कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले दिए सबैलाइ धन्यवाद

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गत जेठ १८ गतेदेखि महाराजगंज स्थित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा सघन उपचारमा रहनुभएका महासचिव किरण असार २ गते साँझ अस्पतलाबाट डिस्चार्ज हुनुभएको हो । उहाँ स्वासप्रश्वास र निमोनियाबाट संक्रमित हुनुहुन्थ्यो । महासचिव किरणको उपचारमा संलग्न शिक्षण अस्पतालका डा. निरज बम र साक्षात्कार विष्ट तथा रविश मिश्र लगायत अन्य डाक्टरहरु एवम् परिचारिकाहरुको अथक प्रयासले उहाँले स्वास्थ्य लाभ गर्नु भएको हो ।
पार्टी महासचिव अस्पतालबाट डिस्चार्ज भएपछि पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले एक प्रेस वक्तव्य जारी गरी महासचिव किरणको उपचारमा संलग्न चिकित्सकहरुको सेवाभावको उच्च सम्मान गर्दै उहाँहरु सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ । साथै उहाँको उपचारको प्रक्रियामा प्रत्यक्षरुपमा अहोरात्र खट्ने पार्टीका जिम्मेवार कमरेडहरु, परिवारका सदस्यहरु, उपचारको प्रक्रियामा विभिन्न ढंगले सहयोग गर्ने नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक र स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण जनसमुदायप्रति पार्टीको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ ।
बसुन्धरास्थित बीपी स्मृति अस्पताल र टिचिङमा गरी झन्डै एक महिना उपचारपछि उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आएको हो ।
वक्तव्यमा भनिएको छ, “गत जेठ १८ गतेदेखि महाराजगंज स्थित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा सघन उपचारमा रहनुभएका हाम्रो पार्टीका महासचिव कमरेड मोहन वैद्य ‘किरण’ आज असार २ गते साँझ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँ स्वासप्रश्वास र निमोनियाबाट संक्रमित हुनुहुन्थ्यो । कमरेड किरणको उपचारमा संलग्न शिक्षण अस्पतालका डा. निरज बम र साक्षात्कार विष्ट तथा रविश मिश्र लगायत अन्य डाक्टरहरु एवम् परिचारिकाहरुको अथक प्रयासले उहाँले स्वास्थ्य लाभ गर्नु भएको हो । हाम्रो पार्टी उहाँहरुको सेवाभावको उच्च सम्मान गर्दै उहाँहरु सबैप्रति हार्दिक आभार व्यक्त गर्दछ । साथै उहाँको उपचारको प्रक्रियामा प्रत्यक्षरुपमा अहोरात्र खट्ने हाम्रो पार्टीका जिम्मेवार कमरेडहरु, उपचारको प्रक्रियामा विभिन्न ढंगले सहयोग गर्ने नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक र स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण जनसमुदाय प्रति हाम्रो पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।”
