यात्री
कवि: राज कुमार श्रेष्ठ प्राप्त कविता जस्ताको तस्तै 👇कचल्टिएको सडकमधुरो साँझ ओढेर सोँच्छ,मलाई जलाउनेहरु मात्र कसरीरातारात सत्तामा पुग्छन होला ! चिसो सडकमा कठ्याङ्ग्रीएरसोँचिरहेछन दाउरेहरु,लाश आउला र व्यापार होलाघाम हराउला बजारबाट रफिजाउँला सपनाका बिस्कुन । यही सडकमा सुस्ताएरबिसाउनु छ रफ्तारका सुस्केराएकलास मन्दिरको चारसुर घुमेरबगाउनु छ सपनाका लामा हिमनदीमान्छेबाट तल झरेर पुछ्नु छ,युगले छर्किएका कुटिल दागपखाल्नु छ एउटा जिन्दगीबिर्सनुछ हारेका खुट्किला ररमाउनु छ गाइजात्रे हाँसो । यही पेटीमा उभिएरगाउनु छ समयको वियोगान्त गीतहेर्नु छ रीतको रमिताज्युँदा लासहरुको मलामी बनेरदगुर्नु छ बागमती तीरैतीरबग्नु छ मनुवाको ताँती फिँजाएरउड्नुछ आकाशै ढाकी ।