Blog

एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालको लक्ष्य

एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालको लक्ष्य

काठमाडौं : बंगलादेशमा केही दिनअघि सम्पन्न भएको साफ यू-२० महिला च्याम्पियनसिपमा उपविजेता बनेर फर्किएको नेपाली यू-२० महिला राष्ट्रिय फुटबल टोली नयाँ यात्रामा निस्कँदैछ । नेपाली जुनियर महिला टोली एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न भुटान जाँदैछ । छनोट अगष्ट ६ देखि १० सम्म (साउन २१-२५) हुँदैछ । दक्षिण एसियाली स्तरमा खेलेर फर्केको दुई साता पनि नबित्दै नेपालले अर्को महत्वपूर्ण छनोट प्रतियोगिता खेल्नैछ । एएफसी यू-२० महिला एसियन कप छनोटमा समूह ए मा रहेको नेपालले उत्तर काेरिया आयोजक भुटान र साउदी अरेबियासँग खेल्नेछ । यस समूहमा सुरुमा मंगोलिया पनि समावेश थियो । तर नाम फिर्ता लिएपछि चार राष्ट्र मात्र रहेको…
Read More
पोखरीमा डुबेर  महोत्तरीमा एक युवकको मृत्यु

पोखरीमा डुबेर महोत्तरीमा एक युवकको मृत्यु

जनकपुरधाम : महोत्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका ७ बनौलीका ३० वर्षीय मुरारी झा छन् । उनको दुर्गा मन्दिर नजिकको पोखरीमा डुबेर बुधबार साँझ मृत्यु भएको स्थानीय सुमन झाले जानकारी दिए । साँझ पोखरीमा डुबेको स्थानीयले खबर गरेपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजेर शव निकालेको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
Read More
विटिस गोर्खा भुतपुर्व सैनिक संगठनले संगठन बिस्तार अभियान तीव्र गर्दै

विटिस गोर्खा भुतपुर्व सैनिक संगठनले संगठन बिस्तार अभियान तीव्र गर्दै

विगेसोको दक्षिण वेलायतमा नव सदस्यहरुको स्वागत कार्यक्रम युके: विटिस गोर्खा भुतपुर्व सैनिक सँगठन (विगेसो)को दक्षिण वेलायत शाखाले एक विशेष समारोहको आयोजना गरेर नव सदस्यहरु लाई विगेसोले स्वागत तथा सदस्यता प्रमाण पत्र प्रदान गरेको विगेसोका महासचिव अविन नाल्वोले  २७ जुलाइ २०२५मा एक प्रेस विज्ञप्ति निकालेर जनाएका छन। नवसदस्यहरुमा वकिल जोइन्द्र आङवुहाङ उहाँ लाई दक्षिण वेलायतको सल्लाहकारको जिम्मा,यसोदा लावती आङवुहाङ उहाँ लाई महिला विभागको सल्लाहकारको जिम्मा देविराज थक्लुङ लाई सदस्यको जिम्मा प्रमिला लिम्वु कमला राई लाई महिला विभाग सदस्यको जिम्मा दिइएको वक्तव्यमा जनाएको छ। कार्यक्रममा अविन नाल्चो महासचिव चन्दरमाया निङलेखु उपाध्यक्ष अल्डरसट शाखा सान्तिमाया राई सह कोषाध्यक्षको विशेष उपस्थिति अध्यक्ष पदम सुन्दर…
Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघ सुनसरीको भेला सम्पन्न,भण्डारीको संयोजकत्वमा १५ सदस्यीय चयन

क्रान्तिकारी ट्रेड युनियन महासंघ सुनसरीको भेला सम्पन्न,भण्डारीको संयोजकत्वमा १५ सदस्यीय चयन

भण्डारीको संयोजकत्वमा १५ सदस्यीय चयन इटहरी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी ट्रेड युनियन महासंघ सुनसरीको भेला सम्पन्न भएको छ । क्रान्तिकारी ट्रेड युनियन महासंघ सुनसरीको सम्पन्न भेलाले गोपी भण्डारीको संयोजकत्वमा १५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति समेत गठन गरेको छ । बरुण चौधरीको प्रमुख आतिथ्यमा गोपी भण्डारीको सञ्चालन र ईश्वरी बहादुर सुबेदीको स्वागत मन्तब्यबाट अघि बढेको उक्त भेलामा शुभकाना दिनेहरूमा अखिल क्रान्तिकारीका जिल्ला संयोजक अमृता राई, अखिल नेपाल महिला सङ्गठनकी केन्द्रीय सदस्य निरू पोख्रेल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला सचिव पारस लिम्बू , सोही पार्टीका केन्द्रीय सदस्य बालकृष्ण सुवेदी र पार्टीका केन्द्रीय सदस्य तथा १५ नं. ब्युरो सचिव डिल्लीराम…
Read More
ठेकदार सांसद ‘कान्छाराम’को लापर्बाहीले वीरेन्द्रनगरका १५ सडक अलपत्र

