंज स्थित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा सघन उपचारमा रहनुभएका महासचिव किरण असार २ गते साँझ अस्पतलाबाट डिस्चार्ज हुनुभएको हो । उहाँ स्वासप्रश्वास र निमोनियाबाट संक्रमित हुनुहुन्थ्यो । महासचिव किरणको उपचारमा संलग्न शिक्षण अस्पतालका डा. निरज बम र साक्षात्कार विष्ट तथा रविश मिश्र लगायत अन्य डाक्टरहरु एवम् परिचारिकाहरुको अथक प्रयासले उहाँले स्वास्थ्य लाभ गर्नु भएको हो । पार्टी महासचिव अस्पतालबाट डिस्चार्ज भएपछि पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले एक प्रेस वक्तव्य जारी गरी महासचिव किरणको…
Read More
इरान-इजरायल युद्ध: मिसाइल र बम आक्रमण झनै तीव्र

इरान-इजरायल युद्ध: मिसाइल र बम आक्रमण झनै तीव्र

इरानले आइतबार गरेको मिसाइल हमलामा ध्वस्त मध्य इजरायलको बात यमस्थित आवासीय क्षेत्र । तस्बिर : एपी/रासस
Read More
शैक्षीक माफिया र भ्रष्टहरु अब अखिल(क्रान्तिकारी)काे निसानामा

शैक्षीक माफिया र भ्रष्टहरु अब अखिल(क्रान्तिकारी)काे निसानामा

काठमाडाैँ : अखिल (क्रान्तिकारी)ले असार १५ देखि भदौ ३० गतेसम्म पहिलो चरणमा देशव्यापी ‘विद्यार्थी जागरण तथा शैक्षीक संघर्षको अभियान’को घोषणा गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले अघोषितरुपमा शिक्षालाई निजीकरण तथा व्यापारीकरण गर्न लागेकोले आफूहरुले सघर्ष गर्नु परेकोसमेत जनाएको छ । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) निककट दुई अखिल(क्रान्तिकारी) र नेकपा(मसाल) निकट अखिल(छैटौं)सहित ३ वटा विद्यार्थी संगठनले जेठ २८ र २९ गते एकता राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठकले संघर्षको घोषणा गरेको जनाएको छ । https://www.youtube.com/watch?v=rto0dhqkk60&t=869s पत्रकार सम्मेलनमा बोल्दै अखिल(क्रान्तिकारी)का संयोजक महेश श्रेष्ठले सरकारले अघोषितरुपमा शिक्षालाई निजिकरण गर्न लागेकोले आफूहरुले संघर्षको घोषणा गर्नु परेको बताए…
Read More
इजरायलविरूद्ध ‍हमलामा इरानलाई साथ दिदै यमनबाट हुथीको हमला

इजरायलविरूद्ध ‍हमलामा इरानलाई साथ दिदै यमनबाट हुथीको हमला

 रासस/एएफपी : इरान समर्थित यमनको हुथी समूहले इजरायलमाथि हमला गरेको दाबी गरेको छ। शुक्रबार इजरायलले इरानमा प्रहार गरेपछिको जबाफी हमलामा आफूहरूले इरानलाई सघाएको हुथीले जनाएको छ।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार हुथीका प्रवक्ता येह्या सरेले टेलिभिजन सम्बोधनमार्फत हुथीले पनि इरानसँग समन्वय गरी इजरायलमा हमला गरेको बताएका छन्। बितेको चौबीस घन्टामा इजरायको मध्ये सहर जाफालाई लक्ष्य गरेर हुथीले धेरै मिसाइलहरू प्रहार गरेको प्रवक्ता सरेले बताएका छन्। हुथीले पहिलो पटक कुनै देशसँग समन्यव गरी सैन्य कारबाही गरेको पहिलो पटक स्वीकार गरेको रोयटर्सले लेखेको छ। इजरायली अधिकारीहरुले पनि आफ्नो भूभागहरूमा इरान र यमनबाट मिसाइल हमला भएको बताएका छन्। यमनमा इरानले नै हतियार र पैसा दिएर हुथीलाई विभिन्न गतिविधिमा…
Read More
इरानी आक्रमणमा इजरायलमा ८ को मृत्यु, १ सयभन्दा बढी घाइते

इरानी आक्रमणमा इजरायलमा ८ को मृत्यु, १ सयभन्दा बढी घाइते

समाचार सारांश इरानले इजरायलमाथि गरेको आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु र १०० भन्दा बढी घाइते भएका छन्। बट याम र टामरा सहरमा आक्रमण हुँदा भवनहरूमा क्षति पुगेको छ र उद्दार कार्य जारी छ। इरानले इजरायलका लडाकु विमानको इन्धन उत्पादन गर्ने कारखाना र ऊर्जा केन्द्रहरूलाई लक्षित गरेको दाबी गरेको छ। तेल अभिभ । इजरायलले गरेको आक्रमणको जवाफमा इरानले इजरायलको मध्य क्षेत्रमाथि हमला गरेको छ । पछिल्लो आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको तथा १ सय जनाभन्दा घाइते भएको इजरायली आपत्कालीन सेवाहरूले पुष्टि गरेका छन्। तेल अभिभ महानगर क्षेत्रभित्र पर्ने बट याममा गरिएको मिसाइल प्रहारमा एउटा भवन प्रत्यक्षरूपमा लक्षित भएको देखिएको छ।…
Read More
इरानी रक्षा मन्त्रालयमा हमला, इजरायलको हाफिजा तेल प्रशोधन केन्द्र ध्वस्त

इरानी रक्षा मन्त्रालयमा हमला, इजरायलको हाफिजा तेल प्रशोधन केन्द्र ध्वस्त

काठमाडौं : इरान र इजरायलले शनिबार राति फेरि एक अर्काका देशमा धेरै मिसाइलहरू प्रहार गरेका छन्। दुई देशबीच पछिल्लो ४८ घण्टादेखि द्वन्द्व जारी रहेको छ, यो अझै मिसाइल हानाहान भइरहेको छ । समाचार अनुसार इजरायलले तेहरानस्थित रक्षा मन्त्रालयलाई निशाना बनाएको दाबी गरिएको यस बाहेक तेहरान र बुसेहरमा तेल डिपो र ग्याँस रिफाइनरी सहित १५० भन्दा बढी लक्ष्यमा आक्रमण गरेको जनाएको छ । दुई दिनसम्म चलेको लडाइमा अहिलेसम्म ९ आणविक वैज्ञानिक र २० भन्दा बढी इरानी कमाण्डरसहित १३८ इरानी मारिएका छन् भने ३ सय ५० भन्दा बढी घाइते भएका छन् । इरानको राजधानी तेहरानसहित ७ राज्यमा वायु रक्षा प्रणाली सक्रिय गरिएको छ…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव किरणको स्वास्थ्य सुधारोन्मुख

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव किरणको स्वास्थ्य सुधारोन्मुख

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । केही दिनदेखि त्रिवि शिक्षण अस्पताल महाजगञ्जमा उपचाररत वहाँलाई सुरेशवाग्ले भवनको सिसियुबाट क्याविन ६०१ मा सरुवा गरिएको छ । २०८२ जेठ २९ गते क्याविनमा सारिएको वहाँको उपचारमा खटिइरहनु भएका टेकहरी न्यौपानेले हाँक टुडेलाई जानकारी गराउनु भएको छ । हाँक परिवार वहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
Read More