
गुलरिया : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दिया जिल्ला गुलरिया नगर कमिटीको बैठक सम्पन्न भएकाे छ । शुक्रबार बसेकाे बैठककाे अध्यक्षता नगरसमिति सचिव दिपक बिष्टले गर्नु भएकाे थियाे भने प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला ईन्चार्ज बिपिन राेकाया हुनुहुन्थ्यो र अतिथि जिल्ला सचिव बिनय रानाकाे उपस्थितिमा महत्त्वपूर्ण निर्णय लिदै समापन भएकाे थियाे।