ठेकदार सांसद ‘कान्छाराम’को लापर्बाहीले वीरेन्द्रनगरका १५ सडक अलपत्र

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको भीआईपी क्षेत्रका १५ वटा सडक राजनीतिक पहुँच र शक्ति दुरुपयोगको जीवन्त साक्षी बनेका छन् । नेपाली कांग्रेसका सांसद एवं पूर्वजलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ को निर्माण कम्पनी ‘कान्छाराम कन्स्ट्रक्सन’ले जिम्मा लिएका १५ वटा सडक वर्षौंदेखि अलपत्र अवस्थामा छन् । वीरेन्द्रनगर सहरी प्लानिङ क्षेत्रअन्तर्गतका वडा नम्बर ७, ८ र १० मा पर्ने यी सडक भीआईपी क्षेत्रका हुन्, जहाँ प्रदेशका महत्त्वपूर्ण सरकारी कार्यालयहरू, मन्त्रालयहरू र विशिष्ट व्यक्तिहरूको बसोबास छ । विडम्बना, यही महत्त्वपूर्ण क्षेत्रको विकास निर्माणको जिम्मा लिएको कम्पनीले नै सरकार र जनतालाई एकैसाथ धोका दिएको छ । विवरणअनुसार, कान्छाराम कन्स्ट्रक्सनले ५ हजार १४ मिटर सडक…
Read More
रुसको कामचट्का प्रायद्वीपमा शक्तिशाली भूकम्प

रुसको कामचट्का प्रायद्वीपमा शक्तिशाली भूकम्प

काठमाडौँ : बुधबार रुसको सुदूर पूर्वी कामचट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। सुरुमा ८.७ म्याग्निच्युडको भूकम्प गएको भनिए पनि संयुक्त राज्य भूगर्भ सर्वेक्षणले रुसमा ८.८ म्याग्निच्युडको भूकम्प गएको बीबीसीले लेखेको छ । भूकम्पपछि रुसले सुनामी चेतावनी जारी गरेको छ । रुसको सुदूर पूर्वमा कामचट्स्कीबाट १३६ किलोमिटर (८४ माइल) पूर्वमा भूकम्प गएको हो । भूकम्पका कारण जापान, हवाई, अलास्का, गुआम र माइक्रोनेसियाका केही क्षेत्रमा समेत सुनामीको चेतावनी जारी गरिएको छ ।
Read More
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको प्रभावले हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।  आज राति देशको पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका…
Read More
ज्ञान र व्यवहारबारे क्रान्तिकारी दृष्टिकोण

ज्ञान र व्यवहारबारे क्रान्तिकारी दृष्टिकोण

भक्तबहादुर श्रेष्ठ ज्ञान र व्यवहारबारे प्रस्ट नभइकन हामीले कुनै पनि क्रान्ति सफल पार्न सक्दैनौं । ज्ञान र व्यवहारको घनिष्ठ संयोजनद्वारा नै क्रान्तिकारी दिशालाई अघि बढाउन सक्छौ। त्यसोभए ज्ञान भनेको के हो र यो कसरी प्राप्त हुन्छ ? प्रायः गरेर मानिसहरू ज्ञान भन्ने कुरा देवी देनबाट प्राप्त हुन्छ भन्ने कुरा मान्दछन् । दैवीज्ञान प्राप्त मानिसहरू नै विद्वान र बुद्धिमान हुन्छन्, तिनीहरूहरूले नै समाजलाई विकास गराउँछन् भन्ने पनि कतिपयको धारणा छ। अर्का थरी चाहिँ वस्तु अथवा पदार्थद्वारा नै विचार बन्दछ र त्यसैअनुरूप कालान्तरमा स्वतःस्फूर्त रूपमा ज्ञानको विकास हुँदैजान्छ भन्छन्। उनीहरू विचार र ज्ञानलाई वस्तुको यान्त्रिक प्रतिछायाँ बनाउँछन् । यो धारणा यान्त्रिक भौतिकवादी…
Read More
उर्मिला हायूको परिवारकाे रहस्य खुल्यो थाकथलो छाड्नुको

उर्मिला हायूको परिवारकाे रहस्य खुल्यो थाकथलो छाड्नुको

काठमाडौँ : सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । उर्मिलासहित उनका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए । उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिए । “हिजो आफन्त र जनप्रतिनिधिको रोहबरमा उहाँहरू जहाँ बसेको हो त्यही रहनुभएको छ, सामान्य सोधपुछ गरेर राखिएको छ”, उनले भने, “उहाँहरू त्यहाँ कोठा खोजेर बस्नुभएको रहेछ ।” घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उनीहरूले प्रारम्भिक जानकारी दिएका प्रहरी…
Read More
एमसीसी परियोजनालाई नेपालमा निरन्तरता दिने अमेरिकी निर्णय

एमसीसी परियोजनालाई नेपालमा निरन्तरता दिने अमेरिकी निर्णय

निरन्तरता किन ? “एमसीसीले विश्वभर व्यापार वृद्धि र स्थिरतालाई प्रवद्र्धन गर्ने समय–सीमित लगानी मार्फत् अमेरिकी जनताको सुरक्षा, तागत र समृद्धिमा योगदान पु¥याउँछ ।” -“MCC contributes to the safty, strength and prosperity of the american people through time-limited investments that promote business growth and stability around the world”)दोस्रो कार्याकालको लागि निर्वाचित भएपछि आफ्नो कार्यकाल शुभारम्भ गरेपछि ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ले आफ्नो वेवसाइटमा यस्तो ‘स्लोगन’ राखिएको छ । यस स्लोगनबाट प्रष्ट भएको छ कि एमसीसी ‘लगानी’ हो, अनुदान होइन । एमसीसी परियोजनामार्फत् नेपालमा गरिएको लगानीबाट अमेरिकालाई के फाइदा पुग्छ ? यो परियोजनाले अमेरिकी जनताको सुरक्षा, तागत र समृद्धिमा कसरी सहयोग पु¥याउँछ ? यसको…
Read More