लिपुलेक, लिम्पियाधुर र कालापानी हाम्रो हो : क्रान्तिकारी युवासंघ नेपाल

काठमाडाैँ : क्रान्तिकारी युवासंघ नेपालले लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्रमा प्रशासनिक र सुरक्षा उपस्थिति विस्तार गर्न जोडदार माग गरेको छ । क्रान्तिकारी युवासंघका संयोजक सूर्य तिमिल्सिनाले २०८२ साल ५ महिना ६ गते एक वक्तव्य प्रकाशित गर्दै सो माग गर्नु भएको हो । नेपाललाई वेवास्ता गर्दै नेपाली भूभाग लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्रमा भारत र चीनले व्यापारिक मार्ग खोल्ने सम्झौता गरेकोले सो सम्झौताको युवासंघले विरोध गर्दै वक्तव्य जारी गरेको हो ।

वक्तव्यमा अगाडि भनिएको छ –
लिम्पियाधुरा लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भन्ने ऐतिहासिक प्रमाण र नक्सा सन्धि स्पष्ट छन् । तर भारतले अतिक्रमण गर्दै आएको र चीनले समेत हालै भारतसँग व्यापारिक मार्गको सम्झौतामा नेपाललाई वेवास्ता गरेको घटनाले नेपालको सार्वभौमसत्ता माथि ठाडो प्रहार गरेको छ । यो केवल भौगोलिक विवाद मात्रै होइन हाम्रो राष्ट्रिय अस्तित्व र पहिचान माथिको गम्भीर चुनौती पनि हो ।
क्रान्तिकारी युवासंघ नेपाल यसप्रकारका साम्राज्यवादी र विस्तारवादी षडयन्त्रलाई कडा शब्दमा निन्दा गर्दछ भने तेस्रो मुलुकले नेपालको भूमिमा नेपालको सहमति बिना सम्झौता गर्ने अधिकार छैन । चीन –भारतबीच भएको कथित सम्झौता हाम्रो संगठन खारेज गर्दछ । साथै नेपाल सरकारले राष्ट्रिय स्वाधिनता भौगोलिक अखण्डताको पक्षमा दृढ कदम चाल्दै प्रधानमन्त्रीको चीन – भारत भ्रमण द्वीपक्षीय कथित सम्झौता सच्याएपछि मात्रै गर्ने गरी तत्काललाई स्थगित गरी तत्काल लिम्पियाधुरा ,लिपुलेक र कालापानी क्षेत्रमा प्रशासनिक र सुरक्षा उपस्थिति विस्तार गर्न पनि हाम्रो संगठन जोडदार माग गर्दछ । सिमाना अतिक्रमण गर्ने विस्तारवादीमाथि दबाब सर्जिना गर्न भ्रष्ट नालायक सरकारलाई दबाब दिन सम्पूर्ण क्रान्तिकारी । प्रगतिशील, देशभक्त, जनवादी युवाहरु एकजुट हुन आह्वान गर्दछौं भने क्रान्तिकारी युवासंघ नेपाल जनताको तागत सचेत युवाहरुको उर्जा क्रान्तिकारी चेतना सहित सीमाको रक्षा गर्न सदैव अग्र पङिक्तमा रहने छ । लिपुलेक ,लिम्पिियाधुर र कालापानी हाम्रो हो । यसलाई जोगाउन आवश्यकता अनुसार कुनै पनि प्रकारको वलिदान गर्न क्राीन्तकारी युवासंघ नेपाल तयार छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?