सरकार किसानहरुको नभइ दलालहरुको सेवामा केन्द्रित छ : रामसिङ श्रीस

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिङ श्रीसले सरकार किसानहरुको नभई दलालहरुको सेवामा केन्द्रित भएको बताउनु भएको छ । नेपाल उखु उत्पादक महासंघको नेतृत्वमा राजधानी काठमाण्डौको माइतीघर मण्डलामा जारी रहेको उखु किसानहरुको कार्यक्रमलाई पार्टीको तर्फबाट ऐक्यबद्धता प्रकट गर्दै वहाँले सो कुरा बताउनु भएको हो । वहाँले भन्नु भयो –“किसानहरुको मागलाई सरकारले बेवास्ता गर्दै आएको छ । भर्खरै भूमि विधेयक पारित गरेको छ । त्यो विधेयकले किसानहरुलाई नभई जग्गा दलालहरु र विदेशीहरुलाई जग्गा दिएर किसानहरुलाई मजदुरको रुपमा परिणत गर्दैछ भन्नु भयो ।”वहाँले किसानहरुलाई सरकारको यस्तो कदमको विरोधमा उत्रिन समेत अनुरोध गर्नु भयो र भन्नु भयो – सबै किसानहरुको समस्या समाधान गर्न सरकार असक्षम छ ,त्यसकारण सबै किसानहरुले एकजुट भएर आन्दोलन गर्नु पर्ने कुरा बताउनु भयो ।

कार्यक्रममा विभिन्न पार्टीका नेताहरु ,सांसद ,पूर्वमन्त्रीहरुले ऐक्यबद्धता जनाउन पुगेका छन् । सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी लगायतका जिल्लाबाट आएका किसानहरुले सरकारले निर्धारण गरेको अनुदान उपलब्ध नगराएको भन्दै आन्दोलन गरेका छन् । आर्थिक वर्ष २०८२÷०८३को बजेटमा उखु किसानहरुलाई दिँदै आएको अनुदान प्रतिक्वीन्टल ७० रुपिया कटौती गरेकोले निरन्तरता दिनु पर्ने र दिन बाँकी अनुदान रकम तत्काल भुक्तानी गर्न माग गर्दै उखु किसानहरु आन्दोलित बनेका हुन् । किसानहरुले उखु नै लिएर व्यानर ,प्लेकार्ड सहित प्रदर्शन गरेका छन् । उखु अनुदान भुक्तानी गर ,सरकारको लाहपर्वाही स्वीकार छैन,एक तर्फी मूल्य स्वीकार छैन,किसान मार्न पाइँदैन ,किसानले न्याय कहिले पाउने? विगतको अनुदान अविलम्ब भुक्तानी गर,उखु कृषक शोषण बन्द गर, जस्ता नाराहरु लेखिएको प्लेकाडहरु बोकेर किसानहरु आन्दोलित बनेका छन् ।
सरकारले उखु किसानहरुको मागहरुलाई गम्भीरतापूर्वक लिएको छैन । बजेटमा उखु किसानहरुलाई दिँदै आएको अनुदान घटाउने घोषणा गरेको छ भने चिनी आयातलाई प्रोत्साहन गरेको छ । सरकारको यो नीतिका कारण किसानहरु थप मर्कामा पर्ने देखिन्छ । उखु किसानहरु कहिले मिल मालिकहरुबाट ठगिन्छन् ,कहिले सरकारबाट समय मै अनुदान नपाएर ठगिएका छन् । कहिले उखुको समर्थन मूल्य निर्धारण समयमा नहुने र मूल्य निर्धारण भए पनि कम हुने कारण किसानहरु सँधै मर्कामा परेका छन्

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?